२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अन्तरिक्ष टेलिस्कोपद्वारा बृहस्पतिको अभूतपूर्व दृश्य सार्वजनिक

२०७९, ७ भाद्र मंगलवार १०:४३

भदौ ७, काठमाडौँ | विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली अन्तरिक्ष सम्बन्धी टेलिस्कोपले बृहस्पति ग्रहको अभूतपूर्व तस्बिर सार्वजनिक गरेको छ।

जेम्स वेब टेलिस्कोप (जेडब्ल्यूएसटी)ले जुलाई महिनामा सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रहको तस्बिरहरू खिचेको हो। 

James Webb: Space telescope reveals 'incredible' Jupiter views – Nepal Press

ती तस्बिरहरूमा ग्रहको दुवै ध्रुवका उच्च भागमाथिका आकाशमा सूर्यका कारण देखिने रङ्गिन प्रकाश अर्थात् अरोराहरू, विशाल आँधीहरू, चन्द्रमाहरू र बृहस्पति वरपरको घेरो विस्तृत रूपमा देखिन्छ। जसलाई खगोल शास्त्रीहरूले "अद्भुत" बताएका छन्। 

रङ्गिन

ती इन्फारेड तस्बिरहरूमा ग्रहका विशेषता झल्काउने गरी क्रितिम ढङ्गले रङ्ग भरिएको हो। 

मानव आँखाले इन्फ्रारेड प्रकाश नदेख्ने भएकाले त्यसो गरिएको हो। 

"बृहस्पतिलाई हामीले यस्तो कहिल्यै देखेका थिएनौँ। यो सबै निकै अद्भुत छ," ग्रहहरूका विशेषताबारे अध्ययन गर्ने खगोलशास्त्री इम्के डे पाटेरले भनिन्।

युनिभर्सिटी अफ क्यालिफोर्नियाकी यी वैज्ञानिकले यस कामका लागि मुख्य भूमिका निर्वाह गरेकी थिइन्। उनले थपिन्, "साँच्चिकै भन्नुपर्दा यो त्यति गज्जब होला भन्ने हामीले ठानेका थिएनौँ।"

जेडब्ल्यूएसटी १० अर्ब अमेरिकी डलर खर्चेर अमेरिकी अन्तरिक्ष संस्था नासाको नेतृत्व विकास गरिएको अन्तर्राष्ट्रिय सहकार्यको काम हो। 

जसमा युरोपेली अन्तरिक्ष निकाय र क्यानेडेली अन्तरिक्ष निकाय समेत साझेदारका रूपमा छन्। 

जेम्स वेबको कमाल

नासाका अनुसार खुला आँखाले सहजै हेर्न सकिने बृहस्पतिको यो दृश्यलाई उक्त टेलिस्कोपबाट खिचिएका कैयौँ तस्बिरहरू जोडेर तयार पारिएको हो। 

यसैबीच सेतो रङ्गमा देखिने 'द ग्रेट रेड स्पट' भनिने प्रख्यात आँधी यति विशाल छ कि त्यसले पृथ्वीलाई निल्न सक्छ। निकै धेरै सूर्यको प्रकाश प्रतिबिम्बित भएकाले यो सेतो रङ्गमा देखिएको हो। 

जेडब्ल्यूएसटी सन् २०२१ को डिसेम्बरमा सार्वजनिक गरिएको हो। 

NASA's James Webb telescope shows 'unprecedented' Jupiter views | Space  News | Al Jazeera

यो अहिले पृथ्वीबाट १६ लाख किलोमिटर पर रहेको छ। 

यसले बिग ब्याङको केही क्षणपछि – १३ अर्ब वर्षअघि – पृथ्वीतर्फ यात्रा गर्न थालेको प्रकाशलाई पहिचान गर्न सक्छ। 

चर्चित हबल टेलिस्कोपको उत्तराधिकारीको रूपमा हेरिएको जेडब्ल्यूएसटी कम्तीमा आउँदो २० वर्षको अन्वेषणका लागि अहम् हुने ठानिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै