२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हजारौं प्रयोगकर्ताका प्राइभेट मेसेजहरु ह्याकरले यसरी बेच्दै !

२०७५, २१ कार्तिक बुधबार ०८:३७

कात्तिक २१, काठमाण्डौ | फेसबुक प्रयोगकर्ताका डाटालाई ह्याकरहरुले बिक्रिमा राखेको समाचार सार्वजनिक भएको छ ।

बीबीसीको रिपोर्ट अनुसार झण्डै ८१ हजार फेसबुक प्रयोगकर्ताका डाटालाई ह्याकरहरुले बिक्रिमा राखेका छन् ।

साथै ह्याकरहरुले आफुसँग १२ करोड फेसबुक अकाउन्टका विस्तृत डाटाहरु रहेको पनि दाबी गरेका छन् ।

साइबर सेक्योरिटी कम्पनी डिजिटल स्याडोजका अनुसार अहिले ८१ हजार फेसबुक प्रयोगकर्ताका प्राइभेट मेसेजहरु ह्याकरद्वारा बिक्रिमा राखिएका छन् ।

बीबीसीको रुसी सेवाले ह्याकरहरुद्वारा बिक्रिमा राखिएका भनिएका प्राइभेट मेसेजवाला फेसबुक प्रयोगकर्तासँग सम्पर्क गरेको थियो । त्यसक्रममा ती प्रयोगकर्ताले ती प्राइभेट मेसेजहरु विगतमा आफुले नै पठाएका पुष्टि गरेका छन् ।

ती मेसेजहरु केवल साधारण टेक्स्ट मात्र नभै तस्वीर तथा अन्य सामाग्रीहरु समेत रहेको बताइएको छ ।

विभिन्न खाले असुरक्षित ब्राउजर एक्सटेन्सनमार्फत ह्याकरहरुले फेसबुक प्रयोगकर्ताले ती मेसेजहरु प्राप्त गर्न सफल भएका बताइएको छ ।

डाटाहरु बिक्रिमा राखिएका प्रयोगकर्ताहरुमा युक्रेन, रुस, बेलायत, अमेरिका तथा ब्राजिलका प्रयोगकर्ता धेरै रहेको समाचारमा उल्लेख छ ।

ह्याकरहरुले हरेक फेसबुक अकाउन्टलाई १० सेन्टमा बिक्रि गर्ने प्रयास पनि गरेको बताइएको छ । तर त्यस्तो विज्ञापनमा भने तत्कालै प्रतिबन्ध लगाइएको छ । फेसबुक प्रयोगकर्ताका डाटा बिक्रिमा राख्ने वेबसाइट रुसको सेन्ट पिटर्सबर्गमा सेटअप गरिएको पाइएको छ ।

उता फेसबुकले भने आफ्नो प्लेटफर्मको सुरक्षामा कुनै ह्याकिङ नभएको र यस्तो डाटा लिक चाहीँ ब्राउजर एक्सटेन्सनको कमजोरीका कारण भएको दाबी गरेको छ ।

साथै ब्राउजर निर्मातालाई यस विषयमा जानकारी गराइएको पनि फेसबुकले जनाएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश