८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरामा उत्पादित बिउको मुल्य निर्धारण, उत्लादन झण्डै दोब्बरले बृद्धि गर्ने लक्ष्य

४ कार्तिक २०७३, बिहीबार १७:०९

पुस्कर भण्डारी/कार्तिक ४, डडेल्धुरा | डडेल्धुरामा उत्पादन गरिने कृषि अन्नवालीको बिउको मुल्य निर्धारण गरिएको छ । बिउ व्यवसायी तथा उत्पादक बीच बजार व्यवस्थापन सम्बन्धि बिहीबार गरिएको अन्तरक्रिया गोष्ठिले बिउको मुल्य निर्धारण गरेको हो । डडेल्धुरामा उत्पादित सिमी प्रति किलो मुल्य १ सय ६० रुपैया, भिण्डी १ सय २० रुपैया, बोडी २ सय रुपैया, केराउ १ सय २०, मुला २ सय १०, चम्सुर १ सय ५०, रायो, पालुंगो, धनिया र स्विसचार्ड २ सय रुपैया, सलगम २ सय ५० रुपैया,  प्याज स्थानिय १३ सय रुपैया र मेथी १ सय ५० रुपैया प्रतिकिलो ग्राम कृषकहरुबाट व्यवसायीहरुले खरिद गर्ने गरि मुल्य तोकिएको छ । पुरानो मुल्य भन्दा नँया मुल्य ६ बढीले बृद्धि गरिएको छ । 

बजार मागलाई मध्य नजर गर्दै यो बर्ष सिमी २० हजार किलो, भिण्डी ५ सय, बोडी १ सय, केराउ १५ हजार मुला ७ हजार, चम्सुर २ हजार, रायो १ हजार, पालुंगो २ हजार, धनिया ५ सय, सलगम १ सय, प्याज ५ सय, स्विसचार्ड १ सय र मेथी ५ सय किलोग्राम उत्पादन गर्ने लक्ष्य लिईएको छ । यो गत बर्ष भन्दा भण्डै दोब्बरले बढी बृद्धि हो । 

डडेल्धुरामा उत्पादन गरिने बिउको बजारमाग निकै बढी भए पनि पुर्ती गर्न नसकिएको अन्तरक्रिया गोष्ठिमा जानकारी गराईएको थियो । जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले आयोजना गरेको गोष्ठिमा बिउको उत्पादन बढाउन कृषकले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्ने औल्याईएको छ । बिउ राम्रो भए उत्पादन १५ देखि २० प्रतिशत सम्म बृद्धि हुने गरेको वरिष्ठ कृषि विकास आधिकृत दिलबहादुर बिष्टले बताएका थिए । गत बर्ष डडेल्धुराबाट लगभग ५२ टन बिउ निर्यात गरिएको थियो । बिउको बजारमाग अझै यो भन्दा दोब्बरले बढी रहेको डडेल्धुरा कृषक शहकारी सस्था प्रबन्धक चन्द्र ओझाले गोष्ठिमा जानकारी गराए । गोष्ठिमा तरकारी बिउ विजन केन्द्र जनोगबुढा प्रमुख ताराप्रशाद भण्डारीले मिसावट रहित बिउ उत्पादन गर्न सके डडेल्धुरालाई बिउ उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने बताउदै कृषकहरुले बिउ उत्पादनबाट मनग्य आमदानी गर्न सक्ने जनाएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता