सन्तोषकुमार गुप्ता । असोज १५ देउखु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । असोज १५ देउखु"/>

२९ पुष २०८२, मंगलवार
कृषि गतिबिधी

पशुपंक्षी किसानहरु लागि ६ बुदे पशुपंक्षी विकास बार्षिक कार्ययोजना तयार

१५ आश्विन २०७३, शनिबार ०६:५१


सन्तोषकुमार गुप्ता । असोज १५ देउखुरी । देउखुरीको लालमटिया स्थीत स्वरोजगारी पशुपंक्षी विकास सहकारी संस्था मौरीघाटको शुक्रबार मौरीघाटमा बार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । सहकारी संस्थाका पशुपंक्षी पालक किसान शेयर सदस्यहरु संगको सुझाव लिई आगामी आर्थिक बर्ष २०७३÷०७४ का लागि प्रस्तावित बार्षिक कार्य योजना बनाई कार्यान्वयन गर्नका लागि गोष्ठी आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता एवम् कोपिला पशु आहारका सञ्चालक दिनेश डाँगीको प्रमुख आतिथ्यमा भएको गोष्ठीले सहकारी संस्थामा अगामी आर्थिक बर्ष २०७३÷०७४का लागि ६ बुदे बार्षिक कार्ययोजना समेत तयार पारेको छ । जस अनुसार ४ सय १६ जना किसानहरुलाई सहकारीमा प्रवेश गराई शेयर सदस्य बनाउने, सदस्यहरुको आवश्यकता, इच्छा, चाहाना अनुसार सेवा दिनका लागि पहल गर्ने, संस्थाले सञ्चालन गदै आएको पशुपंक्षी आहार सुन्तुलित दानाको कारोबारलाई निरन्तरता दिंदै थप प्रभावकारी तथा व्यवस्थीत गर्ने गाई भैसीको दुध बढाउन पिलेट दानाको व्यवस्था गर्ने, बाख्रा बंगुरका लागि सन्तुलित दानाको व्यवस्था गर्ने, सन्तुलित दानाको व्यवस्था गर्न ग्रेण्डर मेसिन खरिद गर्ने योजना बनाएको छ । त्यसैगरी गोष्ठीले पशुको  लागि मिनिरल ब्लक बनाउने र मिनिरल ब्लक बनाउन ग्रेण्डर मिक्चर मेसिनको व्यवस्था गर्ने, कुखुरा चल्लाका लागि दानाको व्यवस्था गर्ने, पशुपंक्षी एग्रोभेट फार्म सञ्चालनका लागि पहल गर्ने, दुध किने बेचको कारोबार तथा मासु उत्पादनका लागि तालिमको व्यवस्था गर्ने, गाईभैँसी, बाख्रा, बंगुर पालन व्यवसायका लागि नश्ल सुधार गराउनका लागि तालिमको व्यवस्था गर्ने बार्षिक योजना बनाएको छ । त्यसैगरी सहकारीले किसानहरुको माग तथा समस्यालाई मध्यनजर गरी किसानहरुको व्यवसायलाई थप व्यवस्थीत तथा प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंङ्क र महिला बित्तिय संस्थाहरुलाई थोक कर्जाका लागि पहल गर्ने, सहकारी संस्थाको पुँजी बृद्धिका लागि शेयर रकम बृद्धि गर्ने र संस्थाले रेमिटान्स सेवा शुरु गर्ने लगायतको बार्षिक योजना बनाएको छ । तयार पारिएको बार्षिक योजना संस्थाको असोज २१ गते हुन लागेको ८ औँ बार्षिक साधारणसभामा अनुमोदन गरी कार्यान्वयन गरिने बताईएको छ । 

संस्थाकी सहायक लेखापाल पद्मा खनालको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको गोष्ठीमा पत्रकार सन्तोषकुमार गुप्ता, पशुपालक किसानहरु शोभाराम चौधरी, तिलक अधिकारी, चिरञ्जवी खनाल, रबि कडेल, मता केसी, जेदुराम सुवेदी, हेमलाल सार्की र सन्तोष गिरी लगायतका बक्ताले सुझाव सहितको मन्तव्य व्यक्त गरेका थिए । लालमटिया, सिसहनियाँ गाविस भरिका ३० जना बढी पशुपालक किसानहरुको सहभागिता रहेको गोष्ठीको सहर्जीकरण संस्थाका व्यवस्थापक बालाराम कुमालले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव