फागुन २४, म्याग्दी । म्याग्दीको एउटै गाउँका कृषकले सिमी बिक्री गरेर ५० लाख गाउँमा भित्र्याएका छन् । 

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने दोवा ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २४, म्याग्दी । म्याग्दीको एउटै गाउँका कृषकले सिमी बिक्री गरेर ५० लाख गाउँमा भित्र्याएका छन् । 

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने दोवा ग"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पचास लाखको सिमी निकासी

२०७३, २६ फाल्गुन बिहीबार १०:१६


फागुन २४, म्याग्दी । म्याग्दीको एउटै गाउँका कृषकले सिमी बिक्री गरेर ५० लाख गाउँमा भित्र्याएका छन् । 

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने दोवा गाउँबाट ५० लाख बराबरको सिमी निकासी भएको हो । बेनी, जोमसोम, पोखरा र काठमाडौँमा यस वर्ष २५ मेट्रिक टन सिमी निकासी भएको अगुवा कृषक शेरबहादुर गर्बुजाले बताउनुभयो । 

सिमीबाट दाल र अचारको परिकार बनाउने गरिन्छ । सिमी सङ्कलन गरेर निकासीको व्यवस्था गर्दै आएका गर्बुजाका अनुसार प्रतिकिलो रु २०० का दरले सिमी बिक्री भएको हो । सिमी बिक्री गरेर एकजना कृषकले रु २० हजारदेखि रु तीन लाखसम्म आम्दानी गरेका दोवा–६ का किरण पुर्जाले बताउनुभयो । 

बोटबाट नटिप्दै अग्रिम पेस्की दिएर सहरी क्षेत्रका व्यापारी गाउँमै आएर सिमी खरिद गरेका थिए । दुई सय ८० घरधुरीको बसोबास रहेको दोवाका बासिन्दाले सिमीलाई गाउँको मुख्य आयस्रोत बनाएका छन् । दोवामा खेती हुने छिर्केमिर्के जातको सिमी स्वादिलो र गुणस्तरीय हुने भएकाले उपभोक्ताको रोजाइमा परेको हो । 

स्वास्थ्यवद्र्धक, स्वादिलो, छिटो पाक्ने र लयालो हुने भएकाले दाल बनाउनका लागि छिर्केमिर्के सिमीलाई उपभोक्ताले रुचाएको बेनीका होटल व्यवसायी कृष्णबहादुर बरुवालले बताउनुभयो । सिमीलगायतका कृषि उपज निकासी र आवतजावतको सुविधाका लागि दोवाका बासिन्दाले गत वर्ष गाउँसम्म सडक पु¥याएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने