नन्दराम जैशी | पुस २४,  जुम्ला | जुम्लामा जारी स्याउ बगैंचा व्यवस्थापन तथा रोगकिरा नियन्त्रण सप्ताह अन्र्तगत किसानकै घरदैलोमा पुगेर कृषि प्राविधिकको ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | पुस २४,  जुम्ला | जुम्लामा जारी स्याउ बगैंचा व्यवस्थापन तथा रोगकिरा नियन्त्रण सप्ताह अन्र्तगत किसानकै घरदैलोमा पुगेर कृषि प्राविधिकको ट"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

किसानकै घरदैलोमा पुग्यो, “कृषि प्राविधिकको टोली” (फोटो फिचर)

२४ पुष २०७३, आईतवार ०६:२३


नन्दराम जैशी | पुस २४,  जुम्ला | जुम्लामा जारी स्याउ बगैंचा व्यवस्थापन तथा रोगकिरा नियन्त्रण सप्ताह अन्र्तगत किसानकै घरदैलोमा पुगेर कृषि प्राविधिकको टोलिले जिल्लाका किसानलाइ बगैंचा व्यवस्थापनका बिषयमा जानकारी दिइरहेको छ । शुक्रबारबाट शुरु भएको सप्ताह अन्र्तगत शनिबार गज्र्याङकोट ३ का गोपिचन्द्र रावलको स्याउ बगैचामा गएर गाँउका सबै किसानलाइ बगैंचा व्यवस्थापनका बिषयमा जानकारी दिइएको हो । सप्ताह अन्र्तगत गज्र्याङकोट ३ अवस्थीत बालपाट कृषक समुहका सबै स्याउ कृषकहरुलाइ बगैंचा व्यवस्थापन तथा रोगकिरा नियन्त्रण कसरी गर्ने भन्ने बिषयमा जानकारी दिइएको छ ।  

यस्तै शुक्रबार चन्दननाथ नगरपालिका ८ का किसान छत्र रावलको बगैंचामा प्रयोगात्मक अभ्यास गराई किसानलाई स्याउ बगैंचाको व्यवस्थापन र विरुवा काँटछाडका बारेमा सिकाईएको थियोे । चन्दननाथ नगरपालिका ८ मा रहेका दिदी बहिनी तरकारी तथा फलफुल समूह र गुरा फलफुल तथा तरकारी खाद्य उत्पादन समूहलाई स्याउ बगैंचा व्यवस्थापन, काँटछाड र बोर्डाे पेष्ट बनाउने तरिका सिकाईएको हो । 


जिल्ला कृषि विकास कार्यालय जुम्लाका बरिष्ठ कृषि विकास अधिकृत भरत प्रसाद कँडेल, बाली संरक्षण अधिकृत चन्द्र बुढा र प्राविधिक सहायक लछिराम महतको नेतृत्वमा गएको टोलिले चन्दननाथ नगरपालिका सहित नगरपालिका आसपासका गाविसमा किसानलाइ बगैचा ब्यवस्थापनका बिषयमा प्रशिक्षण दिइरहेको छ । जसमा किसानको बगैंचामा पुगेर सबै स्याउ किसानालाइ बोर्डाे पेष्ट तथा बोर्डाे मिक्चर बनाउने र छर्ने तरीका सिकाईएको छ । स्याउ तथा अन्य फलफुलका बिरुवामा रोगहरुको व्यवस्थापनको लागि बोटको फेद र काटिएको हाँगाहरुमा लगाउन तयार पारिएको निलोतुथो र चुनाको झोललाई बोर्डा पेष्ट भनिन्छ ।

प्राविधिक सहितको टोलि गाँउमै आएर बगैंचा ब्यवस्थापन तथा स्याउका विरुवा काँटछाडका बारेमा जानकारी दिएको भन्दै गज्र्याङकोट ३ अवस्थीत बालपाट कृषक समुहमा आबद्ध कृषकहरुले खुसि व्यक्त गरेका छन् । बगैंचा व्यवस्थापनका बिषयमा गाँउमै जानकारी पाएपछि कृषकहरुले आगामि बर्षमा गुणस्तरीय स्याउ उत्पादन गर्न टेवा पुग्ने विस्वास ब्यक्त गरेका छन् ।   


पौष २२ गते शुक्रबार देखि संचलान भएको सप्ताह पौस २८ गतेसम्म जिल्लाभर संचालन हुने बाली संरक्षण अधिकृत चन्द्र बुढाले बताउनुभयो । सप्ताह अन्र्तगत स्याउ बगैँचा व्यवस्थापनका बारेमा जिल्लाका ४ वटा कृषि सेवा केन्द्र र कार्यालयबाट ७५ वटा घुम्ती तालिम संचालन गरिने उहाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह