सन्तोषकुमार गुप्ता । असोज १५ देउखु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । असोज १५ देउखु"/>

२०८२, २९ चैत्र आईतवार
कृषि गतिबिधी

पशुपंक्षी किसानहरु लागि ६ बुदे पशुपंक्षी विकास बार्षिक कार्ययोजना तयार

२०७३, १५ आश्विन शनिबार ०६:५१


सन्तोषकुमार गुप्ता । असोज १५ देउखुरी । देउखुरीको लालमटिया स्थीत स्वरोजगारी पशुपंक्षी विकास सहकारी संस्था मौरीघाटको शुक्रबार मौरीघाटमा बार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । सहकारी संस्थाका पशुपंक्षी पालक किसान शेयर सदस्यहरु संगको सुझाव लिई आगामी आर्थिक बर्ष २०७३÷०७४ का लागि प्रस्तावित बार्षिक कार्य योजना बनाई कार्यान्वयन गर्नका लागि गोष्ठी आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता एवम् कोपिला पशु आहारका सञ्चालक दिनेश डाँगीको प्रमुख आतिथ्यमा भएको गोष्ठीले सहकारी संस्थामा अगामी आर्थिक बर्ष २०७३÷०७४का लागि ६ बुदे बार्षिक कार्ययोजना समेत तयार पारेको छ । जस अनुसार ४ सय १६ जना किसानहरुलाई सहकारीमा प्रवेश गराई शेयर सदस्य बनाउने, सदस्यहरुको आवश्यकता, इच्छा, चाहाना अनुसार सेवा दिनका लागि पहल गर्ने, संस्थाले सञ्चालन गदै आएको पशुपंक्षी आहार सुन्तुलित दानाको कारोबारलाई निरन्तरता दिंदै थप प्रभावकारी तथा व्यवस्थीत गर्ने गाई भैसीको दुध बढाउन पिलेट दानाको व्यवस्था गर्ने, बाख्रा बंगुरका लागि सन्तुलित दानाको व्यवस्था गर्ने, सन्तुलित दानाको व्यवस्था गर्न ग्रेण्डर मेसिन खरिद गर्ने योजना बनाएको छ । त्यसैगरी गोष्ठीले पशुको  लागि मिनिरल ब्लक बनाउने र मिनिरल ब्लक बनाउन ग्रेण्डर मिक्चर मेसिनको व्यवस्था गर्ने, कुखुरा चल्लाका लागि दानाको व्यवस्था गर्ने, पशुपंक्षी एग्रोभेट फार्म सञ्चालनका लागि पहल गर्ने, दुध किने बेचको कारोबार तथा मासु उत्पादनका लागि तालिमको व्यवस्था गर्ने, गाईभैँसी, बाख्रा, बंगुर पालन व्यवसायका लागि नश्ल सुधार गराउनका लागि तालिमको व्यवस्था गर्ने बार्षिक योजना बनाएको छ । त्यसैगरी सहकारीले किसानहरुको माग तथा समस्यालाई मध्यनजर गरी किसानहरुको व्यवसायलाई थप व्यवस्थीत तथा प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंङ्क र महिला बित्तिय संस्थाहरुलाई थोक कर्जाका लागि पहल गर्ने, सहकारी संस्थाको पुँजी बृद्धिका लागि शेयर रकम बृद्धि गर्ने र संस्थाले रेमिटान्स सेवा शुरु गर्ने लगायतको बार्षिक योजना बनाएको छ । तयार पारिएको बार्षिक योजना संस्थाको असोज २१ गते हुन लागेको ८ औँ बार्षिक साधारणसभामा अनुमोदन गरी कार्यान्वयन गरिने बताईएको छ । 

संस्थाकी सहायक लेखापाल पद्मा खनालको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको गोष्ठीमा पत्रकार सन्तोषकुमार गुप्ता, पशुपालक किसानहरु शोभाराम चौधरी, तिलक अधिकारी, चिरञ्जवी खनाल, रबि कडेल, मता केसी, जेदुराम सुवेदी, हेमलाल सार्की र सन्तोष गिरी लगायतका बक्ताले सुझाव सहितको मन्तव्य व्यक्त गरेका थिए । लालमटिया, सिसहनियाँ गाविस भरिका ३० जना बढी पशुपालक किसानहरुको सहभागिता रहेको गोष्ठीको सहर्जीकरण संस्थाका व्यवस्थापक बालाराम कुमालले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से