२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी साता सार्वजनिक हुँदै सस्तो आईफोन: के-के छन् विशेषता, मूल्य कति ?

२८ माघ २०८१, सोमबार १४:२५

काठमाडौँ | एप्पलले पछिल्ला केही वर्षमा सस्तो र प्रभावकारी उत्पादनहरू प्रदान गर्न विशेष ध्यान दिँदै आएको छ। यही रणनीतिलाई पछ्याउँदै, कम्पनीले एप्पलको सस्तो मोडेल आईफोन एसई फोर (iPhone SE 4) आगामी साता सार्वजनिक गर्ने भएको छ ।

ब्लुमबर्गले आईफोन एसई फोर विशेष फिचरसहित अबको केही दिनमा आउने जानकारी खुलासा गरेको हो । ब्लुमबर्गकका प्रविधि पत्रकार मार्क गुरम्यानका अनुसार एप्पलले एसई फोर विशेष कार्यक्रम नगरी सिधै प्रेस विज्ञप्ति जारी गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । यो नयाँ इन्ट्री-लेभलको आईफोनको सुरुवाती मूल्य ४९९ (करिब ७० हजार रुपैयाँ) डलर हुने अनुमान छ ।


एसई फोर आईफोन १४ जस्तो देखिने अपेक्षा गरिएको छ । त्यसमा ६.१ इन्चको सुपर रेटिना एक्सडीआर ओएलईडी स्क्रिन, नच र उस्तै बटन लेआउट हुने चर्चा छ । यसको पछाडि एउटा ४८ मेगापिक्सलको मुख्य क्यामेरा हुनेछ भने भित्र एप्पलको ए १८ चिपसेट र ८ जीबी र्‍याम हुनेछ ।

कम्पनीको प्रिमियम सेवा एप्पल इन्टेलिजेन्स सपोर्ट गर्न पनि एसई फोरमा उक्त चिपसेट राखिने बताइएको छ । यो चिपसेट आईफोनको पछिल्लो प्रिमियम संस्करण आईफोन १६ मा प्रयोग भएको छ । आईफोन १६ को जस्तो क्यामेरा कन्ट्रोल, एक्सन बटन वा डाइनामिक आइल्यान्ड यसमा नहुने सम्भावना उच्च छ ।

यस फोनमा यूएसबी-सी पोर्ट हुने अनुमान गरिएको छ । त्यस्तै यसले फाइभजी पनि सपोर्ट गर्ने जनाइएको छ । सस्तोमा आईफोनका स्तरीय फिचर प्रयोग गर्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै एप्पलले आईफोन एसई सिरिज ल्याउने गर्छ ।

प्रमुख विशेषताहरू
🔹 डिस्प्ले: ६.१ इन्च OLED, ६०Hz रिफ्रेस रेट
🔹 प्रोसेसर: A18 चिप, ८GB RAM
🔹 क्यामेरा: ४८MP प्राइमरी क्यामेरा, २४MP फ्रन्ट क्यामेरा
🔹 डिजाइन: iPhone 14 जस्तै, होम बटन बिना
🔹 सफ्टवेयर: एप्पल इंटेलिजेन्स सपोर्ट सहितको iOS
🔹 सम्भावित मूल्य: $४९९

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली