२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाबाट ल्याएर चितवनमा फूलपाती भित्र्याइने

५ आश्विन २०७४, बिहीबार १०:५१

असोज ५, चितवन। संस्कृतिको संरक्षण र धार्मिक पर्यटन विकासका लागि चितवनको पटिहानीमा विधिपूर्वक फूलपाती भित्र्याइने भएको छ । 

धार्मिक पर्यटकीय क्षेत्र पटिहानीस्थित छितामाई मन्दिरमा गोरखाबाट ल्याएर विधिपूर्वक फूलपाती भित्र्याउन लागिएको हो । 

आज घटस्थापनाको दिनमा दुर्गा भवानीको मन्दिर स्थापना गरी पूजा आरम्भ गरिएको छितामाई तथा दुर्गापूजा एवं दशैँ सांस्कृतिक मेला प्रचार समितिका संयोजक अपिल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि यहाँ नियमित पूजा गरिनेछ । फूलपातीको अघिल्लो दिन गोरखा गएर फूलपाती ल्याई भित्र्याइने उहाँको भनाइ छ । 

पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै आएको पटिहानीको धार्मिक क्षेत्र छितामाईमा गएको वर्षदेखि स्थानीय पटिहानी उपभोक्ता समिति, बेलसर मध्यवर्ती सामुदायिक वन र थारू कल्याणकारिणीसभा क्षेत्र नं ५ को आयोजनामा फूलपाती भित्र्याउन थालिएको हो । 

गोरखाबाट दुर्गा माताका लागि दिन मिल्ने अदुवाको बोट, आँप, चाँप, अशोक, धानको बाला, बेल, कमलको फूललगायत सामग्री ल्याएर बाजागाजा, सांस्कृतिक झाँकी र पञ्चकन्याको लस्करसहित फूलपाती भित्र्याइने आयोजक समितिका संयोजक शंकर महत्तोले जानकारी दिनुभयो । 

नेपालमा गोरखाबाट जीवनपुर हुँदै काठमाडौँको हनुमानढोकामा फूलपाती भित्र्याउने चलन रहिआएको छ । धार्मिक चलनलाई यथावत् राख्न र धार्मिक पर्यटन क्षेत्रको विकासका लागि चितवनमा पनि फूलपाती भित्र्याउन थालिएको हो । 

नेपालमा मल्लकालीन समयदेखि फूलपाती भित्र्याउने चलन छ । गोरखाबाट यसरी फूलपाती भित्र्याउने कार्यक्रम काठमाडौँ पछिको चितवन पहिलो भएको दाबी आयोजकको छ । 

यसैबीच फूलपातीको दिनदेखि यहाँ दशैँ सांस्कृतिक मेलासमेत आयोजना गर्न लागिएको प्रचार संयोजक घिमिरेले जानकारी दिनुभयो । थारूको संस्कृतिको जगेर्नाका लागि पनि विशेष सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य