९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीका तीनजना कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार

२९ कार्तिक २०७३, सोमबार ०६:५८

कात्तिक २९, अर्घाखाँची । जिल्लाका तीन कृषकले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । विश्व खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालयले आज यहाँ आयोजित कार्यक्रममा ती कृषकलाई सो पुरस्कार प्रदान गरेको हो ।

स्थानीय विकास अधिकारी लक्ष्मी पाँडे गौतम, सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर भुसाल, वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेललले पोखराथोकका अच्युत गौतम, धारापानीका भेषबहादुर नेपाली र अडगुरीका ताराप्रसाद न्यौपानेलाई रु १० हजार राशि सहित सम्मानपत्र प्रदान गर्नुभएको थियो । 

आचार्यलाई उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार 

अर्घाखाँचीमा रही कृषि क्षेत्र र यसको विकासका लागि उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार प्रेमनारायण आचार्यलाई कृषि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 

कृषि क्षेत्रको समाचार प्रकाशन तथा प्रसारण उल्लेखनीय योगदानपु¥याएबापत उहाँलाई रु पाँच हजारसहित सम्मानपत्र प्रदान गरिएको हो । 

जिल्लामा रही विगत १० वर्षदेखि आचार्यले पत्रकारिता  गर्दै आउनुभएका आचार्यले बढ्दो विदेश पलायनलाई रोक्न पत्रकारितामार्फत निर्बाह गर्नुभएको भूमिकालाई महत्वपूर्ण मानिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो