२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराका झण्डै ४० प्रतिशत किसान व्यावसायीक कृषिमा

२५ फाल्गुन २०७३, बुधबार ११:२१

दिलदिपेश देउवा/फागुन २५, डडेल्धुरा । डडेल्धुरामा कृषिले व्यवसायीकता पाउँदै गएको छ । 

केही बर्ष पहिले जिल्लामा औँलामा गन्न सकिने व्यक्तिहरु मात्रै कृषि तर्फ रहेकोमा अहिले त्यो अवस्थाबाट अहिले निकै नै सुधार भएको पाईएको छ ।  जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका अनुसार कृषि पेशामा आवद्ध किसानहरु मध्ये व्वयायीक रुपमा कृषिमा लाग्ने व्यक्तिहरुको संख्या आधा नजिक पुग्न थालेको छ । कृषिमा आवद्ध मध्ये हाल सम्म झण्डै ४० प्रतिशत जति किसानहरु व्यावसायिक रुपमा कृषि गर्न थालेको जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत सुदिप देवकोटाले जानकारी दिएका छन् ।

 उनका अनुसार जिल्लाका धेरै जसो नागरिकले बर्षौदेखी कृषि पेशा अंगाल्दै आएको भएपनि त्यसले व्यवसायीकता नपाईरहेको अवस्थामा पछिल्लो समय भने युवामा देखिएको कृषि पेशा प्रतिको उत्साह र लगावका साथै सरकारी सहयोग तथा अनुदानले अहिले कुल कृषि खेति गर्ने मध्ये झण्डै ४० प्रतिशतको हाराहारीमा व्यवसायीक कृषिमा आवद्ध भईसकेका छन् ।

 पछिल्लो समयमा कृषि पेशामा आवद्ध नै नरहेका तथा पहिलो पटक कृषि पेशामा आएका युवाहरु समेत व्यवसायीक रुपमा कृषि गर्न थालेको कार्यालयसँग भएका तथ्यहरुले देखाउने गरेको वागवानी विकास अधिकृत देवकोटाले बताएका छन् । 

नेपाल सरकार मार्फत प्रदान हुने कृषिका बिभिन्न अनुदान कार्यक्रमहरुमा युवाहरुको नै आकर्षण धेरै हुने गरेको उनले बताएका छन् ।

 डडेल्धुरामा व्यावसायीक रुपमा कृषि गर्नेहरु बढीजसो तरकारी खेती रहेको उनले बताएका छन् । व्यावसायीक रुपमा तरकारी खेति, फलफुल खेती हुने लगायतका मुख्य ठाउँहरु जिल्ला कृषि विकास कार्यालयले पहिचान समेत गरेको उनले बताएका छन् । व्यवसायीक रुपमा तरकारी खेति हुने ठाउँहरुमा जिल्लाका बगरकोट, डोलामनाना, फिन्नेकोट, भाँतकाँडा, असिग्राम, गांखेत, जोगबुढा, आलिताल, मष्टामाण्डौँ र नवदुर्गा रहेका छन् ।

 त्यस्तै व्यावसायिक रुपमा फलफुल खेति अन्तरगत सुन्तला खेति हुने ठाउँहरुमा सिराड, बगरकोट, चौड, रुपाल र कैलपालमाण्डौँ रहेका कार्यालयले जनाएको छ । यसैगरी अन्नवाली अन्तरगत कोटेली, अमरगढी नगरपालिका र नवदुर्गा व्यावसायीक मकै उत्पादनका ठाउँको रुपमा चिनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान