९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नवलपरासीको कोल्हुवामा गायिका अन्जु पन्त र संगीतकार अर्जुन पोख्रेलको प्रस्तुती

१४ कार्तिक २०७३, आईतवार १२:१६

कार्तिक, नवलपरासी । गायिका अन्जु पन्त निकै सुमधुर स्वरकि धनी गायिका हुन् । उनी गायिका अधिकांश गीतहरु हिट हुन् गर्दछन् । साथै नेपाली गीतसंगीतको क्षेत्रमा उनले स्वर दिएका हजारौं गीतहरु मध्ये सयौं गीतहरु निकै हिट पनि छन् । 


यसैक्रममा गायिका अन्जु पन्त शनिबार (कार्तिक १३ गते) नवलपरासीको कोल्हुवाको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीता कार्यक्रममा सहभागी भइन् । बिहान ११ बजेदेखी शुरु भएको कार्यक्रममा कार्यक्रमका अन्यतिर देखिएकी अन्जु करिब साँझ तिर आफ्नो प्रस्तुती दिन स्टेजमा चढिन् । 


राती ८ बजेसम्म भएको कार्यक्रममा अन्जुले लगभग आधा घण्टाको प्रस्तुती दिइन् । त्यो समयमा नवलपरासीका दर्शकहरु अन्जु पन्तको गीतहरुबाट निकै नै मनोरन्जन लिइरहेका थिए । जब अन्जु पन्तले पहिलो गीतको रुपमा तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस् बोलको गीत गाइन् दर्शकहरुले हल्लाको बाढि नै बर्साए । 



साथै दोस्रो गीतको रुपमा तिर्खा लायो पानी खाइन् गीत गाउँदा पनि उनको प्रस्तुतीमा दर्शक उत्तिकै रुपमा मनोरन्जन लिइरहेका थिए । साथै अन्तिम गीतको रुपमा गायिका अन्जु पन्तले संगीतकार अर्जुन पोख्रेललाई स्टेजमा सँगै गीत गाउनका लागी आग्रह गर्दै निमन्त्रणा गरीन् र दुबै जनाले मैले तिमीलाई मन पराको अवस्था हो भन्दै गीत गाइन् । त्यो बेलामा दर्शकमा अझ उत्साह देखिन्थ्यो । राती भइसकेको भएता पनि दर्शकहरुमा वान्समोर आइरहेको थियो । 



नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवामा कार्तिक १ गते देखी १३ गतेसम्म सञ्चालित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्वाइज युनियनले कब्जा गरेको थियो । सोहि कार्यक्रममा राष्ट्रियस्तरका बिभिन्न कलाकारहरुको उपस्थिती थियो । 


संरक्षणका लागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेलमा व्वाईज युनियन काठमण्डौले संकटालाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता