पर्वतका कृषकहरुलाई जमिन वाँझो नराखौँ भन्ने चेतनामुलक सन्देश घरघरमा पु¥याउन थालिएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाभरि सचेतनामुलक कार्यक्रम गर्दै कृषकहरुलाई जानकारी दिने कार्यक्रम शुरु गरेको हो । जमिन वाँझो हुँदा जिल्लामा आयात उच्च दरमा बढेपछि केन्द्रिय कार्यक्रम अन्तर्गत क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वतका कृषकहरुलाई जमिन वाँझो नराखौँ भन्ने चेतनामुलक सन्देश घरघरमा पु¥याउन थालिएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाभरि सचेतनामुलक कार्यक्रम गर्दै कृषकहरुलाई जानकारी दिने कार्यक्रम शुरु गरेको हो । जमिन वाँझो हुँदा जिल्लामा आयात उच्च दरमा बढेपछि केन्द्रिय कार्यक्रम अन्तर्गत क"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जमिन वाँझो नराख्न कृषकहरुलाई सचेतना अभियान

१२ मंसिर २०७३, आईतवार ०५:३५

पर्वतका कृषकहरुलाई जमिन वाँझो नराखौँ भन्ने चेतनामुलक सन्देश घरघरमा पु¥याउन थालिएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाभरि सचेतनामुलक कार्यक्रम गर्दै कृषकहरुलाई जानकारी दिने कार्यक्रम शुरु गरेको हो । जमिन वाँझो हुँदा जिल्लामा आयात उच्च दरमा बढेपछि केन्द्रिय कार्यक्रम अन्तर्गत कृषकहरुका माझमा सचेतनामुलक अभियान थालिएको हो ।
आजवाट मिलनचौकसेवा केन्द्र अन्तर्गतका गाविसहरुका कृषकलाई यसवारेमा सचेतना कार्यक्रम सञ्चालन गरेर अभियानको थलानी गरिएको छ । जिल्लाका सेवा केन्द्र अन्तर्गतका १० ठाउँमा जमिन वाँझो नराखौँ भन्ने सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । अभियान अन्तर्गत आज मिलनचौक सेवा केन्द्र अन्तर्गत रहेका धाईरिङ, शालिजा,नाग्लीवाङ, वाँसखर्क, माझफाँट र लेखफाँटका अगुवा कृषक, कृषक समूह, कृषि सहकारीमा आवद्ध भएकाहरुलाई सचेतनामुलक अन्तरक्रियामा सहभागि गराइएको थियो । उक्त अवसरमा बोल्दै वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले सिँचाईको सुविधा भएर पनि खेतवारी वाँझो राख्नेहरुलाई कारवाहि गरिने जानकारी दिनुभयो ।
गतवर्ष जिल्ला परिषदवाटै प्रति रोपनी ५० रुपैयाँ जरिवाना लगाउने नितिगत निर्णय गरिएको स्मरण गराउँदै उहाँले स्थानीय स्वयत्त सासन ऐन २०५५ र नियमावली २०५६ अनुसार उक्त नीतिगत व्यवस्थाको कडाईका साथ कार्यान्वयन हुने बताउनुभयो । जिल्लामा सिँचाईको सुविधा भएपनि अझै २ हजार ४ सय २० हेक्टर जमिन वाँझो भएको उहाँले जानकारी दिनुभयो । ठाउँ सुहाउँदो वाली लगाउन उहाँले कृषकहरुलाई सुझाउनुभयो । कार्यक्रममा कृषकहरुले सिँचाईको अभाव, जनशक्तिको अभाव, बजारको समस्या लगायतका समस्याले खेत वाँझिएको गुनासो गरेका थिए । कार्यक्रममा स्थानीय कृषकहरुलाई प्रधानमन्त्री आधुनिक कृषि परियोजना कार्यक्रम सञ्चालन गर्न लागिएको बारेमा पनि जानकारी गराइएको थियो ।
जिल्लामा वल्क, जोन र पकेट क्षेत्र छुटाएर परियोजना सञ्चालन हुन लागेको कृषि कार्यालयले जानकारी दिएको छ । कार्यक्रममा कृषि कार्यालयका प्राविधिक सहायक रामकृष्ण अर्यालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । स्थानीय जेष्ठ कृषक यामवहादुर कार्किको अध्यक्षतामा भएको कार्यक्रममा अगुवा कृषक यज्ञप्रसाद सुबेदी गौरीस्वर पौडेल, शारदा शर्मा, टुङगनाथ सुबेदी लगायतका कृषकहरुले आफ्नो अनुभव र अपेक्षाहरु सुनाउनुभएको थियो । जमिन वाँझो नराखौँ भन्ने चेतनामुलक कार्यक्रम यसै चौमासिक भित्र पातिचौर, शिवालय केन्द्र अन्तर्गत २ ठाउँमा, ठुलीपोखरी, थापाठाना, फलेवास, रानीपानी त्रिबेणी र लुँखुमा सञ्चालन गरिने भएको छ ।
जमिन वाँझो हुँदा विदेशवाट खाद्यन्न,फलफुल, दलहन, तेलहन लगायतका सामाग्रीहरु ठुलो मात्रामा आयात भैरहेको छ । कृषि विकास मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ अनुसार नेपालमा आयात ७५ अर्व वरावर हुने गरेको छ भने निर्यात जम्मा १२ अर्वको हुने गरेको छ । सबैभन्दा वढि खाद्यन्न ३५ अर्वको हुने गरेको छ । तरकारी १३. ६ अर्व, फलफुल ८ अर्व, तेलहन ७ अर्व, माछा १ अर्व आयत हुने गरेको देखिएको छ । धानको उत्पादन वार्षिक २१ लाख टनले घट्दो मात्रामा रहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु