चैत १३, बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्रामका किसानले माछापालनबाट लाखौँ रुपैयाँ कमाउँदै आएका छन् । 

चार किसान मिलेर चार वर्षअघि सुरु गरेको साम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १३, बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्रामका किसानले माछापालनबाट लाखौँ रुपैयाँ कमाउँदै आएका छन् । 

चार किसान मिलेर चार वर्षअघि सुरु गरेको साम"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामूहिक माछापालनमा किसान

१३ चैत्र २०७३, आईतवार ०८:३५

चैत १३, बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्रामका किसानले माछापालनबाट लाखौँ रुपैयाँ कमाउँदै आएका छन् । 

चार किसान मिलेर चार वर्षअघि सुरु गरेको सामूहिक माछापालन व्यवसायले यथेष्ट आम्दानी दिएको हो । अघिल्लो वर्ष रु चार लाखको माछा बिक्री गरेको नमुना माछा तथा बाख्रापालन समूहका अध्यक्ष रनबहादुर थापाले बताउनुभयो । 

थापासँगै बलबहादुर, पहलमान र लालसिंह थापाले रु १० लाखको लगानीमा माछापालन सुरु गरेका थिए । “वर्षमा ८०० किलोसम्म माछा बिक्री गर्छौं”, समूहका अध्यक्ष थापाले भन्नुभयो – “बर्सेनि माछापालनलाई विस्तार गर्दै लगेका छौँ ।” दस रोपनी क्षेत्रफलमा आठ वटा पोखरी निर्माण गरेर माछापालन गरिएको उहाँको भनाइ छ । 

सुरुमा पोखरीमा ३० हजार भुरा माछा छोडिएकामा गत वर्ष ३५ हजार भुरा माछा छोडिएको थियो । यो वर्ष एक लाख भुरा माछा छोडने तयारी भएको समूहका सदस्य बलबहादुर थापाले जानकारी दिनुभयो । “यो वर्षदेखि माछाको नर्सरी पनि बनाउने योजनामा छौँ”, थापाले भन्नुभयो – “अबदेखि माछाका भुरा पनि बेच्छौँ ।” 

वार्षिक रु एक लाख भाडामा तङ्ग्राम धैरेनीमा लिएको २० रोपनी जग्गामा माछापालनसँगै बाख्रा, कुखुरा र हाँस पनि पाल्न थालिएको छ । पोखरीमा भुरा छोडेको छ महिनामा माछा बिक्रीका लागि तयार हुने गरेको र प्रतिकिलो रु ५००मा माछा बिक्री हुँदै आएको सदस्य थापाले बताउनुभयो । 

पोखरीमा उत्पादित सबै माछा गाउँमै खपत हुने गरेको छ । “माछापालन सफल भएको छ, यसलाई अझै विस्तार गर्ने हाम्रो योजना छ” – थापाले भन्नुभयो । पोखरीमा ग्रासकार्प, कमन, नैनी, रहु, भ्याकुर जातका माछा छ । समूहले माछापालनका लागि जिल्ला कृषि विकास कार्यालयबाट रु एक लाख २० हजार अनुदानसमेत पाएको छ । 

 २५/२५ हजार सेयर रकम राखेर माछापालन व्यवसाय सुरु गरिएकामा अहिले उक्त रकम बढाएर रु एक लाख पु¥याइएको छ । सुरुमा केही सामूहिक ऋण लिनुपरे पनि अहिले व्यवसाय नाफामा रहेको जनाइएको छ । भुरा टाढाबाट लिनुपर्ने, महँगो भाडा तिनुपर्ने, भनेको माछा नपाइने, हावापानी नमिल्दा भुरा मर्नेजस्ता समस्या किसानले व्यहोर्दै आएका छन् । 

समूहले वार्षिक रु ५० लाखसम्म कमाउने लक्ष्यका साथ यो व्यवसायलाई विस्तार गर्ने योजना रहेको जनाएको छ । पछिल्लो समय बागलुङमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दो छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार अहिले जिल्लामा सयभन्दा बढी रोपनी क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ