चैत ९, बागलुङ । अठार वर्ष प्रवासमा बिताएर घर फर्कनुभएका काठेखोला गाउँपालिका–४ का रनबहादुर थापाको परिचय अहिले नुमना उद्यमीमा फेरिएको छ । 

५३ वर्षीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ९, बागलुङ । अठार वर्ष प्रवासमा बिताएर घर फर्कनुभएका काठेखोला गाउँपालिका–४ का रनबहादुर थापाको परिचय अहिले नुमना उद्यमीमा फेरिएको छ । 

५३ वर्षीय"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङमा बाख्रापालनबाट ‘नमुना उद्यमी’

२०७३, ९ चैत्र बुधबार ०७:३४

चैत ९, बागलुङ । अठार वर्ष प्रवासमा बिताएर घर फर्कनुभएका काठेखोला गाउँपालिका–४ का रनबहादुर थापाको परिचय अहिले नुमना उद्यमीमा फेरिएको छ । 

५३ वर्षीया थापाले १० वर्षअघि एउटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले व्यवस्थित ‘फार्म’ मा परिणत भएको छ । थापाले बनाएको ‘नमुना बाख्रापालन फार्म’ मा हाल ३५ वटा बाख्रा छन् । मासिक पाँच÷छ वटा बाख्रा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । 

“वार्षिक रु दुई लाखसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । रु दुई लाख ५० हजारको लगानीमा सुरु गरेको बाख्रापालन सफल भएपछि थापाले माछापालन, तरकारीखेती र मौरीपालन समेत सुरु गर्नुभएको छ । 

कृषि कर्मबाटै थापाले घरपरिवारको खर्च चलाउँदै आउनुभएको छ । उहाँले खोर मर्मतका लागि जिल्ला पशुसेवा कार्यालयबाट रु २० हजार अनुदान पाउनु भएको छ । थापाको बाख्रापालन फार्मलाई जिल्लाकै नमुना मानिन्छ । उहाँले आधुनिक र व्यवस्थित खोरमा बाख्रापालन गर्दै आउनुभएको छ । थापाको फार्ममा उन्नत जमुनापारि क्रस र स्थानीय खरी जातका बाख्रा, बोका र खसी छन् । 

एउटै बोका रु ११ हजारदेखि र रु २५ हजारसम्ममा बिक्री गर्ने गरेको थापाले बताउनुभयो । साना पाठापाठी भने रु तीन हजारदेखि रु चार हजारसम्ममा बिक्री हुने गरेका छन् । थापालाई हेफर इन्टरनेसनलले केही वर्षअघि छवटा बाख्रा किन्न बिना ब्याज ऋण उपलब्ध गराएको थियो । 

सोही परियोजनाबाट नश्ल सुधारको लागि रु १२ हजार मूल्यको उन्नत जातको बोका पनि थापाले प्राप्त गर्नुभएको छ । नश्ल सुधारका लागि फार्ममा उन्नत जातको बोका पाल्ने गरेको थापाले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने