२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एप्पलको अहिलेसम्मकै पातलो आइप्याड सार्वजनिक, के के छन् फिचर्स ? हेनुहोस्

२०७५, १४ कार्तिक बुधबार ०७:२४

अमेरिकी कम्पनी एप्पलले नयाँ आइप्याड सार्वजनिक गरेको छ । न्युयोर्कको ब्रुकलिनमा आयोजित समारोहमा एप्पलले अहिलेसम्मकै पातलो आइप्याड प्रो सार्वजनिक गरेको हो ।

आइप्याड प्रोको सन् २०१८ को यो मोडेल ११ इन्च र १२.९ इन्च गरी दुई स्क्रिन साइजमा उपलब्ध छ ।

स्क्रिनको हकमा एलसिडी प्रोमोशन लिक्विड रेटिना डिस्प्ले रहेको छ । यसमा पिक्सेल मास्किंग टेक्नोलोजी रहेको एप्पलले जनाएको छ ।

नयाँ आइप्याड प्रो ६४ जिबी, २५६ जिबी र १ टिबी गरी तिनवटा स्टोरेज भेरिएन्टमा उपलब्ध रहेको बताइएको छ ।

नयाँ आइप्याड प्रो एप्पलको पहिलो युएसबी टाइप सी सपोर्ट गर्ने डिभाइस हो । यसले युएसबी टाइप सी कनेक्टर पोर्ट सपोर्ट गर्दछ।

नयाँ आइप्याड प्रोमा एप्पलकै ए १२ एक्स बायोनिक सेभेन एनएम प्रोसेसर प्रयोग गरिएको छ ।

यसमा ट्रू टोन एलइडी फ्लासयुक्त १२ मेगापिक्सेलको रियर क्यामरा सेन्सर रहेको छ । उक्त क्यामेराले फोर के भिडियो रेकर्ड गर्न सकिन्छ ।

यस आइप्याडमा १० घण्टाको ब्याट्री लाइफ रहेको दाबी गरिएको छ ।

एप्पलका अनुसार यो अहिलेसम्मकै पातलो आइप्याड हो । दुबै आइप्याड प्रोको मोटाइ मात्र ५.९ मिलिमिटर रहेको छ । पूरानो मोडेल भन्दा यो २५ प्रतिशत हलुका रहेको छ ।

आइफोन एक्सजस्तै एप्पलले यस आइप्याडबाट पनि होम बटन हटाएको छ । यसले जेस्चर कन्ट्रोल फिचर सपोर्ट गर्दछ । यो आइप्याडमा एप्पल फेस आइड फिचर राखिएको छ ।

यसका साथै एनिमोजी, मेमोजी तथा एप्पल पे लगायतका फिचर पनि यो आइप्याडमा रहेका छन् ।

नयाँ आइप्याड प्रो सिल्भर र स्पेस ग्रे गरी दुईवटा रङमा उपलब्ध रहेको एप्पलले जनाएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश