२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका तीन कृषकलाई उत्कृष्ट राष्ट्रपति पुरस्कार

१ मंसिर २०७३, बुधबार ०३:३८

मङ्सिर १, कञ्चनपुर । जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट ३६ औँ विश्व खाद्य दिवसको अवसर पारी मङ्गलबार पुरस्कृत गरेको छ । 

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा रहेको कृषि सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरी तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरिएको हो । 

पुरस्कृत हुनेमा बेलौरी नगरपालिका–२ का माछापालक कृषक वन्धुराम चौधरी, कृष्णपुर नगरपालिका–९ का तरकारी कृषक हरिराम चौधरी र वेदकोट नगरपालिका–९ का कुखुरापालक कृषक अम्वादत्त अवस्थी रहेका छन् । 

पुरस्कृत हुने तीनैजना कृषकलाई जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले नगद रु १० हजार र प्रमाणपत्रसहित कार्यक्रममा पुरस्कृत गर्नुभएको थियो । 

यसैबीच, ३६औँ विश्व खाद्य दिवसको अवसरमा ‘भइरहेछ जलवायु परिवर्तन, गर्नुछ खाद्य र कृषिमा अनुकूलन’ भन्ने जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा प्रथम हुने महेन्द्रनगर मावि, महेन्द्रनगरका मोहितसिंह कार्कीलाई रु दुई हजार, द्वितीय हुने उदयदेव मावि, महेन्द्रनगरका पूर्णिमा जोशीलाई रु एक हजार ५००, तृतीय हुने वेस्ट प्वाइन्ट मावि, झलारीका जीवन भट्टलाई रु एक हजार नगद पुरुस्कार प्रदान गरिएको थियो । 

प्रतियोगितामा सहभागी सिद्धनाथ मावि, बडैपुरका छात्रा भागिरथी ठगुन्नालाई रु ८०० सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान