२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् सबैभन्दा कम मूल्यका स्मार्टफोन, कुनको मुल्य कति ? हेर्नुहोस्

४ मंसिर २०७५, मंगलवार ०७:०९

स्मार्टफोन भन्नासाथ हुनेखानेहरुले मात्र बोक्ने महंगो फोन मानिथ्यो कुनैबेला । स्मार्टफोनका अग्रणीहरु एप्पल र सामसुङका स्मार्टफोन बोक्न चार सय डलर अर्थात् करिव ४० हजार रुपैयाँभन्दा धेरै खर्च गर्नुपर्दथ्यो ।

तर, अहिले त्यस्तो अबस्था छैन् । बजारमा १० हजार रुपैयाँभन्दा कम मूल्यमा भनेजस्ता स्मार्टफोन पाइन्छन् । इन्टरनेट र सामाजिक संजालको लोकपि्रयताका कारण पनि धेरै न्यून आय भएका प्रयोगकर्ता बार फोन छाडेर स्मार्टफोनमा अपग्रेड भइरहेका छन् ।

नेपाली बजारमा अहिले स्मार्टफोनको मूल्य ४ हजार रुपैयाँदेखि नै सुरु हुन्छ । सामसुङ, हुवावे, जीओनी, कलर्स, इन्टेक्स र एलजी र जेडटीइका १० हजार रुपैयाँभन्दा कम मूल्यका स्मार्टफोनको बजार फस्टाउँदो छ ।

यी कम्पनीका १० हजार भन्दा कम मूल्यका केही स्मार्टफोन र तिनीहरुको विशेषता यस्तो छः

हुवावे

huwaei-y3c

चिनियाँ स्मार्टफोन कम्पनी हुवावे नेपालमा सन् २०१० को अन्त्यतिर प्रवेश गरेको हो । नेपालमा अहिले हुवावेका २४ मोडलको स्मार्टफोन बिक्री भइरहेको छ । त्यसमा पनि हुवावेका १० हजार रुपैयाँभन्दा कम मूल्यका तीन मोडलका मोबाइल सेट बजारमा उपलब्ध छन् ।

जसमा दुई सिम लाग्ने किटक्याट भर्सनको ५१२ एमबी र्‍याम रहेको ‘वाइ थ्री सी मोबाइलको मूल्य ६ हजार ९ सय ९९ रुपैयाँ छ ।

त्यस्तै १ जीबी र्‍यामसहित १७३० एमएएच पावर ब्याट्री रहेको वाई ५४१ मोडलको मोबाइलको मूल्य ८ हजार ४ सय ९९ रुपैयाँमा पाइन्छ ।

८ मेगापिक्सल रियर र २ मेगापिक्सल फ्रन्ट क्यामेरा जडित ‘वाई थ्री डुवल आइ’को मूल्य ९ हजार रुपैयाँ पर्छ ।

सामसुङ

samsung-galaxy-j1

नेपालको स्मार्टफोन बजारमा सवैभन्दा ठूलो हिस्सा रहेको कोरियाली स्मार्टफोन सामसुङका पनि १० हजार रुपैयाँभन्दा कम मूल्यका तीनवटा मोडलका स्मार्टफोन छन् ।

४ इन्च डिस्प्ले र ५ मेगापिक्सल क्यामेरा रहेको सामसुङ ग्यालेक्सी जी वन स्मार्ट फोनको मूल्य ९ हजार ९ सय ४० रुपैयाँ छ ।

त्यस्तै ४.३ इन्च डिस्प्ले भएको सामसुङ ग्यालेक्सी जे वन एसीको मूल्य ९ हजार ३ सय ९० रुपैयाँ पर्छ । टाइजेन अपरेटिङ सिस्टममा रहेको सामसुङ जेड टुको मूल्य ७ हजार २ सय ९० रुपैयाँ छ ।

जेडटीइ

zte-l5-plus

दुई महिनाअघि मात्र नेपाली बजारमा प्रवेश गरेको चिनियाँ ब्राण्ड जेडटीइले युरोप तथा अमेरिकासमेत आफ्नो बर्चश्व कायम गरिसकेको छ ।

नेपाली बजारमा जेइटीइ स्मार्टफोनका ६ वटा मोडल बिक्री भइसकेका छन् । त्यसमा पनि १० हजार रुपैयाँभन्दा कम मूल्यका २ मोडल उपलब्ध छन् ।

१ जीबी र्‍याम, ८ मेगापिक्सल रियर क्यामेरा भएको ब्लेड एल फाइभ प्लस मोबाइलको मूल्य ९ हजार ९ सय ९० रुपैयाँ छ ।

यसैगरी ब्लेड एल फाइभको मूल्य भने ८ हजार ४ सय ९० रुपैयाँ पर्छ । जेडटीइले आम मानिसले बोक्नसक्ने मोबाइल फोनको उत्पादनमा आफ्नो ध्यान केन्द्रीत गरेको छ । पि्रमियम स्मार्टफोनको मूल्य पनि अन्य कम्पनीको भन्दा निकै सस्तो छ ।

जिओनी

geionee-p5-mini

चिनियाँ स्मार्टफोन कम्पनी सन् २०१४ सेप्टेम्बरतिर नेपाल प्रवेश भएको हो । नेपालमा जिओनीका अहिले ११ वटा मोडलका स्मार्टफोन विक्री भइरहेकोमा एउटा मोडलको मूल्य १० हजार रुपैयाँभन्दा कम छ ।

जिओनी ‘पी फाइभ मिनी’ स्मार्टफोन नेपालमा ७ हजार ९ सय ९९ रुपैयाँमा किन्न पाइन्छ । यो स्मार्टफोनमा ४.५ को डिस्प्ले छ । फोनमा ५ मेगापिक्सलको रियर क्यामेरा र २ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । एक जीबी र्‍यामको साथमा ८ जीबीको इन्टरनल स्टोरज क्षमताको सहित १८०० सय एमएएचको ब्याट्री छ ।

सीजी

CG Smart Phone Eon Elite 4

स्मार्टफोन उत्पादक कम्पनी सीजीले अहिले नेपालमा ९ मोडलका सेटहरु बिक्री गरिरहेको छ । अन्य स्मार्टफोन कम्पनीकोभन्दा सीजीका स्मार्टफोन सस्तो छ । यसै कारण ग्राहकबीच लोकपि्रय समेत छ ।

नेपाली बजारमा सीजी मोडलका १० हजार भन्दा कम मूल्यका ६ वटा मोडलका स्मार्टफोन छ । जसमा इओन थ्री जी सबैभन्दा सस्तो स्मार्टफोनको मूल्य ४ हजार ५ सय ९९ रुपैयाँ र इओन एक्स-फोरको मूल्य ५ हजार ३ सय ४९ रुपैयाँ पर्छ ।

यसैगरी सीजी इओन एक्सप्रेसको मूल्य ८ हजार ४ सय ९९, इओन लाइटको ७ हजार ९ सय ९९ सय र लाइट प्लसको ८ हजार ९ सय ९९ रुपैयाँ पर्छ । यसैगरी इओन ब्लेज गोल्डको मूल्य ८ हजार ८ सय ८८ रुपैयाँ तोकिएको छ ।

इन्टेक्स

intes-aqua-lite

१० हजार रुपैयाँभन्दा कम मूल्यका स्मार्टफोन धेरै छनौट भएको अर्को ब्राण्ड हो- इन्टेक्स । इन्टेक्समा १० हजारभन्दा कम मूल्यका १४ मोडलका स्मार्टफोन उपलब्ध छ ।

आक्वा जोएको ५ हजार ९९ सय रुपैयाँ पर्छ । आक्वा प्लेय ५ हजार ६ सय ६६ रुपैयाँ, आक्वा ५.१ को ६ हजार ५ सय ९०, आक्वा ४.५ प्रोको ७ हजार ९ सय ९९ रुपैयाँ छ ।

यसैगरी आक्वा ब्राइटको ८ हजार १ सय ९९ रुपैयाँ छ भने आक्वा लाइफ थ्रीको ९ हजार १ सय ९९, आक्वा रिङ्गको ९ हजार २ सय ९९ रुपैयाँ तोकिएको छ । आक्वा टि्वस्टको ९ हजार ३ सय ९९ र आक्वा लिओन र्थीजीको ९ हजार ३ सय ९९ रुपैयाँ पर्छ ।

यस्तै आक्वा क्रेजको ९ हजार ८ सय ९९ रुपैयाँ छ भने आक्वा कोष्टाको ९ हजार ९ सय ९९, आक्वा स्टार एचडीको ९ हजार २ सय, आक्वा पावरको ९ हजार ४ सय र आक्वा भी फोरको मूल्य ४ हजार ३ रुपैयाँ पर्छ ।

एलजी

पछिल्लो समय एलजी स्मार्टफानेमा पनि नेपाली ग्राहकको आकर्षण बढ्दो छ । नेपालमा एलजीको ३ मोडल बिक्री उपलब्ध छ । त्यसका पनि १० हजारभन्दा कम मूल्य पर्ने एक मोडलको स्मार्टफोन बजारमा बिक्री भइरहेको छ ।

दुई सिम लाग्ने ४.३ डिस्प्ले भएको एस-१४५ स्मार्टफोनको मूल्य ९ हजार ९ सय ९९ रुपैयाँ पर्छ । यो स्मार्टफोनमा १५४० एमएएचको ब्याट्री छ भने ५ मेगापिक्सलको रियर क्यामेरा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा