पुस्कर भण्डारी /डडेल्धुरा कार्तिक १९  । समयमा बिउको माग नगर्दा डडेल्धुराका कृषकहरुले कृषि विकास कार्यालयबाट गहुको बिउ पाउन सकेका छैन्न । कृषि विकास कार्यालय डडेल्धुराले कृषकलाई आह्वान गरेको बिउ माग समयमा माग नगरिदा अझै कतिपय कृषकलाई गहुको बिउ आवश्यक रहेको छ । कृ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस्कर भण्डारी /डडेल्धुरा कार्तिक १९  । समयमा बिउको माग नगर्दा डडेल्धुराका कृषकहरुले कृषि विकास कार्यालयबाट गहुको बिउ पाउन सकेका छैन्न । कृषि विकास कार्यालय डडेल्धुराले कृषकलाई आह्वान गरेको बिउ माग समयमा माग नगरिदा अझै कतिपय कृषकलाई गहुको बिउ आवश्यक रहेको छ । कृ"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषि विकास कार्यालयले लक्ष्य अनुसार गहुको बिउ वितरण ग¥यो, कृषकको माग पुर्ती भएन

१९ कार्तिक २०७३, शुक्रबार १३:०२

पुस्कर भण्डारी /डडेल्धुरा कार्तिक १९  । समयमा बिउको माग नगर्दा डडेल्धुराका कृषकहरुले कृषि विकास कार्यालयबाट गहुको बिउ पाउन सकेका छैन्न । कृषि विकास कार्यालय डडेल्धुराले कृषकलाई आह्वान गरेको बिउ माग समयमा माग नगरिदा अझै कतिपय कृषकलाई गहुको बिउ आवश्यक रहेको छ । कृषि विकास कार्यालय डडेल्धुराले भने लक्ष अनुरुप १० टन र थप दुई टन गरि कुल १२ टन गहुको बिउ यस बर्ष कृषकलाई वितरण गरि सकेको छ । दुई टन बिउ बिज बृद्धिका लागाी कृषकलाई वितरण गरिएको हो । डडेल्धुरामा कुल आठ हजार हेक्टर क्षेत्रफलमा गहु खेती गरिन्छ । प्राबिधिक दृष्टिकोणले वितरण गरिएको गहुको बिउ एक सय हेक्टर क्षेत्रफलमा मात्र लगाउन सकिने छ ।  

कृषकहरुले शुरुमा माग नगरेका कारण अहिले बिउको समस्या उत्पन्न भएको हो । डडेल्धुराको तल्लो भेग आलितालल जोगबुढा, नवदुर्गा लगायतका स्थानमा गहुको बिउ वितरण गरि सकिएको छ । मध्य पाहाडी क्षेत्र र तल्लो भेगमा उत्पादन हुने गहुको बिउ माग अनुसार पनि नपाईएका कारण कृषकलाई बिउ अपुग भएको हो । डडेल्धुराको मध्य पाहाडी भेग अमरगढी नगरपालिका, असिग्राम लगायत आसपासका क्षेत्रमा हुने धौलागिरी, अन्नपुर्ण चार लगायतका गहुका बिउ पाउन नसक्दा अभाव खड्गीएको कृषि विकास कार्यालयका योजना अधिकृत सन्तोष पौडेलले बताएका छन । मध्ये पाहाडमा लगाईने गहु बालिको बिउ नै अभाव रहेको छ । र यस बर्षको कृषि विकास कार्यालयको लक्ष्य अनुसार गहुको बिउ वितरण भई सकेकाले वितरण पश्चात कृषकले माग गरेको गहुको विउ वितरण गर्न नसकिने योजना अधिकृत तथा सुचना अधिकारी सन्तोष पौडेलले जानकारी दिएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य