२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०१९: फेसबुकका लागि खराब समयको सुरुवात, प्रयोगकर्ता टाढिँदै

२०७५, २२ पुष आईतवार ०३:५७

पुष २२, बीबीसी | गत वर्ष सन् २०१८ मा हामीले सोसल मिडिया साइट फेसबुकमाथि विभिन्न खाले गम्भीर प्रकृतिका आरोपहरु लागेको सुन्यौं, पढ्यौं । फेसबुकले आफ्ना प्रयोगकर्ताका निजी डाटाहरु व्यापारिक प्रयोजनका लागि बेचिरहेको खुलासा भयो ।

यससम्बन्धमा जवाफ दिनका लागि फेसबुक सीईओ मार्क जुकरबर्ग अमेरिकी संसद सिनेटमा हाजिर हुनुपर्यो ।

फेसबुकले आधिकारिक रुपमा आफ्नो गल्ती स्वीकार्नुपर्यो र आइन्दा गल्ती नदोहोराउने बाचा पनि गर्यो । यद्यपि, अनेक प्रतिबद्धताका बाबजुद मानिसहरुको मनमा फेसबुकप्रतिको आशंका अद्यापि कायमै छ ।

उल्लेखित विवादबीच पनि बितेको वर्ष सन् २०१८ मा फेसबुकका लागि समग्र रुपमा राम्रै रह्यो । तर यो वर्ष सन् २०१९ देखि भने फेसबुकको लागि खराब समयको सुरुवात हुनेछ ।

फेसबुकमाथि जरिवाना लाग्नसक्ने

आगामी एक वर्षभित्रमा फेसबुकले कडा जरिवानाको सामना गर्नुपर्ने अनुमान गर्न थालिएको छ । आयरल्याण्डको डाटा प्रोटेक्सन समितिले डिसेम्बरमा फेसबुकविरुद्ध अनुसन्धान सुरु गर्न लागेको घोषणा गरेको थियो ।

यसका अलावा अन्य विभिन्न देशहरुले पनि आफ्ना नागरिकहरुका डाटा फेसबुकमा सुरक्षित नरहेको अनुभूत गरिरहेका छन् । यस्तो अनुभूतिले फेसबुकका लागि गम्भीर परिणाम ल्याउन सक्दछ ।

इन्टरनेशनल एसोसिएसन अफ प्राइभेसी प्राक्टिसनर्स (आइएपीपी) का निर्देशक केट कोलेरी भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य यस्तो खालको गडबडीहरुलाई रोक्नका लागि सही तरिका अपनाउनु हो । यदि यसले पनि पुगेन भने हामी प्रशासनिक स्तरमा समेत जाँच गर्नेछौँ ।’

अर्को शव्दमा भन्नुपर्दा यस समितिको फैसला फेसबुकका लागि निकै महंगो सावित हुनसक्दछ ।

युरोपेली संघको जनरल डाटा सुरक्षण निर्देशिका अनुसार यदि यसमा फेसबुक दोषी देखिएमा उसले आफ्नो विश्वव्यापी आम्दानीको ४ प्रतिशत हिस्सा जरिवानाको रुपमा तिर्नुपर्नेछ ।

यस हिसाबले फेसबुकले डेढ अर्ब अमेरिकी डलर भन्दा धेरै रकम जरिवानाको रुपमा तिर्नुपर्ने हुनसक्दछ ।

समस्या अरु पनि छन्

फेसबुकका लागि समस्याहरु यत्तिमै सकिनेवाला छैनन् । आयरल्याण्डमा हुने अनुसन्धान मात्र होइन, आफ्नो मुलुक अमेरिकाकै संघीय व्यापार समितिले पनि सन् २०११ मा भएको सम्झौताको आधारमा फेसबुकमाथि अनुसन्धान गरिरहेको छ ।

उक्त सम्झौतामा फेसबुकले कुनै पनि प्रयोगकर्ताका निजी डाटा लिने र त्यसलाई अरुसँग शेयर गर्नुअघि प्रयोगकर्ताको सहमति अनिवार्य लिने कुरामा सहमति जनाएको थियो ।

आफूले उक्त सम्झौताको उल्लंघन नगरेको दाबी फेसबुकले विभिन्न अवसरमा गर्दै आएको छ । तर समिति फेसबुकको त्यस्तो दाबीमा भर परेको छैन र फेसबुकमाथि थप अनुसन्धान गर्न चाहन्छ ।

अनुसन्धानका क्रममा फेसबुकले सम्झौताको उल्लंघन गरेको पाइएमा फेसबुकमाथि अर्को बज्रपात हुनेछ र जरिवाना रकमको अंक निकै बढ्नेछ । फेसबुकले सम्झौता उल्लंघन गरेको ठहर भएमा उसले उल्लंघन भएको हरेक दिनको ४० हजारका दरले जरिवाना तिर्नुपर्नेछ ।

यतिमात्र होइन, सो जरिवाना रकम प्रयोगकर्ताको संख्याको आधारमा बढ्दै जानेछ । अमेरिकामा मात्रै ८ करोड फेसबुक प्रयोगकर्ताको हिसाबले फेसबुकमाथि ३ अर्ब अमेरिकी डलर जरिवाना लाग्न सक्दछ ।

यद्यपि, यस्तो हुने सम्भावना कम छ, किनकि अमेरिकी संघीय व्यापार समितिको उद्देश्य फेसबुक जस्तो ठूलो अमेरिकी कम्पनीलाई तहस नहस पार्नु होइन । उसले केवल ती कम्पनीहरुको गलत काम रोक्न चाहन्छ ।

वाशिंटन पोष्टलाई दिएको एक अन्तर्वार्तामा समितिका निर्देशक डेभिड व्लादेकले फेसबुकमाथि १ अर्ब अमेरिकी डलरसम्म जरिवाना लाग्नसक्ने बताएका छन् ।

फेसबुकको विभाजन

धेरै देशहरु यो कुरामा सहमत छन् कि फेसबुक एउटा निकै ठूलो कम्पनी हो, जो सँग सोसल मिडियाको असीमित शक्ति छ ।

उसो त जुकरबर्गले अमेरिकी सिनेटमा बोल्ने क्रममा आफ्नो अगाडि धेरै प्रतिद्वन्द्वीहरु रहेको बताएका थिए । तर उनले ती प्रतिद्वन्द्वीहरुको नाम लिएनन् ।

मोटो रुपमा हेर्दा सोसल मिडिया जगतमा फेसबुकको तुलनामा आउने कुनै प्रतिद्वन्द्वी कम्पनी देखिँदैन । ह्वाट्सएप र इन्स्टाग्राममा त फेसबुककै स्वामित्व छ । सोसल मिडियामा जगतमा यदि कोही दोस्रो कम्पनीले अलिकति टाउको उठाउन खोज्यो कि फेसबुकले खरीद गरेर आफूमा समाहित गरिहाल्छ ।

न्यू स्टेट्सम्यान पत्रिकाका अनुसार फेसबुकले आफू मातहत रहेका कम्पनीहरुलाई अलग अलग भागमा विभाजन गर्ने तयारीमा छ ।

फेसबुकलाई आफ्ना विशेषज्ञको निगरानीमा यी ४ भागमा बाँडिन सक्छः

१. फेसबुक

२. ह्वाट्सएप

३. इन्स्टाग्राम

४. फेसबुक मेसेन्जर

फेसबुकमाथि पावन्दी

अमेरिकी सिनेटमा मार्क जुकरबर्गसँग भएको सुनुवाइका क्रममा सिनेटर जोन केनेडीले आफू फेसबुकमाथि पावन्दी लगाउने पक्षमा नरहेको भएपनि पछिल्लो समयमा सार्वजनिक भइरहेका गडबडीहरुका कारण आफूहरु यस्तो गर्न बाध्य हुनसक्ने बताएका थिए ।

अमेरिकामा धेरै मानिसहरु फेसबुकका लागि केही कडा नियमहरु तय गरिनुपर्ने पक्षमा छन् । फेसबुक स्वयंले पनि आफ्नो लागि नियमहरु तय गरिनुपर्ने पक्षमा रहेको बताउने गरेको छ । तर यस्ता नियमहरु गलत दिशामा निर्देशित हुन नहुने र इन्टरनेट प्रयोगकर्ताबीचको आपसी सम्वादमा कुनै समस्या पैदा हुन नहुने तर्क फेसबुकको छ । यसर्थ यो अनुमान गर्न सकिन्छ कि अमेरिकाले यो वर्ष फेसबुकका लागि केही कडा नियम तथा पावन्दीहरु लागू गर्न सक्दछ । यस्तो नियम फेसबुकका लागि मात्र नभएर अन्य सोसल मिडिया प्लेटफर्म तथा गुगललगायतमा पनि लागू हुन सक्दछ ।

फेसबुकबाट प्रयोगकर्ता टाढिँदै

फेसबुकले विश्वमा लगातार आफ्नो प्रभुत्व विस्तार गरिरहेको छ । तर जुन देशहरुमा फेसबुकका गडबडीहरु सार्वजनिक भएका छन् त्यहाँ फेसबुकका प्रयोगकर्ताहरु घट्ने खतरा छ ।

अमेरिकाको कुरा गर्ने हो भने पछिल्ला तीन त्रैमासिकमा त्यहाँ फेसबुक प्रयोगकर्ताको संख्या बढेको छैन । युरोपेली मुलुकहरुमा त फेसबुक प्रयोगकर्ताको संख्या घटिरहेको छ ।

अब प्रश्न उठ्छ, के यो परिस्थिति झनै बिग्रिन सक्दछ ? इन्टरनेटमा आएका खबरहरु अनुसार विश्वमा धेरै मानिसहरुले आफ्नो फेसबुक अकाउन्ट धमाधम डिलिट गरिरहेका छन् । साथै उनीहरुले आफ्ना साथीसँगी तथा नजिकका अन्य मानिसहरुलाई पनि फेसबुकबाट टाढा हुन प्रेरित गरिरहेका छन् ।

गत वर्ष फेसबुकमा डाटा चोरीसम्बन्धी विवाद सार्वजनिक भएसँगै क्याम्ब्रिज विश्वविद्यालयले अप्रिल महिनामा करीब १ हजार जना फेसबुक प्रयोगकर्तामा एक सर्भेक्षण गरेको थियो ।

उक्त सर्भेक्षणमा ३१ प्रतिशत मानिसले आगामी दिनमा आफूले फेसबुकको प्रयोग कम गर्दै जाने बताएका थिए ।

हेरौँ अगाडि के हुन्छ ।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते