२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

गुगललाई टक्कर दिने तयारीमा टिकटकको कम्पनी ? आफ्नै सर्च इन्जिन सार्वजनिक

१५ भाद्र २०७९, बुधबार ०८:१७

भदौ १५, काठमाडौँ | टिकटकजस्तो चर्चित एपको मालिक कम्पनी बाइटडान्सले आफ्नै सर्च इन्जिन लञ्च गरेको छ । Bytedance (बाइटडान्स) ले यसमा कुनै विज्ञापन नदेखिने पनि बचन दिएको छ । बाइटडान्सको यो एप हाल त्यो साइबर स्पेसमा लञ्च भएको छ जहाँ गुगल वर्षौँदेखि उपस्थित छैन ।


कुनै जानकारी बिना नै बेइजिङ इन्फिनिट डाइमेन्सन टेक्नोलोजीले Wukong (वुकोङ) सर्च इन्जिन लञ्च गरेको हो । वुकोङ सर्च इन्जिन एपलाई कम्पनीले गोप्य रुपमा लञ्च गरेको हो ।

यसै महिना Tencent (टेसेन्ट) ले आफ्नो सर्च एप Sogou (सोगोउ) बन्द गरेको थियो जसलाई कम्पनीले अघिल्लो वर्ष खरिद गरेको थियो । वुकोङ सर्च इन्जिन एप हाल चीनमा एप्पल स्टोर र विभिन्न चिनियाँ एप स्टोर्सबाट डाउनलोड गर्न सकिन्छ ।

गुगलसँग प्रतिस्पर्धा होला ?

यो एप सार्वजनिक भएसँगै बाइडडान्सको सीधा प्रतिस्पर्धा Baidu (बाइडु) सँग हुनेछ । यसको चिनियाँ बजारमा दबदबा छ । नयाँ एपलाई कम्पनीले ‘विज्ञापन बिनाको र गुणस्तरीय सूचना’ को रुपमा प्रोमोट गरिरहेको छ । जहाँ बाइडु लामो समयदेखि सर्च रिजल्टमा पेड लिस्टिङको विषयमा विवाद रहेको छ ।

यस्तै बाइटडान्सले नन–पेड सर्च इन्जिनको दाउ चालेको छ । हुन त यो सर्च इन्जिनको गुगलसँग सिधा प्रतिस्पर्धा छैन किनभने यो जुन बजारमा सार्वजनिक भएको छ, त्यहाँ गुगल नै छैन ।

के कम्पनीले टिकटकमा जस्तै जादु चलाउन सक्ला ?

टिकटकको पनि यसरी नै सुरुवात भएको थियो र यो सर्ट भिडियो एपले एउटा क्रान्ति नै ल्याइदियो । टिकटकको चर्चा यस्तो भयो कि अन्य कम्पनीले पनि आफ्नो प्लेटफर्ममा यो सुविधा जोडेका छन् ।

युट्युबदेखि इन्स्टाग्राम र फेसबुकसम्म सबैमा अब सर्ट भिडियो देख्न पाइन्छ । यदि कम्पनीले आफ्नो सर्च इन्जिन एपलाई पनि यस्तै चर्चित बनाउन सक्यो भने यो गुगलका लागि एक चुनौती बन्न सक्छ । सर्च इन्जिनको बजारमा गुगलको एकतर्फी राज छ ।

माइक्रोसफ्ट बिंग र अन्य कम्पनीका प्रोडक्ट त छन् तर कसैले पनि गुगललाई टक्कर दिन सकेको छैन । चिनियाँ बजारमा गुगलको उपस्थिति छैन तर बइडुको एकछत्र राज छ । अब बाइटडान्सले वुकोङमार्फत् बाइडुलाई चुनौती दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली