२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

पृथ्वीको सबैभन्दा नजिकको ब्ल्याक होल फेला, सूर्यभन्दा १० गुणा ठूलो

२१ कार्तिक २०७९, सोमबार ११:३१

कात्तिक २२, काठमाडौँ । खगोलविद्हरुले पृथ्वीको सबैभन्दा नजिकको ब्ल्याक होल फेला पारेको शुक्रबार घोषणा गरेका छन् । एनएसएफको नोयरल्याबद्वारा सञ्चालित अन्तरराष्ट्रिय जेमिनी अब्जर्भेटरी प्रयोग गरी उक्त ब्ल्याक होल भेटिएको हो ।

हाम्रो सूर्यको भन्दा १० गुणा ठूलो ब्ल्याक होल पृथ्वीबाट १,५६० प्रकाश वर्ष मात्र टाढा रहेको एउटा नयाँ अध्ययनले देखाएको छ। त्यो अघिल्लो निकटता चर्चित ब्ल्याक होल भन्दा लगभग दोब्बर नजिक भएको स्पेस डटकमले रिपोर्ट गरेको छ।


यस ब्ल्याक होललाई  गैया BH1 (Gaia BH1) नाम दिइएको छ, जुन बाइनरी सिस्टममा छ, जसको अन्य सदस्य एक सूर्यजस्तो तारा छ । यो ब्ल्याक होल लगभग त्यति नै टाढा छ जती पृथ्वी र सूर्य बीचको दुरी छ जसले यसलाई थप विशेष बनाउँछ । दोस्रो सबैभन्दा नजिकको ब्ल्याक होल लगभग ३००० प्रकाश वर्ष टाढा छ ।

म्यासाचुसेट्समा हार्वर्ड–स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्स र म्याक्स प्लेङ्क इन्स्टिच्युट फर एस्ट्रोनोमीका अध्ययनका प्रमुख लेखर करिम अल बद्रीले भने, ‘जहाँ सूर्य छ, त्यहाँ ब्ल्याक होल मान्नुहोस् र जहाँ पृथ्वी छ त्यसलाई तारा मान्नुहोस्, तपाईंले यस्तै सिस्टम पाउनुहुनेछ ।  यस्तो सिस्टम भेटियो भनेर पहिले पनि दाबी गरिएको छ तर पछि यी सबैलाई खण्डन गरियो ।’

उनले थपे, ‘पहिलो पटक हाम्रो ग्यालेक्सीमा तारकीय द्रव्यमानको ब्ल्याक होलको वरिपरि फराकिलो कक्षमा रहेको सूर्यजस्तो तारा पत्ता लागेको छ ।’

जेमिनी टेलिस्कोपले पत्ता लाग्यो ब्ल्याक होल

ब्ल्याक होलको नजिक रहेको यो ताराले यसले परिक्रमा गरिरहेको छ । खगोलविद्हरूले ब्ल्याक होलसँग यसको गतिको अवलोकन गर्नका लागि हवाईमा स्थित जेमिनी उत्तरी टेलिस्कोपको प्रयोग गरे जुन जेमिनी अब्जरभेटरीको जुम्ल्याहा दुरबिन हो । टोलीले पहिलो पटक युरोपेली अन्तरिक्ष एजेन्सीको गाया अन्तरिक्ष यानबाट प्राप्त डाटा विश्लेषण गरेर ब्ल्याक होलको उपस्थिति पहिचान गर्‍यो । त्यसपछि जेमिनी नर्थमा जेमिनी मल्टी–अब्जेक्ट स्पेक्ट्रोग्राफ उपकारको प्रयोग गरेर ब्ल्याक होलको पहिचान गरियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम