२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङले दुईवटा डिस्प्ले भएको स्मार्टफोन ल्याउँदै, यस्ता हुनेछन् फिचर्स

२०७५, १९ कार्तिक सोमबार ०६:५४

कात्तिक १९, काठमाडौं | कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागसीप स्मार्टफोन आगामी ९ नोभेम्बरमा लञ्च गर्ने तयारी गरेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित रिपोर्ट अनुसार सामसुङ चाइनाले SM-W2019 स्मार्टफोन लञ्च समारोहका लागि सञ्चारमाध्यमहरुलाई निमन्त्रण पठाउन सुरु गरेको छ ।

ट्वीटरमा सामसुङले प्रेषित गरेको एक निमन्त्रणापत्र लिक भएको छ । जसमा रातो तथा निलो रङमा डब्लू लेखिएको छ । तस्वीरमा उक्त स्मार्टफोन लञ्च गर्ने मिति ९ नोभेम्बर पनि लेखिएको छ ।

सामसुङले अर्को हप्ता सार्वजनिक गर्ने तयारी गरेको उक्त स्मार्टफोनका विशेषताबारे सञ्चार माध्यमहरुले विभिन्न खबर यसअघि नै प्रकाशित गरिसकेका छन् । चीनको सर्टिफिकेशन वेबसाइट टिनाका अनुसार यस फोनमा क्वालकोम स्नापड्रागन ८४५ प्रोसेसरको प्रयोग गरिएको छ ।

फोनमा ४.२ इन्चका दुईवटा फूल एचडी डिस्प्ले हुनेछन् जसको रिजोलुसन १९२० गुणा १०८० पिक्सेल हुनेछ ।

ब्याट्री क्षमता ३००० एमएएच रहेको छ ।

यो फोनमा डुअल रियर क्यामरा सेटअप रहने बताइएको छ । जसमा १२ मेगापिक्सेल प्राइमरी सेन्सर तथा डुअल एपर्चर मोड हुनेछ ।

यसका साथै युएसबी टाइप सी पोर्ट पनि रहने बताइएको छ भने ३.५ एमएम को अडियो ज्याक हुने छैन ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश