ललित बोहरा/२१ असोज डडेल्धुरा - डडेल्धुरा जिल्लामा स्वास्थ्य परिक्षण नगरी मासु जन्य पशु पंक्षी खरीद  बिक्रि भईरहेका छन् । मासुको प्रयोजनका लागि खरीद बिक्रि हुने  पशु पंक्षीको  स्वास्थ्य परिक्षण गरिनु पर्ने भए पनि डडेल्धुरा जिल्लामा भने त्यसो नगरीएको पाइ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/२१ असोज डडेल्धुरा - डडेल्धुरा जिल्लामा स्वास्थ्य परिक्षण नगरी मासु जन्य पशु पंक्षी खरीद  बिक्रि भईरहेका छन् । मासुको प्रयोजनका लागि खरीद बिक्रि हुने  पशु पंक्षीको  स्वास्थ्य परिक्षण गरिनु पर्ने भए पनि डडेल्धुरा जिल्लामा भने त्यसो नगरीएको पाइ"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

स्वास्थ्य परिक्षण नगरी मासु जन्य पशु पंक्षी विक्रि हुँदै्

२०७३, २१ आश्विन शुक्रबार ०३:४९

ललित बोहरा/२१ असोज डडेल्धुरा – डडेल्धुरा जिल्लामा स्वास्थ्य परिक्षण नगरी मासु जन्य पशु पंक्षी खरीद  बिक्रि भईरहेका छन् । मासुको प्रयोजनका लागि खरीद बिक्रि हुने  पशु पंक्षीको  स्वास्थ्य परिक्षण गरिनु पर्ने भए पनि डडेल्धुरा जिल्लामा भने त्यसो नगरीएको पाइएको छ । डडेल्धुरा सदरमुकाम क्षेत्रमा स्वास्थ्य परिक्षण नगरी बध गरेका खसी बोकाको मासु बिक्रि भईरहेको छ । दशैको समयमा ग्रामिण क्षेत्रवाट सदरमुकाम क्षेत्रमा ल्याइएका खसी बोका स्वास्थ्य परिक्षण नगरी बिक्रि भईरहेका छन् । सदरमुकाममा रहेको बध सालामा समेत स्वास्थ्य परिक्षण नगरी बध गरेका खसी बोकाको मासु बिक्रि हुने गरेको छ । अमरगढी नगरपालीका र जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले स्वास्थ्य परिक्षणका लागि कुनै पहल नगरेको मासु बिक्रेताहरुले बताएका छन् ।

डडेल्धुरा जिल्ला बाहिर जाने खसी बोका र राँगा सहित कुखुराको स्वास्थ्य परिक्षण गरिने गरेको भए पनि डडेल्धुरा भित्रमा भने हाल सम्म स्वास्थ्य परिक्षण नगरेको जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले जनाएको छ । ..यता अमरगढी नगरपालीका डडेल्धुराले मासु प्रयोजनका पशु पंक्षीको स्वास्थ्य परिक्षणका लागि पटक पटक पत्राचार गरेको भए पनि पशु सेवा कार्यालय डडेल्धुराले कुनै पनि कारबाही अगाढी नबढाएको बताएको छ । दशैको समयमा मासुको अत्याधिक माँग हुने भएकाले रोगीे पशु पक्षीको मासु बिक्रि हुन सक्ने भन्दै स्वास्थ्य परिक्षण गरेर मात्रै बिक्रि बितरण गर्न दिन आम उपभोक्ताको माग छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा