२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

‘कृषि साँच्चिकै पेशा बन्न सकेनँः कांग्रेस नेता घिमिरे

२०७३, २६ माघ बुधबार ०४:४७

किसान संघको अध्यक्षमा सुब्बा

प्रकाश धौलाकोटी | माघ २६, तेह्रथुम | नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरेले नेपालमा कृषि पेशा साँच्चिकै पेशा बन्न नसकेको बताएका छन् । कृषि क्षेत्र परम्परागत र निर्वाहमुखी मात्रै भएको भन्दै उनले अत्याधुनिक प्रविधि भित्राउँदै व्यवसायिक र आधुनिकीकरणको खाँचो रहेको औल्याए । 

मंगलबार गणेशमान स्मृति भवन म्याङलुङमा भएको नेपाल किसान संघ, तेह्रथुमको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले दिनभर बरालिने र पेशा के हो ? भन्दा कृषि भन्ने चलनले नेपालको कृषि क्षेत्रमा बेथिति भित्रिएको बताए । यसकारण पनि कृषि पेशा व्यवसायिक बन्न नसकेको भन्दै उनले कृषि क्षेत्रमा ठुलो जनशक्ति बेरोजगार भएर अल्मलिईरहेको बताए । 

उनले कृषि क्षेत्रबाट पनि समृद्धि सम्भव रहेको भन्दै व्यवसायिक र आधुनिक खेती प्रविधिको अवलम्बन गर्नु आजको आवश्यकता भएको बताए । उनले कृषिलाई व्यवसायिक पेशाको रुपमा विकास गर्न अगुवाई गर्न नेपाल किसान संघलाई सुझाव समेत दिएका छन् । कांग्रेस नेता घिमिरेले नेपाल कृषि प्रधान मुलुक भन्नु गलत भएको बताए । 

‘अझैपनि ५० प्रतिशत बढी जनशक्ति कृषिमा अल्झिरहेको तथ्यांक आउँछ, उनले भने, ‘तर त्यो उत्पादनमुखी छैन, नेपाललाई चाहिने खाद्यान्नदेखि थुप्रै बस्तुहरु आयात गर्नुपर्ने अवस्था छ ।’ ५० प्रतिशत जनशक्ति कृषिमा खर्चिएपनि अन्य त्यही ५० प्रतिशत जनसंख्या नै उत्पादनबाट निर्वाह गर्न नसकेको उनको तर्क छ । ‘कृषिमा पनि समृद्धि सम्भव छ, नेता घिमिरेले भने, ‘तर आधुनिकीकरण र व्यवसायिक बनेर मेहिनेत गर्नुपर्छ ।’ 

कामै नगर्ने, अनि पेशा चाँहि कृषि हो भनेर भन्ने चलन छाड्नुपर्ने उनले सुझाए । उनले थोरै जनशक्तिले धेरै उत्पादन गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानतर्फ सबै किसानलाई लाग्न आग्रह गरे । उनले पछिल्लो समय आधुनिकीकरणका नाममा अत्यधिक रासायनिक मलको प्रयोग हुन थालेको भन्दै त्यसबाट समेत जोगिन अनुरोध गरे । 

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य तथा सभासद सीता गुरुङले  पनि कृषि क्षेत्रबाट नेपालमा थुप्रै सम्भावना भएको भन्दै कृषि आधुनिकीकरण जरुरी भएको बताइन् । उनले नयाँ संविधान जारी भएसँगै सरकार र राज्यका विभिन्न निकायबाट कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको भन्दै सचेत रहन आग्रह गरिन् ।

 कार्यक्रममा सभासद गणेशप्रसाद विमली, कांग्रेस जिल्ला सभापति गोविन्द्रप्रसाद ढुंगाना लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए । अधिवेशनले नारायण सुब्बाको अध्यक्षतामा १३ सदस्यीय नेपाल किसान संघ, जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा काजिमान लिम्बु, सचिवमा फौदबहादुर सुवेदी, कोषाध्यक्षमा विजय कन्दङवा चयन भएका छन् । 

समितिको सदस्यहरुमा भोला कार्की, डोलेश्वर लिम्बु, लिलानाथ आचार्य, प्रेमप्रसाद भट्टराई, हरिप्रसाद अधिकारी, चेमनकुमारी दाहाल, प्रकाश चोङवाङ, हेम लुङ्वा, भेषराज लिम्बु रहेका छन् । यस्तै अधिवेशनले केन्द्रिय प्रतिनिधिमा जयप्रसाद ढुंगाना, दुर्गाप्रसाद फुयाल, जयन्तीमाला फुदोङ, काजीमान लिम्बु, डम्बर लोहारलाई चयन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने