फागुन २३, पोखरा । आजदेखि आठौँ  हेम्जा आलु महोत्सव सुरु भएको छ । 

“सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २३, पोखरा । आजदेखि आठौँ  हेम्जा आलु महोत्सव सुरु भएको छ । 

“सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भ"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आठौं हेम्जा आलु महोत्सव सुरु

२३ फाल्गुन २०७३, सोमबार १०:५६


फागुन २३, पोखरा । आजदेखि आठौँ  हेम्जा आलु महोत्सव सुरु भएको छ । 

“सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भन्ने मूलनाराका साथ विष्णुपादुका क्लबको आयोजनामा हेम्जाको विष्णु पादुका खेल मैदानमा हुने सो महोत्सव चैत १ गतेसम्म चल्ने छ । 

महोत्सवस्थलमा २१ कृषकबाट उत्पादित ३० टनको ठूलो आलुको पहाड निर्माण गरिएको छ । आलुको थुप्रो ९पहाड०बाटै इच्छुक ग्राहकले प्रति किलो ३२ रुपैयाँमा आलु खरिद गरेर लानसक्ने संयोजक जयराम तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार महोत्सवस्थलको थुप्रोबाटै महोत्सव अवधिभर झन्डै २५ लाखको आलु बिक्री हुनेछ । 

महोत्सवमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शन, आलुका विभिन्न १५ परिकारका खानेकुरा, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रम लोकदोहोरी तथा सांङ्गितिक समूहको प्रस्तुति, विभिन्न वेषभूषा झल्कने सांस्कृतिक कार्यक्रम, जापानिज सुन्तला तथा विभिन्न कृषि बीउ बिजन समेत प्रदर्शनी गरिएको छ । 

महोत्सवमा १२ वटा आलुका परिकार, ६० वटा व्यवसायीका उत्पादन, ३० वटा कृषि प्रविधि प्रदर्शनी, एक वटा प्राथमिक उपचार केन्द्र र एक वटा सूचना केन्द्र गरी १०४ वटा स्टल राखिएको छ । यसवर्ष हेम्जामा झन्डै नौ हजार मेट्रिक टन आलु उत्पादन भएको अनुमान गरिएको छ । 

हेम्जा र आसपासका गाउँका ६५० हेक्टरमा आलुखेती गरिन्छ भने यसवर्ष ६५० कृषकले व्यावसायिक रुपमा आलुखेती गरेका छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले शान्तिका प्रतिक परेवा उडाएर महोत्सव शुभारम्भ गर्दै किसान व्यावसायिक रुपमै कृषि पेसामा लाग्नुपर्नेमा जोड दिनुभयो । 

युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले कृषिको आधुनिकीकरणका लागि सरकारले किसानलाई विशेष राहतको प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने