३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विजयादशमी नजिकिए संगै डडेल्धुरा सदरमुकाममा खसीको व्यापारमा बृद्धी

१९ आश्विन २०७३, बुधबार १३:४०

धुर्ब बिष्ट /१९ असोज डडेल्धुरा –       विजयादशमी नजिकिँदै जाँदा सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र मानिने डडेल्धुरा सदरमुकाममा खसी व्यापार बृद्धी भएको छ । चाडपर्व नजिकिँदै जाँदा डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी क्षेत्रमा खसीको व्यापार निकै बढेको छ । दशैं लगायतका ठूला पर्वहरू नजिकिँदै गर्दा खसीको व्यापारमा ठूलो मात्रामा वृद्धि भएको व्यापारी तथा कृषकहरुले बताएका छन । चाडबाड लागे संगै मासुको बिक्रि बितरण पनि बढी हुने भएकाले अहिले ग्रामिण क्षेत्रबाट जिल्ला सदरमुकाममा दैनिक ३०–३५ खसी बोका भित्रइने गरेका छन । वर्षभरि खसीको व्यापारका लागि सङ्कट झेल्ने सुदूरपश्चिमका पहाडी क्षेत्रका कृषकहरूले अहिले चाडवाडमा सजिलै र भनेकै मूल्यमा खसी बेच्न पाइरहेका छन । यसले व्यावसायिक बाख्रापालकहरूलाई तथा खसी व्यापारीलाई राहत पुगेको छ । खसी बेच्न सदरमुकाम पुगेका किसानको अनुपातमा व्यापारीहरूको सङ्ख्या पनि उत्तिकै बढी हुने गरेको छ ।

        खसी खोज्दै क्रेताहरू घर–घरमै धाउन थालेको समेत मासु व्यवसायी सङ्घले जनाएको छ । केहीदिन अगाडिदेखि नै बढेको खसीको मागले हजारौ लाखौँको खसीको व्यापार भइरहेको बाख्रा व्यवसायीहरुले बताएका छन । व्यवसायिक बाख्रापालनमा आवद्ध तथा व्यापारीहरुले खसी–बोका बिक्रि गरी मनग्य आम्दानी गरिरहेका छन । व्यापारीहरुले खसीको आकार र वजन हेरी ८ हजारदेखि २० हजार रुपैयाँ सम्म भाउ लगाएको छ । गत वर्षको दसैंमा ५ हजारदेखि १५ हजार रुपैयाँ सम्मको मुल्यमा खसी बिक्री भएका थिए । महङ्गी बढे संगै मासुजन्य बस्तुहरुको पनि मुल्य बढाइएको कृषकहरुको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पर्सा प्रहरीले कफ्र्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरे इसेवाले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधिको माग गर्यो अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकियो अवैध लागुऔषधसहित १७ जना पक्राउ प्रधानमन्त्री ओलीले तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरे रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता भक्तपुरको बिस्केट जात्राको अवसरमा आज हात नभएको लिङ्गो उठाइयो लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपियो शिक्षकहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरे सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना औंल्याए विपद्जन्य घटनामा एक वर्षमा ७४५ जनाको मृत्यु सुनको मूल्यमा नयाँ रेकर्ड यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष