चैत १२, इटहरी । सुनसरी र मोरङ जिल्लाको मध्य तथा उत्तरी क्षेत्रमा गए राति आएको हुरी बतास र असिना पानीका कारण ठूलो क्षति भएका छन् । 

ठूलो परिमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १२, इटहरी । सुनसरी र मोरङ जिल्लाको मध्य तथा उत्तरी क्षेत्रमा गए राति आएको हुरी बतास र असिना पानीका कारण ठूलो क्षति भएका छन् । 

ठूलो परिमा"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुरी र असिनाबाट ठूलो क्षति

१२ चैत्र २०७३, शनिबार ०७:४२


चैत १२, इटहरी । सुनसरी र मोरङ जिल्लाको मध्य तथा उत्तरी क्षेत्रमा गए राति आएको हुरी बतास र असिना पानीका कारण ठूलो क्षति भएका छन् । 

ठूलो परिमाणमा परेको असिनाले अन्नबाली र फलफूलमा ठूलो क्षति पुगेको छ भने जङ्गली चराचुरुङ्गीसमेत मरेका छन् । चट्याङ परेसँगै आएको हवाहुरी र असिनाले भित्र्याउनका लागि तयारी अवस्थामा रहेका गहुँ र मकैबाली तथा सुपारीमा धेरै नोक्सानी पुगेको इटहरी–२ का पीडित किसानले बताएका छन् । असिना र हुरीका कारण भएको क्षतिको यर्थात् तथ्याङ्क उपलब्ध नभएपनि लगभग रु। एक करोडभन्दा बढीको क्षति भएको अनुमान छ । 

सुन्दरपुर–४ का पीडित किसान वीरबहादुर पौडेलका अनुसार २०१७ सालमा आएको असिना पानी झैँ यो वर्ष त्योभन्दा बढी असिना आएको र खेतमा भएका फर्सीका लहरा, सुपारी, लिची र आँपको फुल, लसुन, प्याज तथा अन्य तरकारीमा समेत नोक्सानी भएका छन् । गहुँबालीमा ठूलो क्षति भएका छन् । 

यता इटहरी–२ मा बसोबास गर्दै आउनुभएका सञ्चारकर्मीसमेत रहनुभएका पवनविवश अधिकारीले जङ्गली चराचुरुङ्गी पनि असिना पानी र हुरीमा परेर ज्यान गुमाएका छन् । हुरीबतास र असिनाका कारण वीरबहादुर सुब्बा, रोशन अधिकारी, कुलबहादुर निरौला र ध्रुव नेपाल लगायतका घरमा पनि ठूलो क्षति पुगेको छ । 

हुरी बतास र असिनाले पु¥याएका क्षतिका बिषयमा जानकारी लिने काम भईरहेको बताउँदै सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले क्षतिका विवरण प्राप्त भएपछि तत्कालै दैवी प्रकोप उद्धार समितिका बैठक बसेर के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा निर्णय लिइने बताउनुुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का