२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुलाक क्षेत्र प्रविधि र प्रतिस्पर्धाको हिसाबले कमजोर अवस्थामा

२०८१, २३ आश्विन बुधबार १४:२७

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक क्षेत्र प्रविधि र प्रतिस्पर्धाको हिसाबले कमजोर अवस्थामा रहेको बताएकी छन् ।

बुधबार काठमाडौंमा १५० औं हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले हुलाक एउटा पुरानो महत्वपूर्ण संस्था भएपनि प्रविधिमा आएको विकास प्रतिस्पर्धात्मक क्षमता बढाउन नसकेको कारण अहिले खुम्चिन पुगेको बताइन् ।

उनले भनिन्, ‘यो एउटा पुरानो महत्वपूर्ण संस्था हो । नागरिक तहसम्म पुगेको एउटा बलियो, संयन्त्र अझै पनि रहेको छ । यद्यपी पुनसंरचनाको क्रममा केही अतिरिक्त इलाका हुलाकहरु पालिका हुलाकमा स्थानान्तर गरेका छौं । केही कार्यालय र कर्मचारीहरु हटेका पनि छन् । यसको काम र क्षेत्रको हिसाबले अझै पनि यो बलियो र सुदृढ संस्था बन्न सक्ने देखिन्छ । यद्यपी प्रविधिमा आएको विकास प्रतिस्पर्धात्मक क्षमता बढाउन नसकेको कारण विगतमा ठूलो कार्यक्षेत्र भएको संस्था अहिले खुम्चिन पुगेको छ ।’

यस्तै, उनले हुलाक सेवामा सुधार गर्नको लागि ऐन, नियम र कानूनबाट केही व्यवस्था गर्नुपर्ने भन्दै त्यसको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले भनिन्, ‘यसको लागि ऐन, नियम र कानूनबाट केही व्यवस्था गर्नुपर्ने हुन्छ । हुलाक सेवा अब यही रुपमा रहदैँन् यसमा सुधार गर्नुपर्ने हुन्छ । कानूनी, कार्यक्रमगत संस्थागत रुपमा यसलाइ पुनः सञ्चालनमा ल्याउनुपर्ने हुन्छ । त्यही अनुसार नै हामी काम गर्ने प्रतिबद्धता जनाउन चाहन्छु ।’

यो क्षेत्रमा देखिएको समस्या समाधान गरिमा र भूमिका बढ्नेगरी काम सम्पादन गर्ने पनि उनको भनाई छ ।

उनले भनिन्, ‘हामीले सरकारी सेवालाई प्राविधिक बनाइ सकेका छौं । अब हुलाकको आवश्यकता छैन् । भन्ने खालको प्रश्नहरु आउने गरेको छ त्यो प्रश्नहरुलाई सम्बोधन गर्ने गरि काम गर्नुपर्ने हुन्छ । यसको लागि यो दिवसले हामी सबैलाई यो क्षेत्रमा देखिएको समस्या समाधान गरि यसको गरिमा र भूमिका बढ्ने गरि काम सम्पादन गर्ने प्रेरणा मिलोस भन्न चहान्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने