पुस १०, बनेपा । कृषि विकासका लागि योजना तथा नीति निर्माण गर्न र उत्पादन लागत तथ्याङ्क उपलब्ध गराउनका लागि सर्वेक्षण सुरु हुन लागेको छ । 

अनुमानलाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १०, बनेपा । कृषि विकासका लागि योजना तथा नीति निर्माण गर्न र उत्पादन लागत तथ्याङ्क उपलब्ध गराउनका लागि सर्वेक्षण सुरु हुन लागेको छ । 

अनुमानलाई"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोक, सिन्धुपालचोक र दोलखामा कृषि उत्पादन लागत सर्वेक्षण हुँदै

२०७३, १० पुष आईतवार ०९:४४

पुस १०, बनेपा । कृषि विकासका लागि योजना तथा नीति निर्माण गर्न र उत्पादन लागत तथ्याङ्क उपलब्ध गराउनका लागि सर्वेक्षण सुरु हुन लागेको छ । 

अनुमानलाई वस्तुपरक बनाउन काभ्रेपलाञ्चोक, सिन्धुपालचोक र दोलखामा सुरु हुन लागेको सर्वेक्षणमा मुख्य बालीको उत्पादन, कृषि सामाग्री तथा श्रमको लागतअनुसार तथ्याङ्क लिन लागिएको काभ्रेपलाञ्चोकका तथ्याङ्क अधिकृत दिनानाथ लम्सालले जानकारी दिनुभयो । 

उहाँका अनुसार धान, मकै, कोदो, फापर बोडी, आलु, तोरीलगायतका उत्पादनको लागत मूल्य सङ्कलन गर्न हिमालबाट सात, पहाडबाट १६ र तराईबाट १५ जिल्ला सर्वेक्षणका लागि छनोट गरिएको छ । 

छनोट भएका प्रत्येक जिल्लामा खेती गरिएको बालीले ढाकेको क्षेत्रको अनुपातमा ग्रामीण, सहरी, व्यावसायिक तथा साना ठूला सबैको प्रतिनिधित्व हुने गरी कृषकको सङ्ख्या निर्धारण गरिएको छ । जसअनुसार हिमालमा २०७, पहाडमा ३८७ र तराईमा ४५५ किसानबाट तथ्याङ्क सङ्कलन गरिने तथ्याङ्क अधिकृत लम्सालको भनाइ छ । 

सर्वेक्षणमा कृषकले कुनै पनि बाली लगाउँदा जमिनको तयारीदेखि बाली भित्र्याउँदासम्म गरिने क्रियाकलापमा हुने विभिन्न खर्चको विवरण सङ्कलन गरिनेछ । 

यस सर्वेक्षणमा विभिन्न खेती गर्ने ३२ सिन्धुपाल्चोकमा ४६ र दोलखामा ४५ कृषक छनोट गरी यही चैतभित्र तथ्याङ्क सङ्कलन गर्ने र आगामी आसारभित्र नतिजा सार्वजकि गर्ने केन्द्रीय तथ्याङ्क विभागको लक्ष्य छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह