२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका जानको लागि डिभीको आवेदन खुल्यो, हेर्नुहोस् आवेदन दिने तरिका

२२ आश्विन २०७७, बिहीबार ०५:४९

असोज २२, काठमाडौं । अमेरिका जानको लागि डिभी कार्यक्रमको आवेदन बुधबारबाट खुलेको छ । सन् २०२२ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि नेपालमा स्थानीय समयानुसार बुधबार रातको ९:४५ बजेदेखि आवेदन खुलेको हो  । 

डिभीमा २०७७ कार्तिक २५ रातको १०:४५ बजेसम्म आवेदन दिन सकिने छ ।  नेपाल स्थित अमेरिकी दुतावासले डि.भी. आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गरेको छ। दुतावासले डि.भी. कार्यक्रममा सहभागी हुनका लागि शुल्क नलाग्ने भएकोले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिन दुतवासले आग्रह गरेको छ । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि स्वयम् जिम्मेवार हुनु पर्ने जिम्मेवार हुने दुतावासले जनाएको छ।

आवेदकहरूले दर्ता अवधिमा dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ । आवेदन खुलेपछि मात्र क्लिक गर्ने अप्सन आउने छ ।  आवेदन दर्ता गर्दा आवेदकले आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष पुरा नभएका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु पर्ने ब्यबस्था छ  । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिने नियम छ । 

एक जना आवेदकले एउटा मात्र आवेदन बुझाउनु पर्ने र एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने नियम छ । त्यस्तै अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा आवेदन अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्ने र प्रत्येक फोटो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्ने दुतावासले जनाएको छ । साथै फोटो खिच्दा आवेदकले चश्मा लगाउन नपाइने नियम छ।


दुतावासका अनुसार यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नै पर्नेछ । त्यस्तै दुतावासले आवेदन दिएपछि पाइने आफ्नो कन्फर्मेशन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्न आग्रह गरेको छ  । यो नम्बर नै डिभी परे नपरेको चेक गर्ने एक मात्र तरिका हो । दुतावासले आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिन आग्रह गरेको छ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन । २०७८ वैशाख २५ वा त्यसपछि dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गरी आफुलाई डि.भी. परे नपरेको हेर्न सकिन्छ ।

डि.भी. का लागि छानिँदैमा भिसा पाईन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन । भिसाका लागि अन्तर्वार्ता हुन्छ । अन्तर्वार्ताको समयमा कन्सुलर अफिसरले आवेदकसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि योग्य छ कि छैन भन्ने कुराको निर्क्‍यौल गर्नेछन् । त्यसपछि मात्र भिसा पाईने निर्क्योल हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा