२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

३ नम्बर र कालापानी युवा क्लब बिजयी

२०७३, १२ आश्विन बुधबार १४:२४

हेटौडा,१३ असोज

हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप अन्तरगत ३ नम्वर युवा क्लव, अम्लेखगञ्ज र कालापानी युवा क्लव हेटौँडा १६ बिजयी भएका छन् । आज(मंगलबार) भएको पहिलो खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि ट्राईब्रेकरमा ३ नम्वर युवा क्लवले नव बिहानी युवा क्लवलाई २ गोलका बिरुद्ध ४ गोल गरि बिजयी भएको हो । त्यस्तै, दोश्रो खेलमा कालापानी युवा क्लवले पशुपती युवा क्लव, एच्.आई.डी.लाई ० का बिरुद्ध १ गोल गर्दै बिजयी भएको हो । कालापानीका रबि थिङ्ग निर्धायक गोल गर्दै म्यान अफ दी म्याच भए भने पहिलो खेलको म्यान अफ दी म्याच ३ नम्वर युवा क्लवका गोल किपर सुभल दंगाल भए ।

२१ टिम सहभागिता नकआउट फुटबल प्रतियोगिता शक्तिश्वरी युवा क्लब हेटौँडा–१७, चुरियामाई–भोर्ले कमानेले आयोजना गरेको हो । प्रतियोगिता अन्तरगत भोली(बिहीबार) पनि दुई खेल हुने आयोजक शक्तिश्वरी युवा क्लबका सचिव कुमार रुम्बाले जानकारी दिनुभयो ।पहिलो खेलमा न्यू युनिक युवा क्लव, हेटौँडा ८ बिरुद्ध नामटार युवा क्लव, नामटार र दोश्रो खेलमा बिजय युवा क्लव, ठुलोसुकौली बिरुद्ध युवा जागरण युवा क्लव, उत्तरपानी भिड्ने छन् ।प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो हुने टिमले शिल्ड, मेडल र प्रमाणपत्र सहित क्रमशः २५ हजार, १५ हजार र पाँच हजार रुपैँया पाउँनेछन् । त्यस्तै, प्रत्येक म्यान अफ दी म्याचले ट्रफी पाउँनेछन् भने उत्कृष्ट खेलाडी, किपर र सर्वाधिक गोलकर्ताले ट्रफी र प्रमाणपत्र पाउँने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा ऋद्धीसिद्धी सिमेन्ट उद्योग, हेटौँडा १७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से