२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकसँग प्रतिस्पर्धा गर्दै फेसबुकले ल्यायो यस्तो भिडियो एप

२६ कार्तिक २०७५, सोमबार ०७:०७

कात्तिक २६, काठमाडौं | सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ ।

युवापुस्ता माझ टिकटक चर्चित बनिरहेका बेला फेसबुकले लास्सो एप सार्वजनिक गरेको हो । जसलाई टिकटक (म्युजिकल्ली) को प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

प्रयोगकर्ताले टिकटकमा जस्तै  फिल्टर्स तथा विशेष इफेक्टसहितका छोटो फर्म्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने छन् ।

फेसबुकका अनुसार नयाँ भिडियो एप लास्सो अहिले अमेरिकी प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको छ ।

यो एपमा भिडियो इडिटिङ टुल्स रहेको छ जसले प्रयोगकर्तालाई आफ्नो भिडियोमा टेक्स्ट तथा म्युजिक पनि थप गर्ने सुविधा उपलब्ध गराउनेछ ।

फेसबुकले कुनै औपचारिक घोषणा तथा भव्य समारोहविनै सुटुक्क यो नयाँ एप लञ्च गरेको हो ।

फेसबुक प्रवक्ताका अनुसार छोटो तथा मनोरञ्जक भिडियोका लागि लास्सो निकै उपयोगी एप हुनेछ । फेसबुकले अहिले यो एप प्रयोगकर्ताबाट उनीहरुका गुनासा तथा पृष्ठपोषण संकलन गरिरहेको उनले बताएका छन् ।

फेसबुकका अनुसार यो एप निशुल्क रुपमा एन्ड्रोइड र आइओएस दुबै प्लाटफर्ममा उपलब्ध छ । प्रयोगकर्ताले आफ्नो इस्टाग्राम वा फेसबुक अकाउन्टबाट यो एपमा लगइन गर्न सक्दछन् । अनि लास्सो एपबाट भिडियो तयार पारी आफ्नो फेसबुकमा शेयर गर्न सक्दछन् । निकट भविष्यमा लास्सोबाट इन्स्टाग्राममा पनि भिडियो शेयर गर्ने फिचर फेसबुकले थप गर्ने बताइएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा