३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा काका पक्राउ

१३ श्रावण २०७९, शुक्रबार १५:२१

साउन १३, महोत्तरी | ८ वर्षीय वालिकालाई करणी गरेको आरोपमा आफ्नै काका पक्राउ परेका छन् ।

१० साउन राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई जबरजस्ती करणीको गरेको आरोप उनीमाथि लागेको छ ।

बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका काकाको नाम भने प्रहरीले गोप्य राखेको छ । २४ वर्षीया आरोपितलाई इलाका प्रहरी कार्यालय बर्दिबासले हिरासतमा राखेको छ ।

अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले बालिकाको ठेगानासमेत  गोप्य राखिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

आरोपित काकालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रमुखसमेत रहेका रावलको भनाइ छ ।

उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन