चैत १४, नुवाकोट । जिल्लामा चैतेधानको उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदान दिने भएको छ । 

नुवाकोटमा चालु आवदेखि सुरु भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १४, नुवाकोट । जिल्लामा चैतेधानको उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदान दिने भएको छ । 

नुवाकोटमा चालु आवदेखि सुरु भएक"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नुवाकोटमा धान उत्पादन बढाउन अनुदान

२०७३, १४ चैत्र सोमबार ०८:१४


चैत १४, नुवाकोट । जिल्लामा चैतेधानको उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदान दिने भएको छ । 

नुवाकोटमा चालु आवदेखि सुरु भएको बृहत्तर धान उत्पादन कार्यक्रममार्फत किसानलाई नगद अनुदान दिन लागिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमल गैरेले बताउनुभयो । 

"धान नेपालको प्रमुख खाद्यबाली हो, यसको उत्पादन वृद्धि गराउन सरकारले यो वर्षदेखि अनुदानको कार्यक्रम ल्याएको हो,” उहाँले भन्नुभयो – “किसानलाई थोरै अनुदान दिँदा धानखेतीगर्न उनीहरुमा उत्साह बढ्ने विश्वास लिएका छौँ । अनुदानका लागि सरकारले तोकेको मापदण्डमा खेती गर्नुपर्छ ।” 

चामल आयात गर्ने बाध्यतालाई अन्त्य गराउन यो कार्यक्रम सञ्चालन गरिएकाले किसानले धान उत्पादनमा विशेष ध्यान दिनुपर्ने जिल्ला कृषि कार्यालयले जनाएको छ । 

बृहत्तर उत्पादन कार्यक्रमले जिल्लाका साविकको १० गाविसलाई समेटेको छ । मदानपुर, थानसिङ, थानापति, खानिगाउँ, चौघडा, गणेशस्थान, कविलाश, रालुका र नर्जामण्डपलाई कार्यक्रममा समेटिएको जिल्ला कृषि कार्यालयका बाली विकास अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार १० गाविसका १०० हेक्टर क्षेत्रफलका लागि प्रतिहेक्टर रु पाँच हजारका दरले प्रोत्साहन रकम दिन थालिएको हो । 

रकम लिन कृषि सहकारी र समूहमार्फत आउनुपर्ने हुन्छ । प्रोत्साहन रकम प्राप्त गर्न धान लहर मिलाई रोप्नुपर्ने र बाली बिमा गर्नुपर्ने बाली विकास अधिकृत सुवेदीले बताउनुभयो । 

रोप्ने काममा कृषि कार्यालयबाट प्राविधिक सहयोग भइरहेको छ । बाली बिमाले किसानलाई उनीहरुले लगाएको धान बालीमा कुनै कारणवश क्षति हुनपुगेमा त्यसको आर्थिक क्षतिपूर्ति उपलब्ध गराउनेछ । 

नुवाकोटमा छ हजार हेक्टरभन्दा बढी क्षेत्रफल खेतमा चैते धान लगाइने गरेको छ । चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रिक टन रहेको छ । जिल्लामा विशेष गरी ताइचुङ, सीएच ४५, कन्चन, खुमल ११, जीरे मसिनोजस्ता जातका धान लगाउने गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा