२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुलाक क्षेत्र प्रविधि र प्रतिस्पर्धाको हिसाबले कमजोर अवस्थामा

२३ आश्विन २०८१, बुधबार १४:२७

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक क्षेत्र प्रविधि र प्रतिस्पर्धाको हिसाबले कमजोर अवस्थामा रहेको बताएकी छन् ।

बुधबार काठमाडौंमा १५० औं हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले हुलाक एउटा पुरानो महत्वपूर्ण संस्था भएपनि प्रविधिमा आएको विकास प्रतिस्पर्धात्मक क्षमता बढाउन नसकेको कारण अहिले खुम्चिन पुगेको बताइन् ।

उनले भनिन्, ‘यो एउटा पुरानो महत्वपूर्ण संस्था हो । नागरिक तहसम्म पुगेको एउटा बलियो, संयन्त्र अझै पनि रहेको छ । यद्यपी पुनसंरचनाको क्रममा केही अतिरिक्त इलाका हुलाकहरु पालिका हुलाकमा स्थानान्तर गरेका छौं । केही कार्यालय र कर्मचारीहरु हटेका पनि छन् । यसको काम र क्षेत्रको हिसाबले अझै पनि यो बलियो र सुदृढ संस्था बन्न सक्ने देखिन्छ । यद्यपी प्रविधिमा आएको विकास प्रतिस्पर्धात्मक क्षमता बढाउन नसकेको कारण विगतमा ठूलो कार्यक्षेत्र भएको संस्था अहिले खुम्चिन पुगेको छ ।’

यस्तै, उनले हुलाक सेवामा सुधार गर्नको लागि ऐन, नियम र कानूनबाट केही व्यवस्था गर्नुपर्ने भन्दै त्यसको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले भनिन्, ‘यसको लागि ऐन, नियम र कानूनबाट केही व्यवस्था गर्नुपर्ने हुन्छ । हुलाक सेवा अब यही रुपमा रहदैँन् यसमा सुधार गर्नुपर्ने हुन्छ । कानूनी, कार्यक्रमगत संस्थागत रुपमा यसलाइ पुनः सञ्चालनमा ल्याउनुपर्ने हुन्छ । त्यही अनुसार नै हामी काम गर्ने प्रतिबद्धता जनाउन चाहन्छु ।’

यो क्षेत्रमा देखिएको समस्या समाधान गरिमा र भूमिका बढ्नेगरी काम सम्पादन गर्ने पनि उनको भनाई छ ।

उनले भनिन्, ‘हामीले सरकारी सेवालाई प्राविधिक बनाइ सकेका छौं । अब हुलाकको आवश्यकता छैन् । भन्ने खालको प्रश्नहरु आउने गरेको छ त्यो प्रश्नहरुलाई सम्बोधन गर्ने गरि काम गर्नुपर्ने हुन्छ । यसको लागि यो दिवसले हामी सबैलाई यो क्षेत्रमा देखिएको समस्या समाधान गरि यसको गरिमा र भूमिका बढ्ने गरि काम सम्पादन गर्ने प्रेरणा मिलोस भन्न चहान्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली