२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटलीपछि अष्ट्रेलियाले पनि लगायो डीपसिकमाथि प्रतिबन्ध

२०८१, २३ माघ बुधबार १२:३८

बेइजिङ । अष्ट्रेलियाले सरकारी प्रणाली र उपकरणहरूमा चिनियाँ प्राविधिक कम्पनी डीपसिकका सबै सेवाहरूको प्रयोगमा प्रतिबन्ध लगाएको छ । बुधबार चिनियाँ एआई विज्ञहरूले यो कदमको आलोचना गर्दै यसलाई वैचारिक रूपमा प्रेरित भएको बताए ।

केही पश्चिमी देशहरूले चीनको प्राविधिक प्रगतिको निष्पक्ष र वस्तुनिष्ठ रूपमा मूल्याङ्कन गर्न असमर्थ रहेको उनीहरूको भनाइ थियो । अष्ट्रेलियाली सञ्चार माध्यम एबीसीमा छापिएको समाचार अनुसार अष्ट्रेलियाली संघीय सरकारले डीपसिकलाई कम्प्युटर र मोबाइल उपकरणहरूबाट प्रतिबन्ध लगाएको छ, यसलाई ‘राष्ट्रिय सुरक्षाको लागि अस्वीकार्य खतरा’ भनिएको छ । यसअघि इटालीले पनि डिपसिकमाथि प्रतिबन्ध लगाएको थियो ।

तुरुन्त हटाउन सरकारी निकायलाई आदेश

यस नयाँ प्रतिबन्ध अन्तर्गत अष्ट्रेलिया पोस्ट र एबीसी जस्ता कर्पाेरेट संस्थाहरू बाहेक सबै सरकारी निकायहरूलाई आफ्ना उपकरणहरूबाट सबै डीपसिक–लिङ्क गरिएका उत्पादनहरू तुरुन्तै हटाउन निर्देशन दिइएको छ ।

यो निर्णय एप चीनमा बनेको कारणले नभएर ‘सरकारी प्रणाली र सम्पत्तिको सुरक्षा’को आधारमा गरिएको अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले गार्जियनलाई दाबी गर्दै भने । यसअघि नासा र पेन्टागन लगायत विभिन्न अमेरिकी एजेन्सीहरू र इटालीले पनि डीपसिकमाथि प्रतिबन्ध लगाएका थिए ।

अस्ट्रेलियाको कदमले प्राविधिक चिन्ताभन्दा पनि विचारधाराबाट प्रेरित भेदभावलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको बेइजिङ युनिभर्सिटी अफ पोस्ट एण्ड टेलिकम्युनिकेसनको ह्युमन–मेसिन इन्टरएकसन एण्ड कग्निटिभ इन्जिनियरिङ ल्याबका निर्देशक लिउ वेईले बताए ।
अमेरिकी संघीय एजेन्सीहरूले चिनियाँ प्रविधिलाई नियमन गर्न कदम चालेपछि अस्ट्रेलियाले त्यसलाई पछ्याउन बाध्य महसुस गर्ने उनको भनाइ थियो ।

असन्तुष्ट छन् चिनियाँ एआई विज्ञहरू

अष्ट्रेलियाले साँच्चै राष्ट्रिय सुरक्षामा प्राविधिक जोखिमको बारेमा कुरा गरिरहेको थियो भने, यसले अमेरिकी कम्पनी ओपनएआई र डीपसिकसँग काम गरिरहेका अन्य प्राविधिक कम्पनीहरूलाई पनि प्रतिबन्ध लगाउनुपथ्र्याे भन्ने लिउ वेईको तर्क छ । तर अष्ट्रेलियाली सरकारले अमेरिकी एआई कम्पनीहरू विरुद्ध त्यस्तो कुनै कारबाही गर्ने कुनै संकेत नगरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी