२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा सर्पले डस्दा एक महिलाको मृत्यु

२०७६, १८ असार बुधबार १६:४१

असर १८, डोटी । शिखर नगरपालिका वडा नं १ मा आज अपराह्न सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापति पन्तका अनुसार  खेतमा काम गरिरहेका समयमा सो नगरपालिका १ कालागाढ बस्ने ४२ वर्षीया जमुनादेवी कार्कीलाई सर्पले डसेपछि उपचारका क्रममा नेपाली सेनाको श्री नं ५ सैनिक अस्पतालको जिओपिडी शाखामा निधन भएको प्रहरीले जनाएको छ ।

जिल्लाका अन्य ठाउँमा सर्पले डसेका बिरामीका लागि आवश्यक पर्ने एन्टीस्नेक भेनम नभएका कारण उहाँलाई सेनाको अस्पतालमा भर्ना गरिएको थियो । उपचार गराउन ढिलो ल्याएका कारण उहाँको शरीरमा पूरै विष फैलिइसकेका कारण मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

ट्रयाक्टर दुर्घटना हुँदा चिन्ताजनक

पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाबाट दिपायल आउँदै गरेको से २ त ३५५० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक अन्दाजी ३५ वर्षीय राजु चौधरी  गम्भीर घाइते भएका छन् ।

केही दिन पहिले गाउँपालिकामा दुर्घटना भएको जीपलाई मर्मतका लागि कैलाली लैजान ट्रयाक्टरमा राखेर ल्याउँदै गरेको उक्त ट्रयाक्टर दुर्घटना पर्दा घाइते भएका चौधरीलाई दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार गराए पनि त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि कैलालीतर्फ सिफारिस गरिएको शैलेश्वरी अस्पतालका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा