महेन्द्र केसी पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवमा स्टल राखेर व्यापार गर्नको लागि बसेका लघुउद्यमीहरु निराश देखिएका छन् । महोत्सवमा लघुउद्यमीका स्थानीय लप्सीको अचार, क्याण्डी, अदुवाको क्याण्डी चुस, पाउडर, अलैची, अचार, मह लगायतका समाग्रही सोचे अनुसारको विक्रि नभएपछि निराश बनेका हुन् ।
मनिषा अदुवा क्याण्डी उद्योगको स्टल राखेर बसेकी तिलाहार ३ गिज्यानकी सेती महत महोत्सवमा सोचे अनुसारको विक्रिवितरण नभएको गुनासो गर्छिन । उनले आफूले स्टलमा राखेको लप्सीको अचार, पाउण्डर, क्याण्डी, माडा, अदुवाको चुस, क्याण्डी, अल्लोका समाग्रीहरु खासै विक्रि नभएको उनको दुखेसो छ ।
महोत्सव परिसरमा आउने दर्शकहरुले स्थानीयस्तरमा उत्पादन भएका बस्तुहरुको बारेमा ज्ञान नभएर वा उघुउद्यमको प्रचारप्रसार नभएर हो व्यापार सोचे अनुसारको छैन । उनले भनिन् । लघुउद्यम संघ पर्वतकी अध्यक्ष समेत रहेकी उनले महोत्सवमा १५ वटा लघुउद्यमीको स्टल रहेको तर चित्त बुझ्दो व्यापार नभएको बताईन् ।
२ रोपनी जमिनमा लगाएको अदुवाले बजार भाउ नपाउँदा कुहिएर गएको र अदुवा खरिद गरी बनाएको अदुवा जुस क्याण्डी महोत्सवमा विक्रिवितरणको लागि रोखेको उनले बताईन् । अदुवा खरिद गरेर विभिन्न परिकार बनाएर स्टलमा रोख, सोचे अनुसारको व्यापार छैन उनले भनिन् ।
चिसापानी कृषि फर्म अन्तरगत कुर्घा ६ का उमाकान्त शर्माले पनि पाँचौ पर्वत महोत्सवमा स्टल राखेका छन् । स्टलमा आफ्नै बारीमा फलाएको सुन्तला, मह, लप्सीका परिकार लगायतका स्थानीय उत्पादीत समाग्रीहरु राखेका छन् तर उनको पनि दुखेसो उही छ व्यापार भएन् ।
उघुउद्यम संघको सचिव समेत रहेका उनले महोत्सवमा स्टल राखेर सोच अनुसारको व्यापार हुन नसकेको बताए । दर्शकको अभाव भन्दा पनि उघुउद्यमको प्रचारप्रसारको कमी भएकोले पनि यस्तो भएको उनको तर्क छ ।
महोत्सवमा स्थानीय उत्पादनलाई आयोजकले प्रथामिकतामा नराखेको समेत उनले आरोप लगाए । लघुउद्यमी भनेको छ तर प्रथामिकतामा विदेशी समाग्री परेको छ कसरी स्थानीय उत्पादनको व्यापार हुनु उनले भने । उनले ३५ घार मौरी पालेका छन् भने २ सय बोट सुन्तला लगाएका छन् । बार्षिक रुपमा ५ लाख सम्म कमाउने गरेको उनी बताउँछन् तर महोत्सव भने उघुउद्यमी प्रथाकितामा नपरेको बताए ।
झात्री सल्ला लप्सी खाद्य उद्योग दुर्लुङका सागर शर्माको पनि व्यथा उही छ । व्यापार भएन् । लप्सीका परिकार राखेर बसेका उनले सोच अनुसारको व्यापार नभएको बताए । त्यस्तै हलहलेका ओम बहादुर रोकाले पनि आफूले उत्पादन गरेको भूइस्याउले खासै महोत्सवमा व्यपार नपाएको बताए । मुल गेटको पहिलो स्टलमा बसेका उनले भूइस्याउलाई महोत्सवमा आउनेहरु सखरखण्ड भन्ने गरेको र खासै व्यापार नभएको बताउँछन् ।
लघुउद्यमीको व्यापार नहुनु तर विदेशी स्टलमा दर्शक खचाखच हुनुले पनि महोत्सवबाट लघुउद्यमीहरु लाभान्वीत हुन सकेका छन् । क्रमश घट्दो दर्शको चाप त्यसमाथि लघुउद्यमी पीडा महोत्सवले बुझ्न सकेको छैन ।