३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

३ नम्बर र कालापानी युवा क्लब बिजयी

१२ आश्विन २०७३, बुधबार १४:२४

हेटौडा,१३ असोज

हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप अन्तरगत ३ नम्वर युवा क्लव, अम्लेखगञ्ज र कालापानी युवा क्लव हेटौँडा १६ बिजयी भएका छन् । आज(मंगलबार) भएको पहिलो खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि ट्राईब्रेकरमा ३ नम्वर युवा क्लवले नव बिहानी युवा क्लवलाई २ गोलका बिरुद्ध ४ गोल गरि बिजयी भएको हो । त्यस्तै, दोश्रो खेलमा कालापानी युवा क्लवले पशुपती युवा क्लव, एच्.आई.डी.लाई ० का बिरुद्ध १ गोल गर्दै बिजयी भएको हो । कालापानीका रबि थिङ्ग निर्धायक गोल गर्दै म्यान अफ दी म्याच भए भने पहिलो खेलको म्यान अफ दी म्याच ३ नम्वर युवा क्लवका गोल किपर सुभल दंगाल भए ।

२१ टिम सहभागिता नकआउट फुटबल प्रतियोगिता शक्तिश्वरी युवा क्लब हेटौँडा–१७, चुरियामाई–भोर्ले कमानेले आयोजना गरेको हो । प्रतियोगिता अन्तरगत भोली(बिहीबार) पनि दुई खेल हुने आयोजक शक्तिश्वरी युवा क्लबका सचिव कुमार रुम्बाले जानकारी दिनुभयो ।पहिलो खेलमा न्यू युनिक युवा क्लव, हेटौँडा ८ बिरुद्ध नामटार युवा क्लव, नामटार र दोश्रो खेलमा बिजय युवा क्लव, ठुलोसुकौली बिरुद्ध युवा जागरण युवा क्लव, उत्तरपानी भिड्ने छन् ।प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो हुने टिमले शिल्ड, मेडल र प्रमाणपत्र सहित क्रमशः २५ हजार, १५ हजार र पाँच हजार रुपैँया पाउँनेछन् । त्यस्तै, प्रत्येक म्यान अफ दी म्याचले ट्रफी पाउँनेछन् भने उत्कृष्ट खेलाडी, किपर र सर्वाधिक गोलकर्ताले ट्रफी र प्रमाणपत्र पाउँने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा ऋद्धीसिद्धी सिमेन्ट उद्योग, हेटौँडा १७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पर्सा प्रहरीले कफ्र्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरे इसेवाले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधिको माग गर्यो अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकियो अवैध लागुऔषधसहित १७ जना पक्राउ प्रधानमन्त्री ओलीले तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरे रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता भक्तपुरको बिस्केट जात्राको अवसरमा आज हात नभएको लिङ्गो उठाइयो लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपियो शिक्षकहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरे सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना औंल्याए विपद्जन्य घटनामा एक वर्षमा ७४५ जनाको मृत्यु सुनको मूल्यमा नयाँ रेकर्ड यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष