कात्तिक ४, नवलपरासी ।  आधुनिक यन्त्रहरुवाट गँहु र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित भएका छन् । अन्तराष्ट्रिय मकै तथा गँहु बाली सुधार केन्द्रद्धारा सञ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ४, नवलपरासी ।  आधुनिक यन्त्रहरुवाट गँहु र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित भएका छन् । अन्तराष्ट्रिय मकै तथा गँहु बाली सुधार केन्द्रद्धारा सञ्"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मेसिनवाट गँहु र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित

४ कार्तिक २०७३, बिहीबार १३:१६

कात्तिक ४, नवलपरासी ।  आधुनिक यन्त्रहरुवाट गँहु र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित भएका छन् । अन्तराष्ट्रिय मकै तथा गँहु बाली सुधार केन्द्रद्धारा सञ्चालित दक्षिण एशियामा अन्नबाली सुधारका लागि पहल (सिसा) परियोजनाको प्राविधिक सहयोग पाएपछि किसानहरु आकर्षित भएका हुन् । उक्त परियोजना लुम्बिनि अञ्चलको नवलपरासी , रुपन्देही र कपिलबस्तुमा सञ्चालित रहेको परियोजनाका बाली विशेषज्ञ शालिन आचार्यले बताउनु भयो ।

यन्त्रहरुवाट गँहु र मुुसुरो छर्दा उत्पादन करिब बराबर भएपनि मेसिनले छर्दा लागत कम लाग्ने भएकाले बढि फाईदा हुने किसानहरुले बताएका छन् । बाझों खेतमा सिड ड्रिलवाट लगाईएको गँहुमा सिँचाईपनि कम हुने र जोत्न पनि नपर्ने भएकाले लागतमा कमि हुने किसानहरुको भनाई छ ।

बैज्ञानिक तरिकाले मेसिनवाट गँहु र मसुरो छर्ने सेवा प्रदायक किसानहरुको आज जिल्ला केषि विकास कार्यालय नवलपरासीमा भएको भेलामा किसानहरुले आधुनिक मेसिनको प्रयोगकोे सहजता र उपलब्धी बारेमा खुसी ब्यक्त गरेका थिए भने परियोजनाका बाली विशेषज्ञ आचार्यले सहजीकरण गर्नु भएको थियो । भेलामा कृषि यन्त्रीकरण र क्षेत्रफल बिस्तार , उत्पादन बढाउनका लागि प्राविधिक विकास र विस्तार , गँहु तथा मुसुरो छर्ने बारे योजना तर्जुमा , लगायतका विषयमा बृहत छलफल गरेका छन् ।

 गत वर्षहरुमा मेसिनवाट गँहु र मुसुरो छर्ने किसानहरु कम भएपनि अब यस प्रति किसानहरु आकर्षित भएपछि सेवा प्रदायक किसानहरु यो बर्ष धेरै किसानहरुलाई सेवा दिने र यस्को फाईदा बारे जानकारी समेत गराउने भएका छन् । यो बर्ष नवलपरासीमा करिब ५० विघा भन्दा बढि जग्गामा मेसिनवाट गँहु र मुसुरो छरि खेति गरिने भएको सिसा परियोजनाका सहजकर्ता आचार्यले बताउनु भयो । गँहु कात्र्तिकको अन्तिम हप्ता देखि मंसिरको दोस्रो हप्तासम्म छर्दा उत्पादनमा राम्रो हुने परियोजनाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता