कार्तिक /७ डडेल्धुरा । डडेल्धुराका किसानलाई आज भोलि गहु बाली लगाउनमा चटारो शुरु भएको छ । डडेलधुरामा यो वर्ष असोज महिनाको अन्तिम साता सम्म धान र मकै भित्र्याई सकेकाले किसानहरुलाई गहु बाली लगाउन चटारो भएको हो । पछिल्लो समयमा वर्षा भएकाले यो बर्ष पाखो जमिनमा समेत यहाँका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक /७ डडेल्धुरा । डडेल्धुराका किसानलाई आज भोलि गहु बाली लगाउनमा चटारो शुरु भएको छ । डडेलधुरामा यो वर्ष असोज महिनाको अन्तिम साता सम्म धान र मकै भित्र्याई सकेकाले किसानहरुलाई गहु बाली लगाउन चटारो भएको हो । पछिल्लो समयमा वर्षा भएकाले यो बर्ष पाखो जमिनमा समेत यहाँका"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराका किसानलाई गहु बाली लगाउन चटारो

७ कार्तिक २०७३, आईतवार १६:४९

कार्तिक /७ डडेल्धुरा । डडेल्धुराका किसानलाई आज भोलि गहु बाली लगाउनमा चटारो शुरु भएको छ । डडेलधुरामा यो वर्ष असोज महिनाको अन्तिम साता सम्म धान र मकै भित्र्याई सकेकाले किसानहरुलाई गहु बाली लगाउन चटारो भएको हो । पछिल्लो समयमा वर्षा भएकाले यो बर्ष पाखो जमिनमा समेत यहाँका किसानहरु गहु बाली लगाउन थालेका छन् । जिल्ला कृषि विकास कार्यालय डडेल्धुरामा ५० प्रतिशत रकम अनुदानमा उन्नत जातको गहुको विउ वितरण गर्न शुरु गरेको छ । जिल्ला भरीमा ३५ हेक्टर क्षेत्रफलमा गहुको बिउ उत्पादनका लागि मुल बिउ र ८३ हेक्टर क्षेत्रफलका लागि विभिन्न जातका उन्नत गहुको विउ वितरण गरीरहेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका प्रा.स केशव पाण्डेयले बताएका छन्  । गत बर्ष  गहुको बिउ निःशुल्क वितरण गर्दा दुरुपयोग भएको भन्दै यो वर्ष ५० प्रतिशत रकम अनुदानमा  जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले बिउ वितरण गरिरहेको छ । यो बिउ थोरै भएको समेत वितरणमा समस्या भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरा जिल्लामा ८ हजार ७ सय १२ हेक्टर क्षेत्रफलमा गहु खेती गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता