२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अकाउन्ट भेरिफिकेशनका लागि मासिक २० डलर तिराउने योजनामा ट्वीटर

१४ कार्तिक २०७९, सोमबार ०५:५८

कात्तिक १४, काठमाडौँ | एजेन्सी | ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेका विश्वका नम्बर १ धनाढ्य एलन मस्कले अब यस प्लेटफर्मबाट पैसा कमाउन नयाँ योजनाबारे सोचिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्वीटर प्रयोगकर्ताहरूबाट मासिक २० अमेरिकी डलर शुल्क लिने उनको तयारी छ ।

ट्वीटरको स्वामित्व आफ्नो हातमा आएलगत्तै मस्कले यस योजनामा काम गर्न निर्देशन दिइसकेका छन् । ‘द भर्ज’ मा प्रकाशित समाचार अनुसार ट्वीटरका भेरिफाइड युजरहरूबाट यस्तो शुल्क लिने प्रस्ताव उनले अघि सारेका हुन् । उनले आफ्ना इन्जिनियरहरूलाई यो प्रस्तावलाई कार्यान्वयनमा लैजान ८ नोभेम्बरसम्मको डेडलाइन दिएको समेत समाचारमा जनाइएको छ । यदि, डेडलाइनभित्र काम गर्न नसके उनीहरूलाई बर्खास्त गर्ने चेतावनीसमेत मस्कले दिएका छन् ।


समाचारअनुसार भेरिफिकेसनका लागि प्रस्तावित शुल्क भने तलमाथि हुन सक्नेछ । द भर्जमा समाचार प्रकाशित भएलगत्तै मस्कले ट्विट गरेर भनेका छन्, ‘भेरिफिकेसनका सम्पूर्ण प्रक्रियामा उथलपुथलको तयारी भइरहेको छ ।’

ट्वीटरसँग झण्डै ४ लाख भेरिफाइड प्रयोगकर्ता छन् । उनीहरूबाट मासिक २० डलर उठाउन सकेको खण्डमा ट्वीटरको आम्दानीमा उल्लेख्य बढोत्तरी हुन सक्ने छ । तर, यो योजना मस्कका लागि आत्मघाती पनि हुन सक्छ । कयौंले भेरिफिकेसनको टिकमार्क गुमाउन तयार रहेको तर शुल्क नतिर्ने बताइरहेका छन् ।

ट्वीटरले निश्चित प्रक्रिया र कागजात पूरा गरेपछि प्रयोगकर्तालाई भेरिफिकेसन प्रदान गर्छ । भेरिफिकेसनपश्चात अकाउन्टमा प्राप्त हुने टिकमार्कले उक्त प्रयोगकर्ताको आधिकारिक पेज रहेको पुष्टि हुन्छ ।

अहिले ट्वीटर ब्लुका लागि मासिक ४.९९ डलर तिर्नुपर्छ र यसले प्रयोगकर्तालाई ट्वीट सम्पादन गर्ने, नयाँ फिचरहरूमा छिटो पहुँच दिने, लगायतका सुविधा प्रदान गर्छ । तर, यसको अहिलेसम्म भेरिफिकेसनसँग कुनै सम्बन्ध छैन । भेरिफिकेसनको ब्लु टिक लिनका लागि चाहिँ तपाईंको अकाउन्ट आधिकारिक र सक्रिय हुनुपर्छ । अहिले भेरिफिकेसनको कुनै शुल्क लिइँदैन ।

अब मासिक २० डलर तिरेर ट्वीटर ब्लु सब्क्राइब गर्न सकिनेछ । तर, यो सब्सक्राइब गर्दैमा ट्वीटर भेरिफाइड हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन । भेरिफिकेसनका लागि ट्वीटर ब्लु सब्सक्राइब गरेको हुनैपर्ने वा नपर्ने भन्ने पनि निधो भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य