७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कोरियाको मेलामा मकवानपुरे किवीको प्रबद्र्धन

६ आश्विन २०७३, बिहीबार ११:१२

हेटौडा ६ आश्विन ।

आश्विन ४ देखि १६ सम्म दक्षिण कोरियाको चाङवाङ शहरमा भइरहेको माईग्रेण्ट एरिराङ मल्टिी कल्चर फेष्टिभल–२०१६ मा भाग लिन मकवानपुरका तीन व्यवसायी आज दक्षिण कोरिया प्रस्थान गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत र कार्यसमिति सदस्य उज्वल चौलागाई त्यस तर्फ प्रस्थान गरेका हुन् । नेपालको तर्फबाट एउटा स्टल मात्र रहने सो प्रदर्शनीमा मकवानपुरे व्यवसायीले नेपालको प्रतिनिधित्व गर्ने संघका अध्यक्ष न्यौपानेले बताउनु भएकोछ । महोत्सवमा एक गाउँ एक उत्पादन अन्तर्गत मकवानपुरमा उत्पादन भएको किवीको बजारीकरण, स्थानीय हस्तकला, पर्यटन क्षेत्रको विकासका लागि आफूहरुभाग लिन गएको संघका महासचिव राउतले बताउनुभएकोछ । महोत्सवका अलावा स्थानीय वाणिज्य संघसँग भेटघाट र सहकार्य, मकवानपुरमा समेत सम्भावना रहेका उद्योग कलकारखानाको अवलोकन गर्ने कार्यक्रम रहेको संघका सदस्य चौलागाईंले बताउनु भएकोछ । दक्षिण कोरियामा रहेका नेपालका यज्ञराज सुवेदी र रमेश उप्रेतीको विशेष पहलमा नेपालले सो महोत्सवमा आफ्नो प्रतिनिधित्व गराउन सकेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी