पर्वत । नेकपा माओवादी केन्दं्रले आफ्नो गाउ जागरण अभियानलाई तिब्र पारेको छ । स्थानीय तहको निर्वाचनको लागि सरकारले चुनावको मिति घोषणा गर्ने तयारी थालिराखेको बेलामा माओवादी केन्द्रले गाउँगाउँमा आफ्नो अभियान तथा कमिटि विस्तार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा माओवादी केन्दं्रले आफ्नो गाउ जागरण अभियानलाई तिब्र पारेको छ । स्थानीय तहको निर्वाचनको लागि सरकारले चुनावको मिति घोषणा गर्ने तयारी थालिराखेको बेलामा माओवादी केन्द्रले गाउँगाउँमा आफ्नो अभियान तथा कमिटि विस्तार"/>
१५ पुष २०८२, मंगलवार
कृषि गतिबिधी

माओवादी केन्द्रको गाउँजागरढा अभियान– बाच्छामा नयाँ कमिटी विस्तार

३ माघ २०७३, सोमबार ०४:५९

पर्वत । नेकपा माओवादी केन्दं्रले आफ्नो गाउ जागरण अभियानलाई तिब्र पारेको छ । स्थानीय तहको निर्वाचनको लागि सरकारले चुनावको मिति घोषणा गर्ने तयारी थालिराखेको बेलामा माओवादी केन्द्रले गाउँगाउँमा आफ्नो अभियान तथा कमिटि विस्तारको लागि अभियान थालेको हो ।


राज्य पुनंसंरचनाको ढाँचा अनुसार आगामी चुनावमा नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिका साथ प्रस्तावित भिभिन्न गाँउपालीकाका वडाहरुमा नयाँ कमिटी बनाउने, पूनर्गठन गर्ने, घरदैलो कार्यक्रम गर्ने लगायतका गतिविधि संचालन गरिरहेको छ ।  अभियान अन्तरगत माओवादी केन्द्रले प्रस्तावित शिला कालिगण्डकी, विहादी गाँउपालीका अन्तरगतको बाच्छामा वडा कमिटी गठन गरेको हो ।


वडा भेलावाट खड्क बहादुर गुरुङ अध्यक्ष रहने गरी ६५ सदस्यीय नयाँ वडा कमिटी गठन गरिएको छ । जस्को उपाध्यक्ष डिल वहादुर गुरुङ, सचिवमा ललित नेपाली सहित अन्य सदस्यहरुमा रहेका छन । 

कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्र पर्वतका जिल्ला संयोजक कृष्ण पराजुली (परिवनर्त) ले माओवादी अव जिल्लामा भारी वहुमतका साथ विजयी हुनेमा सवैलाइ विस्वस्त पार्दै माओवादी चुनावी गतिविधिलाइ कडाइका साथ अगाडि बढाउन निर्देशन दिए । उनले  माओवादी पार्टि सर्वहारा वर्ग, उपेक्षीत, उत्पीडीत वर्गको पक्षमा लडिरहेको पार्टि भएको उल्लेख गर्दै अव माओवादीलाइ कुनै पनि तागतले पहिलो हुनबाट रोक्न नसक्ने दावी गरे । 


प्रस्तावित शिला कालिगण्डकी, विहादी गाँउपालीकाका इन्चार्ज तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य सविन गुरुङले माओवादी पार्टिमा जनताको समर्थन दिन प्रतिदिन वढ्दै गैरहेकाले जनताको भावना अनुसार काम गर्न सवै कार्यकर्ताहरुलाइ आग्रह गरे ।


प्रस्तावित शिला कालिगण्डकी, विहादी गाँउपालीकाका संयोजक तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य ऋसिराम भुसालले अव छिट्टै नै स्थानीय तहको चुनाव हुने भएकाले पार्टिले संगठन विस्तार कार्यलाइ दिव्रता दिनुपर्नेमा जोड दिए ।


उहाँले जनताका केहि गुनासा रहेकाले अवको चुनावमा भारी वहुमतका साथ पहिलो पार्टि बनाउन सवै नेता तथा कार्यकर्ताहरु जनताको गुनासा सम्वोधन तर्फ लाग्नुपर्नेमा जोड दिए । माओवादी केन्द्र पर्वत जिल्ला कमिटी सदस्य वैगुण्ठ केसीले माओवादीबाट टुक्रिएर गएका ससाना पार्टिका कार्यकर्ताहरुलाइ विस्तारै माओवादी केन्द्रमा समावेस गर्ने बतावरण तयार पार्नुपर्नेमा जोड दिदै पार्टि दिगो र वलियो बन्न एकता अपरिहार्य रहेको उल्लेख गरे ।


जिल्ला कमिटी सदस्य लाल वहादुर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य ललित नेपालीले गरेका थिए भने सञ्चालन गंगा वहादुर विश्वकर्माले गरेका थिए । 

माओवादी पर्वतले यहि आउदो माघ २२ गते भित्र सवै गाँउपालीकाका वडाहरुमा वडा सम्मेलन गरिसक्ने रणनिती तयार पारेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट