मोहम्मद ईजहार शेष/पुस २२, नवलपरासी । गँहु उत्पादनका लागि पकेट जिल्ला मानिने नवलपरासीको मधेस क्षेत्रमा यो वर्ष गँहु बालीमा फौजी किराले गँहु काट्न थालेपछि किस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/पुस २२, नवलपरासी । गँहु उत्पादनका लागि पकेट जिल्ला मानिने नवलपरासीको मधेस क्षेत्रमा यो वर्ष गँहु बालीमा फौजी किराले गँहु काट्न थालेपछि किस"/>

१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

किराले गँहुबाली नष्ट गरेपछि नवलपरासीका किसान चिन्तीत

२२ पुष २०७३, शुक्रबार ११:२२


मोहम्मद ईजहार शेष/पुस २२, नवलपरासी । गँहु उत्पादनका लागि पकेट जिल्ला मानिने नवलपरासीको मधेस क्षेत्रमा यो वर्ष गँहु बालीमा फौजी किराले गँहु काट्न थालेपछि किसानहरु चिन्तीत बनेका छन् । 

आर्मि वर्म नामक फौजी किरा विशेष गरि रातीको समयमा गँहु बाली काटेर नोक्सान गरेपछि नवलपरासीका किसानहरु उत्पादनमा हस आउने भन्दै चिन्तीत बनेका हुन् । करिब १ देखि २ सेन्टीमिटरको उक्त फौजी किरा गँहुको पात काट्ने र भुइँमा खसाल्ने गरेको छ । 

अहिले गँहु सिँचाई गरेपछि खासगरि ४० देखि ४५ दिनको भएको छ । यति बेला गँहुमा युरीया मल छरिसकेपछि गँहु बढ्ने समय रहेको तर यसै बेला उक्त किराले गँहुको पात काट्न थालेपछि किसानहरु दुखेसो पोखेका छन् । 

नवलपरासीको सदरमुकाम आसपासका क्षेत्रमा समस्या बढि रहेपनि अन्य क्षेत्र पनि यो समस्यावाट अछुत रहेको छैन । फौजी किराले गँहु काट्न थालेपछि गरिब किसानहरु खेतमै गई रुने समेत गरेका छन् । फौजी किराको समस्या देखाउदै नवलपरासीका किसान दिपेन्द्र पाण्डेले यो वर्षमा खद्यान्नमा समस्या हुने भन्दै दुखेसो पोखे । अधिकांस खेतमा यो समस्या देखिएपछि जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका प्रमुख तेज नरायण गैरेको नेतृत्व स्थलगत अनुगमन समेत गरिएको छ ।


सो किरा नियन्त्रणका लागि साईपरमेथ्रिन ५ प्रतिशत र क्लोरोपाईरिफस पचास प्रतिशत झोल विषादी दुई एम एल पानीको दरले बेलुकीको समयमा खेतमा छर्नाले सो किरा नियन्त्रण गर्न सकिने जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका बरिष्ठ बाली संरक्षण अधिकृत श्रिधर पौडेलले बताउनु भयो । 

नवलपरासीमा १८ हजार ७ सय १२ हेक्टर क्षेत्रफलमा गँहु खेति गर्ने गरिएको कृषि बिकास कार्यालय नवलपरासीको तथ्ँयांकमा देखिईएको छ । उक्त क्षेत्रफलमा गँहु खेती गरि गत वर्ष ३५ हजार ९२ मेट्रिक टन गँहु उत्पादन भएको थियो भने यो वर्ष सुरुवाती चरणमा गँहु राम्रो भएकाले उत्पादनमा २० प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ । तर फौजी किराले बिगत एक हप्तावाट गँहु बाली काट्न थालेपछि उत्पादनमा हस आउने बताउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन