ललित बोहरा/२१ असोज डडेल्धुरा - डडेल्धुरा जिल्लामा स्वास्थ्य परिक्षण नगरी मासु जन्य पशु पंक्षी खरीद  बिक्रि भईरहेका छन् । मासुको प्रयोजनका लागि खरीद बिक्रि हुने  पशु पंक्षीको  स्वास्थ्य परिक्षण गरिनु पर्ने भए पनि डडेल्धुरा जिल्लामा भने त्यसो नगरीएको पाइ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/२१ असोज डडेल्धुरा - डडेल्धुरा जिल्लामा स्वास्थ्य परिक्षण नगरी मासु जन्य पशु पंक्षी खरीद  बिक्रि भईरहेका छन् । मासुको प्रयोजनका लागि खरीद बिक्रि हुने  पशु पंक्षीको  स्वास्थ्य परिक्षण गरिनु पर्ने भए पनि डडेल्धुरा जिल्लामा भने त्यसो नगरीएको पाइ"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

स्वास्थ्य परिक्षण नगरी मासु जन्य पशु पंक्षी विक्रि हुँदै्

२१ आश्विन २०७३, शुक्रबार ०३:४९

ललित बोहरा/२१ असोज डडेल्धुरा – डडेल्धुरा जिल्लामा स्वास्थ्य परिक्षण नगरी मासु जन्य पशु पंक्षी खरीद  बिक्रि भईरहेका छन् । मासुको प्रयोजनका लागि खरीद बिक्रि हुने  पशु पंक्षीको  स्वास्थ्य परिक्षण गरिनु पर्ने भए पनि डडेल्धुरा जिल्लामा भने त्यसो नगरीएको पाइएको छ । डडेल्धुरा सदरमुकाम क्षेत्रमा स्वास्थ्य परिक्षण नगरी बध गरेका खसी बोकाको मासु बिक्रि भईरहेको छ । दशैको समयमा ग्रामिण क्षेत्रवाट सदरमुकाम क्षेत्रमा ल्याइएका खसी बोका स्वास्थ्य परिक्षण नगरी बिक्रि भईरहेका छन् । सदरमुकाममा रहेको बध सालामा समेत स्वास्थ्य परिक्षण नगरी बध गरेका खसी बोकाको मासु बिक्रि हुने गरेको छ । अमरगढी नगरपालीका र जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले स्वास्थ्य परिक्षणका लागि कुनै पहल नगरेको मासु बिक्रेताहरुले बताएका छन् ।

डडेल्धुरा जिल्ला बाहिर जाने खसी बोका र राँगा सहित कुखुराको स्वास्थ्य परिक्षण गरिने गरेको भए पनि डडेल्धुरा भित्रमा भने हाल सम्म स्वास्थ्य परिक्षण नगरेको जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले जनाएको छ । ..यता अमरगढी नगरपालीका डडेल्धुराले मासु प्रयोजनका पशु पंक्षीको स्वास्थ्य परिक्षणका लागि पटक पटक पत्राचार गरेको भए पनि पशु सेवा कार्यालय डडेल्धुराले कुनै पनि कारबाही अगाढी नबढाएको बताएको छ । दशैको समयमा मासुको अत्याधिक माँग हुने भएकाले रोगीे पशु पक्षीको मासु बिक्रि हुन सक्ने भन्दै स्वास्थ्य परिक्षण गरेर मात्रै बिक्रि बितरण गर्न दिन आम उपभोक्ताको माग छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान