२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी साता सार्वजनिक हुँदै सस्तो आईफोन: के-के छन् विशेषता, मूल्य कति ?

२०८१, २८ माघ सोमबार १४:२५

काठमाडौँ | एप्पलले पछिल्ला केही वर्षमा सस्तो र प्रभावकारी उत्पादनहरू प्रदान गर्न विशेष ध्यान दिँदै आएको छ। यही रणनीतिलाई पछ्याउँदै, कम्पनीले एप्पलको सस्तो मोडेल आईफोन एसई फोर (iPhone SE 4) आगामी साता सार्वजनिक गर्ने भएको छ ।

ब्लुमबर्गले आईफोन एसई फोर विशेष फिचरसहित अबको केही दिनमा आउने जानकारी खुलासा गरेको हो । ब्लुमबर्गकका प्रविधि पत्रकार मार्क गुरम्यानका अनुसार एप्पलले एसई फोर विशेष कार्यक्रम नगरी सिधै प्रेस विज्ञप्ति जारी गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । यो नयाँ इन्ट्री-लेभलको आईफोनको सुरुवाती मूल्य ४९९ (करिब ७० हजार रुपैयाँ) डलर हुने अनुमान छ ।


एसई फोर आईफोन १४ जस्तो देखिने अपेक्षा गरिएको छ । त्यसमा ६.१ इन्चको सुपर रेटिना एक्सडीआर ओएलईडी स्क्रिन, नच र उस्तै बटन लेआउट हुने चर्चा छ । यसको पछाडि एउटा ४८ मेगापिक्सलको मुख्य क्यामेरा हुनेछ भने भित्र एप्पलको ए १८ चिपसेट र ८ जीबी र्‍याम हुनेछ ।

कम्पनीको प्रिमियम सेवा एप्पल इन्टेलिजेन्स सपोर्ट गर्न पनि एसई फोरमा उक्त चिपसेट राखिने बताइएको छ । यो चिपसेट आईफोनको पछिल्लो प्रिमियम संस्करण आईफोन १६ मा प्रयोग भएको छ । आईफोन १६ को जस्तो क्यामेरा कन्ट्रोल, एक्सन बटन वा डाइनामिक आइल्यान्ड यसमा नहुने सम्भावना उच्च छ ।

यस फोनमा यूएसबी-सी पोर्ट हुने अनुमान गरिएको छ । त्यस्तै यसले फाइभजी पनि सपोर्ट गर्ने जनाइएको छ । सस्तोमा आईफोनका स्तरीय फिचर प्रयोग गर्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै एप्पलले आईफोन एसई सिरिज ल्याउने गर्छ ।

प्रमुख विशेषताहरू
🔹 डिस्प्ले: ६.१ इन्च OLED, ६०Hz रिफ्रेस रेट
🔹 प्रोसेसर: A18 चिप, ८GB RAM
🔹 क्यामेरा: ४८MP प्राइमरी क्यामेरा, २४MP फ्रन्ट क्यामेरा
🔹 डिजाइन: iPhone 14 जस्तै, होम बटन बिना
🔹 सफ्टवेयर: एप्पल इंटेलिजेन्स सपोर्ट सहितको iOS
🔹 सम्भावित मूल्य: $४९९

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा