मङ्सिर २९, डडेलधुरा | सुदुरपश्चिममै पहिलोपटक डडेल्धुरामा व्यवसायिक खेती सुरु गरेको किवी फलले उत्पादन दिन थालेको छ । फल पाक्न थालेपछि किसान निकै हर्षित भएका छन ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २९, डडेलधुरा | सुदुरपश्चिममै पहिलोपटक डडेल्धुरामा व्यवसायिक खेती सुरु गरेको किवी फलले उत्पादन दिन थालेको छ । फल पाक्न थालेपछि किसान निकै हर्षित भएका छन । 
२०८२, १० फाल्गुन आईतवार
कृषि गतिबिधी

डडेल्धुरामा पहिलो पटक किवी फल पाक्यो, किसान हर्षित

२०७३, २९ मंसिर बुधबार १३:३४

मङ्सिर २९, डडेलधुरा | सुदुरपश्चिममै पहिलोपटक डडेल्धुरामा व्यवसायिक खेती सुरु गरेको किवी फलले उत्पादन दिन थालेको छ । फल पाक्न थालेपछि किसान निकै हर्षित भएका छन । 

चार वर्षअघि जिल्ला कृषि विकास कार्यालयको पहलमा व्यवसायिक खेती गर्न कृषकलाई एक सयदेखि दुई सय वटा बिरुवा बितरण गरि सुदूरपश्चिममै पहिलो पटक किवि खेती सुरु गरिएको थियो । लहरे फल किवी लगाएको ३ वर्षदेखि फल्न सुरुभई ५० वर्षसम्म निरन्तर फल्ने गर्छ । गत बर्ष पुषमा रोपेको किवीको फल मंसिर अन्त्यमा पाकेपछि कृषक उत्साहित बनेका हुन । किवी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका लागि महत्वपूर्ण औषधिको रुपमा लिइन्छ । 

सुदूरपश्चिमका लागि नौलो नगदे बाली मानिएको यसको पहिलो चरणमा प्रचार–प्रसारकै लागि जिल्लाभर जम्मा आठ सय बुहुबर्षिय फल किवीका बिरुवा रोपिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । १२ सयदेखि २ हजार मिटरसम्मको उचाईमा हुने यो खेती अहिले देशका १० जिल्लामा ७५ हेक्टरमा हुने गरेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा