२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एप्पलको अहिलेसम्मकै पातलो आइप्याड सार्वजनिक, के के छन् फिचर्स ? हेनुहोस्

१४ कार्तिक २०७५, बुधबार ०७:२४

अमेरिकी कम्पनी एप्पलले नयाँ आइप्याड सार्वजनिक गरेको छ । न्युयोर्कको ब्रुकलिनमा आयोजित समारोहमा एप्पलले अहिलेसम्मकै पातलो आइप्याड प्रो सार्वजनिक गरेको हो ।

आइप्याड प्रोको सन् २०१८ को यो मोडेल ११ इन्च र १२.९ इन्च गरी दुई स्क्रिन साइजमा उपलब्ध छ ।

स्क्रिनको हकमा एलसिडी प्रोमोशन लिक्विड रेटिना डिस्प्ले रहेको छ । यसमा पिक्सेल मास्किंग टेक्नोलोजी रहेको एप्पलले जनाएको छ ।

नयाँ आइप्याड प्रो ६४ जिबी, २५६ जिबी र १ टिबी गरी तिनवटा स्टोरेज भेरिएन्टमा उपलब्ध रहेको बताइएको छ ।

नयाँ आइप्याड प्रो एप्पलको पहिलो युएसबी टाइप सी सपोर्ट गर्ने डिभाइस हो । यसले युएसबी टाइप सी कनेक्टर पोर्ट सपोर्ट गर्दछ।

नयाँ आइप्याड प्रोमा एप्पलकै ए १२ एक्स बायोनिक सेभेन एनएम प्रोसेसर प्रयोग गरिएको छ ।

यसमा ट्रू टोन एलइडी फ्लासयुक्त १२ मेगापिक्सेलको रियर क्यामरा सेन्सर रहेको छ । उक्त क्यामेराले फोर के भिडियो रेकर्ड गर्न सकिन्छ ।

यस आइप्याडमा १० घण्टाको ब्याट्री लाइफ रहेको दाबी गरिएको छ ।

एप्पलका अनुसार यो अहिलेसम्मकै पातलो आइप्याड हो । दुबै आइप्याड प्रोको मोटाइ मात्र ५.९ मिलिमिटर रहेको छ । पूरानो मोडेल भन्दा यो २५ प्रतिशत हलुका रहेको छ ।

आइफोन एक्सजस्तै एप्पलले यस आइप्याडबाट पनि होम बटन हटाएको छ । यसले जेस्चर कन्ट्रोल फिचर सपोर्ट गर्दछ । यो आइप्याडमा एप्पल फेस आइड फिचर राखिएको छ ।

यसका साथै एनिमोजी, मेमोजी तथा एप्पल पे लगायतका फिचर पनि यो आइप्याडमा रहेका छन् ।

नयाँ आइप्याड प्रो सिल्भर र स्पेस ग्रे गरी दुईवटा रङमा उपलब्ध रहेको एप्पलले जनाएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा