२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विदेशबाट फर्किएर स्वदेशमै ब्यबसाय, मासिक ५० हजार आम्दानी

१७ पुष २०७३, आईतवार ०२:१७

पुस १७, रामपुर (पाल्पा) | घरायसी खर्च जुटाउन आर्थिक अभावमा तानसेन नगरपालिका–११ की पम्फा पाण्डे विदेश पुग्नुभयो । खाडीमा पसिना बगाएर गएको ऋण तिर्न, एकसरो कपडा लगाउन र दुई छाक खान मुस्किल परेपछि उहाँ स्वदेश फर्किनुभयो । 

बालबच्चाको लालनपालन, उनीहरुको उज्यालो भविष्य बोकेर बिदेसिनुभएकी पाण्डेको सपना सबै खाडीको मरुभूमिमा विलिन भएपछि स्वदेश फर्किएर गाई फार्म सञ्चालन अहिले गर्नुभएको छ । 

चार वर्षअघि सहकारीबाट रु १० लाख ऋण झिकेर गाई फार्ममा लगानी गर्नुभयो । दुईवटा गाईबाट सुरु गरेको व्यवसायमा अहिले रु २५ लाखको लगानी पुर्याउनुभएको छ । 

गाईबाट आयस्रोत बढ्दै गएपछि दिगो रुपमा व्यवसाय चलाउने सोच राखेर पक्की फार्म निर्माण र उन्नत गाई खरिदमा खर्च गर्नुभएको छ । उहाँको फार्ममा अहिले आठवटा गाई र दुईवटा भैँसी रहेका छन् । 

उहाँ भन्नुहुन्छ – “सामान्य घरखर्च चलाउन पनि निकै कष्ट भएपछि चारजना बालबच्चा घरमा छोडेर विदेश गएँ”, “विदेशको तातो हावामा राम्रो कमाइ गर्न पनि सकिएन, मनमा भारी पिर बोकेर घर फर्किएँ” – उहाँले भन्नुभयो । 

गाई पालेर दूध बिक्रीबाट आम्दानी होला कि भनेर व्यवसाय चलाएको अहिले नसोचेको आम्दानी भइरहेको उहाँले बताउनुभयो । 

“लगानी राम्रो गरियो भने उत्पादन पनि बढ्ने रहेछ, दिनमा सरदरमा ७० लिटरसम्म दूध उत्पादन हुने गर्छ” – पाण्डेले भन्नुभयो । उहाँले मासिक रु ४० देखि ५० हजारसम्म आम्दानी गर्नुहुन्छ । पशुलाई आहारमा राम्रोसँग हेरचाह गरियो भने थोरै गाईबाट पनि मनग्य आम्दानी लिन सकिने अनुभव उहाँले सुनाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…