२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराका झण्डै ४० प्रतिशत किसान व्यावसायीक कृषिमा

२०७३, २५ फाल्गुन बुधबार ११:२१

दिलदिपेश देउवा/फागुन २५, डडेल्धुरा । डडेल्धुरामा कृषिले व्यवसायीकता पाउँदै गएको छ । 

केही बर्ष पहिले जिल्लामा औँलामा गन्न सकिने व्यक्तिहरु मात्रै कृषि तर्फ रहेकोमा अहिले त्यो अवस्थाबाट अहिले निकै नै सुधार भएको पाईएको छ ।  जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका अनुसार कृषि पेशामा आवद्ध किसानहरु मध्ये व्वयायीक रुपमा कृषिमा लाग्ने व्यक्तिहरुको संख्या आधा नजिक पुग्न थालेको छ । कृषिमा आवद्ध मध्ये हाल सम्म झण्डै ४० प्रतिशत जति किसानहरु व्यावसायिक रुपमा कृषि गर्न थालेको जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत सुदिप देवकोटाले जानकारी दिएका छन् ।

 उनका अनुसार जिल्लाका धेरै जसो नागरिकले बर्षौदेखी कृषि पेशा अंगाल्दै आएको भएपनि त्यसले व्यवसायीकता नपाईरहेको अवस्थामा पछिल्लो समय भने युवामा देखिएको कृषि पेशा प्रतिको उत्साह र लगावका साथै सरकारी सहयोग तथा अनुदानले अहिले कुल कृषि खेति गर्ने मध्ये झण्डै ४० प्रतिशतको हाराहारीमा व्यवसायीक कृषिमा आवद्ध भईसकेका छन् ।

 पछिल्लो समयमा कृषि पेशामा आवद्ध नै नरहेका तथा पहिलो पटक कृषि पेशामा आएका युवाहरु समेत व्यवसायीक रुपमा कृषि गर्न थालेको कार्यालयसँग भएका तथ्यहरुले देखाउने गरेको वागवानी विकास अधिकृत देवकोटाले बताएका छन् । 

नेपाल सरकार मार्फत प्रदान हुने कृषिका बिभिन्न अनुदान कार्यक्रमहरुमा युवाहरुको नै आकर्षण धेरै हुने गरेको उनले बताएका छन् ।

 डडेल्धुरामा व्यावसायीक रुपमा कृषि गर्नेहरु बढीजसो तरकारी खेती रहेको उनले बताएका छन् । व्यावसायीक रुपमा तरकारी खेति, फलफुल खेती हुने लगायतका मुख्य ठाउँहरु जिल्ला कृषि विकास कार्यालयले पहिचान समेत गरेको उनले बताएका छन् । व्यवसायीक रुपमा तरकारी खेति हुने ठाउँहरुमा जिल्लाका बगरकोट, डोलामनाना, फिन्नेकोट, भाँतकाँडा, असिग्राम, गांखेत, जोगबुढा, आलिताल, मष्टामाण्डौँ र नवदुर्गा रहेका छन् ।

 त्यस्तै व्यावसायिक रुपमा फलफुल खेति अन्तरगत सुन्तला खेति हुने ठाउँहरुमा सिराड, बगरकोट, चौड, रुपाल र कैलपालमाण्डौँ रहेका कार्यालयले जनाएको छ । यसैगरी अन्नवाली अन्तरगत कोटेली, अमरगढी नगरपालिका र नवदुर्गा व्यावसायीक मकै उत्पादनका ठाउँको रुपमा चिनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा