जनक ऐडी/२६कार्तिक डडेल्धुरा । डडेल्धुराको चिपुर–९ भड्याडीमा उत्पादन हुने तरकारीले बजार पाएको छैन । चिपुर गाविसकै सबैभन्दा बढी तरकारी उत्पादन हुने भड्याडीमा सडक नहुँदा यहाँका किसानले बजार नपाएका हुन । सडक नहुँदा यहाँ उत्पादन हुने फलफुलले समेत बजार पाउन सकेको छैन । भड्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जनक ऐडी/२६कार्तिक डडेल्धुरा । डडेल्धुराको चिपुर–९ भड्याडीमा उत्पादन हुने तरकारीले बजार पाएको छैन । चिपुर गाविसकै सबैभन्दा बढी तरकारी उत्पादन हुने भड्याडीमा सडक नहुँदा यहाँका किसानले बजार नपाएका हुन । सडक नहुँदा यहाँ उत्पादन हुने फलफुलले समेत बजार पाउन सकेको छैन । भड्"/>
११ बैशाख २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सडक नहुँदा तरकारीले बजार पाएन

२६ कार्तिक २०७३, शुक्रबार १६:३९

जनक ऐडी/२६कार्तिक डडेल्धुरा । डडेल्धुराको चिपुर–९ भड्याडीमा उत्पादन हुने तरकारीले बजार पाएको छैन । चिपुर गाविसकै सबैभन्दा बढी तरकारी उत्पादन हुने भड्याडीमा सडक नहुँदा यहाँका किसानले बजार नपाएका हुन । सडक नहुँदा यहाँ उत्पादन हुने फलफुलले समेत बजार पाउन सकेको छैन । भड्याडी गोगनखोलामा झण्डै १०० रोपनीमा लागाईको मौसमले बजार पाउन सकेको छैन । आफ्नो बारीमा फलेको मौसमले बजार नपाउँदा धेरै आर्थिक क्षती सहनु परेको कृषक टेकबहादुर ऐडीले बताए । फलेका मौसम बारीमै कुहिने गरेको उनले बताए । भड्याडीमा सडक पु¥याउन सके यस क्षेत्रको कायापलट हुन सक्ने अगुवा कृषक उद्धव बहादुर ऐडीले बताए । सडक नहुँदा यहाँका कृषकहरुको आयस्तर बढन नसकेको उनले बताए । स्रोत साधन पर्याप्त रुपमा हुँदा हुँदै पनि सडक सञ्जाल संग जोडिन नपाउँदा आर्थिक अभाव झेल्नपरेको अर्का कृषक अर्जुन ऐडीले बताए । उत्पादन भएको तरकारी बजार सम्म पु¥याउन नपाउँदा आर्थिक रुपमा क्षती त भएको छ नै तर पछिल्ला केहि बर्ष यता जंगली जनावरहरुले तरकारीखेती नै सखाप पार्ने गरेको यूवा कृषक लोकेन्द्र ऐडीले बताए ।

    पछिल्ला केहि बर्षयता पानीको स्रोतमा समेत कमी भएकाले तरकारी उत्पादनमा चुनौती थपिएको उनले बताए । आधुनिक कृषि खेतीमा जोडिन नपाउँदा कृषि पेशाबाट पलायन हुनुपर्ने अवस्था सृजना भएको उनले बताए । भड्याडीमात्रै होईन आपसापका गाउँहरुमा उत्पादन हुने तरकारीजन्य बस्तुहरुलदे समेत बजार पाउन सकिरहेको छैन । भुल्कुडामा उत्पादन हुने चोतो बारीमै कुहिने गरेको छ । हरियो साग र अचारका लागि उपयुक्त रहेको चोतो बारीमै कुहिने गरेको छ । बिक्री नभएपछि गाईबस्तुलाई घाँसको रुपमा बस्तुभाउलाई खुवाउने गरिएको छ । भुल्कुडामा उत्पादन हुने ओखरले बजार पाउन सकेको छैन । स्थानीय ब्यपारीहरुसंग सस्तो मुल्यमा ओखर बेच्न बाध्य छन् । कृषि जन्यबस्तुले मुल्य र बजार नपाउदा कृष पेशामा यूवाहरुको पनि कम चासो छ । कृषि भन्दा मुग्लानतीर जानेको संख्यामा बृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने आगामी बजेट : ‘जनताको अपेक्षाअनुसार विकास गर्न सकेनौँ, सांसद विकास कोष चाहिन्छ’ मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट बसको ठक्करबाट एक वृद्धाको मृत्यु रास्वपाले संसदीय दलको बैठक बोलायो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता पाथीभरा क्षेत्र विकास समिति सम्मानित नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि… ‘जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ’ सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक निजामती विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन प्रधानमन्त्रसँग भारतीय विद्युत्मन्त्रीको भेट तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरियो