२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तत: बन्द भयो गुगल प्लस, यस्तो छ बन्द हुनुको कारण

२४ आश्विन २०७५, बुधबार ०६:०७

असोज २४, एजेन्सी | गुगलले आफ्नो सोसल मिडिया प्लेटफर्म गुगल प्लस अन्ततः बन्द गरेको छ । 

पछिल्लो पटक करीब ५ लाख प्रयोगकर्ताका निजी डाटा जोखिममा परेको खुलासा भएसँगै गुगलले यस्तो निर्णय गरेको हो । यद्यपि ह्याकिङका कारण जोखिममा परेका ५ लाख प्रयोगकर्ताका डाटाको अनधिकृत दुरुपयोग भने हुन नपाएको दाबी गुगलले गरिरहेको छ ।

गुगलले आफ्नो सोसल मिडिया प्लाटफर्म गुगल प्लसको एप्लिकेसन प्रोग्रामिङ्ग इन्टरेफेस (एपिआइ) मा एक बग फेला पारेको थियो । रिपोर्ट अनुसार उक्त सफ्टवेयर कमजोरीका कारण बाह्य सफ्टवेयर डेभलपर्स तथा ह्याकरहरुले गुगल प्लस प्रयोगकर्ताका प्रोफाइलमा पहुँच स्थापित गरेका थिए ।

यसले प्रयोगकर्ताको प्रोफाइल नाम, इमेल ठेगाना, पेशा, लिंग तथा उमेर जस्ता डाटाहरुलाई असुरक्षित बनाएको थियो । यसबाहेकका प्रयोगकर्ताका अरु कुनै डाटा असुरक्षित नभएको गुगलको दाबी छ ।

गुगल प्लसमा सफ्टवेयरको कमजोरीका कारण सन् २०१५ देखि २०१८ को बीचमा बाह्य सफ्टवेयर डेभलपर्सले गुगल प्लसका प्रयोगकर्ताका प्रोफाइलका डाटाहरु ह्याक गर्ने कोसिस गरेका थिए । गुगलका अनुसार करीब ५लाख गुगल प्लस प्रयोगकर्ताका निजी डाटामा निसाना साँधिएको थियो ।

अहिले उक्त बगको समस्या समाधान गरिएको गुगलले जनाएको छ । गत मार्चमै उक्त बगलाई ठीक पारेको गुगलको दाबी छ । यद्यपि कम्पनीले हालसम्म उक्त विषयलाई गुपचुप राखेको थियो । कानूनी रुपमा बाध्य नभएकोले यसलार्य सार्वजनिक नगरेको गुगलको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा