२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अन्तरिक्ष टेलिस्कोपद्वारा बृहस्पतिको अभूतपूर्व दृश्य सार्वजनिक

७ भाद्र २०७९, मंगलवार १०:४३

भदौ ७, काठमाडौँ | विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली अन्तरिक्ष सम्बन्धी टेलिस्कोपले बृहस्पति ग्रहको अभूतपूर्व तस्बिर सार्वजनिक गरेको छ।

जेम्स वेब टेलिस्कोप (जेडब्ल्यूएसटी)ले जुलाई महिनामा सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रहको तस्बिरहरू खिचेको हो। 

James Webb: Space telescope reveals 'incredible' Jupiter views – Nepal Press

ती तस्बिरहरूमा ग्रहको दुवै ध्रुवका उच्च भागमाथिका आकाशमा सूर्यका कारण देखिने रङ्गिन प्रकाश अर्थात् अरोराहरू, विशाल आँधीहरू, चन्द्रमाहरू र बृहस्पति वरपरको घेरो विस्तृत रूपमा देखिन्छ। जसलाई खगोल शास्त्रीहरूले "अद्भुत" बताएका छन्। 

रङ्गिन

ती इन्फारेड तस्बिरहरूमा ग्रहका विशेषता झल्काउने गरी क्रितिम ढङ्गले रङ्ग भरिएको हो। 

मानव आँखाले इन्फ्रारेड प्रकाश नदेख्ने भएकाले त्यसो गरिएको हो। 

"बृहस्पतिलाई हामीले यस्तो कहिल्यै देखेका थिएनौँ। यो सबै निकै अद्भुत छ," ग्रहहरूका विशेषताबारे अध्ययन गर्ने खगोलशास्त्री इम्के डे पाटेरले भनिन्।

युनिभर्सिटी अफ क्यालिफोर्नियाकी यी वैज्ञानिकले यस कामका लागि मुख्य भूमिका निर्वाह गरेकी थिइन्। उनले थपिन्, "साँच्चिकै भन्नुपर्दा यो त्यति गज्जब होला भन्ने हामीले ठानेका थिएनौँ।"

जेडब्ल्यूएसटी १० अर्ब अमेरिकी डलर खर्चेर अमेरिकी अन्तरिक्ष संस्था नासाको नेतृत्व विकास गरिएको अन्तर्राष्ट्रिय सहकार्यको काम हो। 

जसमा युरोपेली अन्तरिक्ष निकाय र क्यानेडेली अन्तरिक्ष निकाय समेत साझेदारका रूपमा छन्। 

जेम्स वेबको कमाल

नासाका अनुसार खुला आँखाले सहजै हेर्न सकिने बृहस्पतिको यो दृश्यलाई उक्त टेलिस्कोपबाट खिचिएका कैयौँ तस्बिरहरू जोडेर तयार पारिएको हो। 

यसैबीच सेतो रङ्गमा देखिने 'द ग्रेट रेड स्पट' भनिने प्रख्यात आँधी यति विशाल छ कि त्यसले पृथ्वीलाई निल्न सक्छ। निकै धेरै सूर्यको प्रकाश प्रतिबिम्बित भएकाले यो सेतो रङ्गमा देखिएको हो। 

जेडब्ल्यूएसटी सन् २०२१ को डिसेम्बरमा सार्वजनिक गरिएको हो। 

NASA's James Webb telescope shows 'unprecedented' Jupiter views | Space  News | Al Jazeera

यो अहिले पृथ्वीबाट १६ लाख किलोमिटर पर रहेको छ। 

यसले बिग ब्याङको केही क्षणपछि – १३ अर्ब वर्षअघि – पृथ्वीतर्फ यात्रा गर्न थालेको प्रकाशलाई पहिचान गर्न सक्छ। 

चर्चित हबल टेलिस्कोपको उत्तराधिकारीको रूपमा हेरिएको जेडब्ल्यूएसटी कम्तीमा आउँदो २० वर्षको अन्वेषणका लागि अहम् हुने ठानिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली