असोज ११ पर्वत । जिल्ला कृषि विकास कार्यालय पर्वतले आफ्नो कार्यालयको आन्तरिक बजेटको बाँडफाँड गरेको छ । कृषि कार्यालयको कुल बजेट ८ करोड २३ लाख  ११ हजार रहेको छ ।
कार्यालयको बजेटको आन्तरिक बाँडफाँड रकम भने कुल ३ करोड ८६ लाख १४ हजार छ । योमध्ये कार्यालयले चालु तर्फ ३ क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११ पर्वत । जिल्ला कृषि विकास कार्यालय पर्वतले आफ्नो कार्यालयको आन्तरिक बजेटको बाँडफाँड गरेको छ । कृषि कार्यालयको कुल बजेट ८ करोड २३ लाख  ११ हजार रहेको छ ।
कार्यालयको बजेटको आन्तरिक बाँडफाँड रकम भने कुल ३ करोड ८६ लाख १४ हजार छ । योमध्ये कार्यालयले चालु तर्फ ३ क"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषि कार्यालयको आव ०७३।७४ को बजेट बाँडफाँड

११ आश्विन २०७३, मंगलवार ०५:१०

असोज ११ पर्वत । जिल्ला कृषि विकास कार्यालय पर्वतले आफ्नो कार्यालयको आन्तरिक बजेटको बाँडफाँड गरेको छ । कृषि कार्यालयको कुल बजेट ८ करोड २३ लाख  ११ हजार रहेको छ ।
कार्यालयको बजेटको आन्तरिक बाँडफाँड रकम भने कुल ३ करोड ८६ लाख १४ हजार छ । योमध्ये कार्यालयले चालु तर्फ ३ करोड ५१ हजार १ सय ३८ र पुँजीगत तर्फ ३४ लाख ७६ हजार बाँडफाँड गरेको हो । चालु बजेट तर्फ  तलब, स्थानीय भत्ता, महङगी भत्ता फिल्ड भत्ताको लागि १ करोड २७ लाख  ३४ हजार, पानी, विजुली, संचार महसुल, भाडा, इन्धन, मर्मत सम्भार तथा अन्य सेवाको लागि ३ लाख ९४ हजार ३ सय, तालिम शिप विकास, जनचेतना कार्यक्रम खर्च, अनुगमन मुल्याङकन तर्फ १ करोड ८४ लाख ६१ हजार विनियोजन गरेको छ । त्यसैगरी पुँजीगत तर्फ भवन निर्माण, फर्निचर तथा मेशिनरी औजारको लागि ३४ लाख  ७६ हजार विनियोजन गरेको छ ।
कार्यालयले सुन्तलाजात फलफुल विकास आयोजनाको लागि चालु तर्फ १५ लाख ३५ हजार र पुँजी तर्फ ७ लाख ७५ हजार विनियोजन गरेको छ जसबाट २५० कार्यक्रम हुनेछन् । त्यस्तै व्यवसायिक तरकारी उत्पादन तथा विउ विजन आत्मनिर्भर आयोजनाको लागि चालुतर्फ २५ लाख ८२ हजार विनियोजन गरेको छ जसबाट ९ सय ४५ वटा कार्यक्रम संचालन हुनेछन् । व्यवसायी मकै तथा विउ उत्पादनको लागि चालुमा २ लाख ४० हजार र पुजीगत तर्फ १६ लाख विनियोजन भएको छ जसले ५ सय ३५ कार्यक्रम गर्नेछ ।
कृषि प्रविधि विस्तार सेवा टेवा आयोजनामा रकम विनियोजन भएको छैन । खाद्यान्न दलहन तथा तेलबाली उत्पादन कार्यक्रम, मौरी तथा च्याउ विकास लगायतका कार्यक्रमहरु कार्यालयले आवको कार्यक्रममा राखेको छ । त्यस्तै आयोजनागत कार्यक्रम अन्तरगत व्यावसायिक बगैचा स्थापना (सुन्तला, जुनार, कागती), मौरीगोला वितरण, पोष्ट हार्भेन्ट उपकरण वितरण, जिल्ला स्तरीय कृषक तालिम, स्थलगत कृषि तालिम, बाली प्रतियोगिता, तरकारी नर्सरी व्यवस्थापन, लगायतका ४९ वटा कार्यक्रमहरु रहेका छन् ।
कार्यालयको केन्द्रिय कार्यक्रम अन्तरगत दिर्घकालीन कृषि योजना अनुगमन तथा समन्वय कार्यक्रम, बागवानी विकास कार्यक्रम (सुन्तला बगैचा सुदृढीकरण), एकिकृत जलस्रोत व्यवस्थापन आयोजना, राष्ट्रिय पुर्ननिर्माण कोष, सहकारी खेती, साना सिचाई तथा मल वीउ ढुवानी कार्यक्रम, विशेष कृषि उत्पादन कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना गरी ४ करोड ३६ लाख ९७ हजार रहेको छ । कार्यालयको कुल कार्यक्रम खर्च ६ करोड २१ लाख ५८ हजार  छ भने कुल बजेट ८ करोड २३ लाख  ११ हजार रहेको छ ।
कृषि विकास कार्यालयको आवको बजेट बाँडफाँड कार्यक्रममा प्रतिबेदन प्रस्तुत गर्दै बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जिल्लाको विकासको लागि धौलागिरीमै सवैभन्दा बढी कृषि बजेट पर्वत जिल्लामा विनियोजन भएको बताए । उनले जिल्लामा झण्डै १२ हजार मेक्ट्रिक टन चामल बार्षिक रुपमा भित्रिने गरेका कारण त्यसलाई रोक्नको लागि पकेट क्षेत्रको रुपमा जिल्लालाई विभाजन गरी कार्यक्रम लागू गर्ने बताए । उनले जिल्लाको खेतीयोग्य जमिन बाँझो रहेका कारण त्यसलाई प्रयोगमा ल्याउनको लागि सरोकारवाला निकायले आवश्यक कदम चाल्न आवश्यक रहेको समेत औलाए । साथै अब जिल्लामै माटो परिक्षणको सुविधा हुने भएकोले अन्यत्र जानु नपर्ने अधिकृत रेग्मीले बताए । माटो परिक्षणको लागि परेको समस्या अब चाँडै नै हल हुने उनको तर्क छ । एक गाउँ एक जेटिए कार्यक्रम अन्तरगत जिल्लामा ७ गाविसमा जेटिए परिचालन भएको र अब केहि समयको अन्तरालमा १४ थप हुने समेत उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, स्थानीय विकास अधिकारी युवराज पौडेल, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, अगुवा कृषकहरु, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागीता थियो ।  
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान