२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

पृथ्वीको सबैभन्दा नजिकको ब्ल्याक होल फेला, सूर्यभन्दा १० गुणा ठूलो

२०७९, २१ कार्तिक सोमबार ११:३१

कात्तिक २२, काठमाडौँ । खगोलविद्हरुले पृथ्वीको सबैभन्दा नजिकको ब्ल्याक होल फेला पारेको शुक्रबार घोषणा गरेका छन् । एनएसएफको नोयरल्याबद्वारा सञ्चालित अन्तरराष्ट्रिय जेमिनी अब्जर्भेटरी प्रयोग गरी उक्त ब्ल्याक होल भेटिएको हो ।

हाम्रो सूर्यको भन्दा १० गुणा ठूलो ब्ल्याक होल पृथ्वीबाट १,५६० प्रकाश वर्ष मात्र टाढा रहेको एउटा नयाँ अध्ययनले देखाएको छ। त्यो अघिल्लो निकटता चर्चित ब्ल्याक होल भन्दा लगभग दोब्बर नजिक भएको स्पेस डटकमले रिपोर्ट गरेको छ।


यस ब्ल्याक होललाई  गैया BH1 (Gaia BH1) नाम दिइएको छ, जुन बाइनरी सिस्टममा छ, जसको अन्य सदस्य एक सूर्यजस्तो तारा छ । यो ब्ल्याक होल लगभग त्यति नै टाढा छ जती पृथ्वी र सूर्य बीचको दुरी छ जसले यसलाई थप विशेष बनाउँछ । दोस्रो सबैभन्दा नजिकको ब्ल्याक होल लगभग ३००० प्रकाश वर्ष टाढा छ ।

म्यासाचुसेट्समा हार्वर्ड–स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्स र म्याक्स प्लेङ्क इन्स्टिच्युट फर एस्ट्रोनोमीका अध्ययनका प्रमुख लेखर करिम अल बद्रीले भने, ‘जहाँ सूर्य छ, त्यहाँ ब्ल्याक होल मान्नुहोस् र जहाँ पृथ्वी छ त्यसलाई तारा मान्नुहोस्, तपाईंले यस्तै सिस्टम पाउनुहुनेछ ।  यस्तो सिस्टम भेटियो भनेर पहिले पनि दाबी गरिएको छ तर पछि यी सबैलाई खण्डन गरियो ।’

उनले थपे, ‘पहिलो पटक हाम्रो ग्यालेक्सीमा तारकीय द्रव्यमानको ब्ल्याक होलको वरिपरि फराकिलो कक्षमा रहेको सूर्यजस्तो तारा पत्ता लागेको छ ।’

जेमिनी टेलिस्कोपले पत्ता लाग्यो ब्ल्याक होल

ब्ल्याक होलको नजिक रहेको यो ताराले यसले परिक्रमा गरिरहेको छ । खगोलविद्हरूले ब्ल्याक होलसँग यसको गतिको अवलोकन गर्नका लागि हवाईमा स्थित जेमिनी उत्तरी टेलिस्कोपको प्रयोग गरे जुन जेमिनी अब्जरभेटरीको जुम्ल्याहा दुरबिन हो । टोलीले पहिलो पटक युरोपेली अन्तरिक्ष एजेन्सीको गाया अन्तरिक्ष यानबाट प्राप्त डाटा विश्लेषण गरेर ब्ल्याक होलको उपस्थिति पहिचान गर्‍यो । त्यसपछि जेमिनी नर्थमा जेमिनी मल्टी–अब्जेक्ट स्पेक्ट्रोग्राफ उपकारको प्रयोग गरेर ब्ल्याक होलको पहिचान गरियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै