२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

गुगललाई टक्कर दिने तयारीमा टिकटकको कम्पनी ? आफ्नै सर्च इन्जिन सार्वजनिक

२०७९, १५ भाद्र बुधबार ०८:१७

भदौ १५, काठमाडौँ | टिकटकजस्तो चर्चित एपको मालिक कम्पनी बाइटडान्सले आफ्नै सर्च इन्जिन लञ्च गरेको छ । Bytedance (बाइटडान्स) ले यसमा कुनै विज्ञापन नदेखिने पनि बचन दिएको छ । बाइटडान्सको यो एप हाल त्यो साइबर स्पेसमा लञ्च भएको छ जहाँ गुगल वर्षौँदेखि उपस्थित छैन ।


कुनै जानकारी बिना नै बेइजिङ इन्फिनिट डाइमेन्सन टेक्नोलोजीले Wukong (वुकोङ) सर्च इन्जिन लञ्च गरेको हो । वुकोङ सर्च इन्जिन एपलाई कम्पनीले गोप्य रुपमा लञ्च गरेको हो ।

यसै महिना Tencent (टेसेन्ट) ले आफ्नो सर्च एप Sogou (सोगोउ) बन्द गरेको थियो जसलाई कम्पनीले अघिल्लो वर्ष खरिद गरेको थियो । वुकोङ सर्च इन्जिन एप हाल चीनमा एप्पल स्टोर र विभिन्न चिनियाँ एप स्टोर्सबाट डाउनलोड गर्न सकिन्छ ।

गुगलसँग प्रतिस्पर्धा होला ?

यो एप सार्वजनिक भएसँगै बाइडडान्सको सीधा प्रतिस्पर्धा Baidu (बाइडु) सँग हुनेछ । यसको चिनियाँ बजारमा दबदबा छ । नयाँ एपलाई कम्पनीले ‘विज्ञापन बिनाको र गुणस्तरीय सूचना’ को रुपमा प्रोमोट गरिरहेको छ । जहाँ बाइडु लामो समयदेखि सर्च रिजल्टमा पेड लिस्टिङको विषयमा विवाद रहेको छ ।

यस्तै बाइटडान्सले नन–पेड सर्च इन्जिनको दाउ चालेको छ । हुन त यो सर्च इन्जिनको गुगलसँग सिधा प्रतिस्पर्धा छैन किनभने यो जुन बजारमा सार्वजनिक भएको छ, त्यहाँ गुगल नै छैन ।

के कम्पनीले टिकटकमा जस्तै जादु चलाउन सक्ला ?

टिकटकको पनि यसरी नै सुरुवात भएको थियो र यो सर्ट भिडियो एपले एउटा क्रान्ति नै ल्याइदियो । टिकटकको चर्चा यस्तो भयो कि अन्य कम्पनीले पनि आफ्नो प्लेटफर्ममा यो सुविधा जोडेका छन् ।

युट्युबदेखि इन्स्टाग्राम र फेसबुकसम्म सबैमा अब सर्ट भिडियो देख्न पाइन्छ । यदि कम्पनीले आफ्नो सर्च इन्जिन एपलाई पनि यस्तै चर्चित बनाउन सक्यो भने यो गुगलका लागि एक चुनौती बन्न सक्छ । सर्च इन्जिनको बजारमा गुगलको एकतर्फी राज छ ।

माइक्रोसफ्ट बिंग र अन्य कम्पनीका प्रोडक्ट त छन् तर कसैले पनि गुगललाई टक्कर दिन सकेको छैन । चिनियाँ बजारमा गुगलको उपस्थिति छैन तर बइडुको एकछत्र राज छ । अब बाइटडान्सले वुकोङमार्फत् बाइडुलाई चुनौती दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै