मोहम्मद ईजहार शेष/पुस २२, नवलपरासी । गँहु उत्पादनका लागि पकेट जिल्ला मानिने नवलपरासीको मधेस क्षेत्रमा यो वर्ष गँहु बालीमा फौजी किराले गँहु काट्न थालेपछि किस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/पुस २२, नवलपरासी । गँहु उत्पादनका लागि पकेट जिल्ला मानिने नवलपरासीको मधेस क्षेत्रमा यो वर्ष गँहु बालीमा फौजी किराले गँहु काट्न थालेपछि किस"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

किराले गँहुबाली नष्ट गरेपछि नवलपरासीका किसान चिन्तीत

२०७३, २२ पुष शुक्रबार ११:२२


मोहम्मद ईजहार शेष/पुस २२, नवलपरासी । गँहु उत्पादनका लागि पकेट जिल्ला मानिने नवलपरासीको मधेस क्षेत्रमा यो वर्ष गँहु बालीमा फौजी किराले गँहु काट्न थालेपछि किसानहरु चिन्तीत बनेका छन् । 

आर्मि वर्म नामक फौजी किरा विशेष गरि रातीको समयमा गँहु बाली काटेर नोक्सान गरेपछि नवलपरासीका किसानहरु उत्पादनमा हस आउने भन्दै चिन्तीत बनेका हुन् । करिब १ देखि २ सेन्टीमिटरको उक्त फौजी किरा गँहुको पात काट्ने र भुइँमा खसाल्ने गरेको छ । 

अहिले गँहु सिँचाई गरेपछि खासगरि ४० देखि ४५ दिनको भएको छ । यति बेला गँहुमा युरीया मल छरिसकेपछि गँहु बढ्ने समय रहेको तर यसै बेला उक्त किराले गँहुको पात काट्न थालेपछि किसानहरु दुखेसो पोखेका छन् । 

नवलपरासीको सदरमुकाम आसपासका क्षेत्रमा समस्या बढि रहेपनि अन्य क्षेत्र पनि यो समस्यावाट अछुत रहेको छैन । फौजी किराले गँहु काट्न थालेपछि गरिब किसानहरु खेतमै गई रुने समेत गरेका छन् । फौजी किराको समस्या देखाउदै नवलपरासीका किसान दिपेन्द्र पाण्डेले यो वर्षमा खद्यान्नमा समस्या हुने भन्दै दुखेसो पोखे । अधिकांस खेतमा यो समस्या देखिएपछि जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका प्रमुख तेज नरायण गैरेको नेतृत्व स्थलगत अनुगमन समेत गरिएको छ ।


सो किरा नियन्त्रणका लागि साईपरमेथ्रिन ५ प्रतिशत र क्लोरोपाईरिफस पचास प्रतिशत झोल विषादी दुई एम एल पानीको दरले बेलुकीको समयमा खेतमा छर्नाले सो किरा नियन्त्रण गर्न सकिने जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका बरिष्ठ बाली संरक्षण अधिकृत श्रिधर पौडेलले बताउनु भयो । 

नवलपरासीमा १८ हजार ७ सय १२ हेक्टर क्षेत्रफलमा गँहु खेति गर्ने गरिएको कृषि बिकास कार्यालय नवलपरासीको तथ्ँयांकमा देखिईएको छ । उक्त क्षेत्रफलमा गँहु खेती गरि गत वर्ष ३५ हजार ९२ मेट्रिक टन गँहु उत्पादन भएको थियो भने यो वर्ष सुरुवाती चरणमा गँहु राम्रो भएकाले उत्पादनमा २० प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ । तर फौजी किराले बिगत एक हप्तावाट गँहु बाली काट्न थालेपछि उत्पादनमा हस आउने बताउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा