डडेल्धुरा कर्तिक १२  । डडेल्धुरा जिल्लाका दुई हजार ८५ बढी शारिरिक अपाङ्गता भएकाहरु मध्ये सेवामा पहुँच २० प्रतिशत व्यक्तिहरुको मात्रै रहेको पाइएको छ । सन २०१३ को तथ्याङ्क अनुसार शारीरिक अपाङ्गता भएकाहरु दुई हजार ८५ मध्ये अहिले सम्ममा २० प्रतिशत व्यक्तिहरुको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डडेल्धुरा कर्तिक १२  । डडेल्धुरा जिल्लाका दुई हजार ८५ बढी शारिरिक अपाङ्गता भएकाहरु मध्ये सेवामा पहुँच २० प्रतिशत व्यक्तिहरुको मात्रै रहेको पाइएको छ । सन २०१३ को तथ्याङ्क अनुसार शारीरिक अपाङ्गता भएकाहरु दुई हजार ८५ मध्ये अहिले सम्ममा २० प्रतिशत व्यक्तिहरुको "/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरामा शारिरिक अपाङ्गता भएका २० प्रतिशतको मात्रै सेवामा पहुँच

१२ कार्तिक २०७३, शुक्रबार १३:००

डडेल्धुरा कर्तिक १२  । डडेल्धुरा जिल्लाका दुई हजार ८५ बढी शारिरिक अपाङ्गता भएकाहरु मध्ये सेवामा पहुँच २० प्रतिशत व्यक्तिहरुको मात्रै रहेको पाइएको छ । सन २०१३ को तथ्याङ्क अनुसार शारीरिक अपाङ्गता भएकाहरु दुई हजार ८५ मध्ये अहिले सम्ममा २० प्रतिशत व्यक्तिहरुको मात्रै सेवामा पहुँच रहेको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ एनएनएसडब्लुएले जनाएको छ । शुक्रबार प्रशासन कार्यालय डडेल्धुरामा सरोकारवालाहरु संग गरेको छलफलका क्रममा एनएनएसडब्लुएले डडेल्धुरामा रहेका दुई हजार ८५ बढी शारिरिक अपाङ्गता भएकाहरुको सेवामा पहुँच पु¥याउन शिविर सञ्चालन गर्ने तयारी गरेको छ । सुदुरपश्चिमका नौ वटा जिल्लामा अपाङ्गता भएकाहरुको सेवामा काम गर्दै आएको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ एनएनएसडब्लुए कञ्चनपुरले अबको डेढ महिना भित्र डडेल्धुरामा शारिरिक अपाङ्गता भएकाहरुको उपचारका लागी एक दिने निःशुल्क शिविर सञ्चालन गर्ने जनाएको छ । दलित, अपाङ्गता, पिछडिएका वर्गको हक अधिकारका लागी काम गर्दै आएको एनएनएसडब्लुएले डडेल्धुरामा अपाङ्गता भएका मध्ये २० प्रतिशतको मात्रै सेवामा पहँुच भएको जनाउदै सन २०१८ सम्ममा ५० प्रतिशत पु¥याउने लक्ष्य लिएको संस्थाका कार्यकारी निर्देशक अशोकबिक्रम जैरुले बताएका छन । अमरगढी नगरपालिका भित्र मात्रै शारिरिक अपाङ्गता भएका व्यक्तिको संख्या दुई सय २७ छ ।

    यो डडेल्धुरा जिल्ला भरिकै उच्च शारिरिक अपाङ्गता भएको क्षेत्रको रुपमा लिईएको छ  । १८ गाविस मध्ये आलितालमा मात्रै दुई सय २४ जना शारिरिक अपाङ्गता भएका छन । परशुराम नगरपालिका, आलिताल डडेल्धुराको अन्य क्षेत्र भन्दा बढि शारिरिक अपाङ्गता भएका नागरिक छन । जोगबुढा क्षेत्रमा दुई बर्ष पहिले शिविर सञ्चालन गरिएकाले सम्पुर्ण ग्रामिण क्षेत्रमा रहेका अपाङ्गता भएकाहरुको सेवामा पहुँच पु¥याउन अबको डेढ महिना भित्र बेलापुर गाविसको शेरीमा शिविरको आयोजना गर्ने प्रशासन कार्यालयमा सरोकारवालाहरु संग शुक्रबार गरिएको अन्तरक्रियाले निर्णय गरेको छ । बेलापुर, नवदुर्गा, मणिलेक र कोटेली गाविसमा रहेका तिन सय ३१ शारिरिक अपाङ्गता भएकाहरुको उपचार एवम सेवामा पहुँच पु¥याउन बेलापुर गाविसको शेरीमा शिविरको आयोजना गरिने छ । डडेल्धुरामा रहेका शारिरिक अपाङ्गता भएकाहरुको निःशुल्क उपचारका लागी शिविर बस्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता