२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाबाट ल्याएर चितवनमा फूलपाती भित्र्याइने

२०७४, ५ आश्विन बिहीबार १०:५१

असोज ५, चितवन। संस्कृतिको संरक्षण र धार्मिक पर्यटन विकासका लागि चितवनको पटिहानीमा विधिपूर्वक फूलपाती भित्र्याइने भएको छ । 

धार्मिक पर्यटकीय क्षेत्र पटिहानीस्थित छितामाई मन्दिरमा गोरखाबाट ल्याएर विधिपूर्वक फूलपाती भित्र्याउन लागिएको हो । 

आज घटस्थापनाको दिनमा दुर्गा भवानीको मन्दिर स्थापना गरी पूजा आरम्भ गरिएको छितामाई तथा दुर्गापूजा एवं दशैँ सांस्कृतिक मेला प्रचार समितिका संयोजक अपिल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि यहाँ नियमित पूजा गरिनेछ । फूलपातीको अघिल्लो दिन गोरखा गएर फूलपाती ल्याई भित्र्याइने उहाँको भनाइ छ । 

पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै आएको पटिहानीको धार्मिक क्षेत्र छितामाईमा गएको वर्षदेखि स्थानीय पटिहानी उपभोक्ता समिति, बेलसर मध्यवर्ती सामुदायिक वन र थारू कल्याणकारिणीसभा क्षेत्र नं ५ को आयोजनामा फूलपाती भित्र्याउन थालिएको हो । 

गोरखाबाट दुर्गा माताका लागि दिन मिल्ने अदुवाको बोट, आँप, चाँप, अशोक, धानको बाला, बेल, कमलको फूललगायत सामग्री ल्याएर बाजागाजा, सांस्कृतिक झाँकी र पञ्चकन्याको लस्करसहित फूलपाती भित्र्याइने आयोजक समितिका संयोजक शंकर महत्तोले जानकारी दिनुभयो । 

नेपालमा गोरखाबाट जीवनपुर हुँदै काठमाडौँको हनुमानढोकामा फूलपाती भित्र्याउने चलन रहिआएको छ । धार्मिक चलनलाई यथावत् राख्न र धार्मिक पर्यटन क्षेत्रको विकासका लागि चितवनमा पनि फूलपाती भित्र्याउन थालिएको हो । 

नेपालमा मल्लकालीन समयदेखि फूलपाती भित्र्याउने चलन छ । गोरखाबाट यसरी फूलपाती भित्र्याउने कार्यक्रम काठमाडौँ पछिको चितवन पहिलो भएको दाबी आयोजकको छ । 

यसैबीच फूलपातीको दिनदेखि यहाँ दशैँ सांस्कृतिक मेलासमेत आयोजना गर्न लागिएको प्रचार संयोजक घिमिरेले जानकारी दिनुभयो । थारूको संस्कृतिको जगेर्नाका लागि पनि विशेष सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा