चैत १४, नुवाकोट । जिल्लामा चैतेधानको उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदान दिने भएको छ । 

नुवाकोटमा चालु आवदेखि सुरु भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १४, नुवाकोट । जिल्लामा चैतेधानको उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदान दिने भएको छ । 

नुवाकोटमा चालु आवदेखि सुरु भएक"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नुवाकोटमा धान उत्पादन बढाउन अनुदान

१४ चैत्र २०७३, सोमबार ०८:१४


चैत १४, नुवाकोट । जिल्लामा चैतेधानको उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदान दिने भएको छ । 

नुवाकोटमा चालु आवदेखि सुरु भएको बृहत्तर धान उत्पादन कार्यक्रममार्फत किसानलाई नगद अनुदान दिन लागिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमल गैरेले बताउनुभयो । 

"धान नेपालको प्रमुख खाद्यबाली हो, यसको उत्पादन वृद्धि गराउन सरकारले यो वर्षदेखि अनुदानको कार्यक्रम ल्याएको हो,” उहाँले भन्नुभयो – “किसानलाई थोरै अनुदान दिँदा धानखेतीगर्न उनीहरुमा उत्साह बढ्ने विश्वास लिएका छौँ । अनुदानका लागि सरकारले तोकेको मापदण्डमा खेती गर्नुपर्छ ।” 

चामल आयात गर्ने बाध्यतालाई अन्त्य गराउन यो कार्यक्रम सञ्चालन गरिएकाले किसानले धान उत्पादनमा विशेष ध्यान दिनुपर्ने जिल्ला कृषि कार्यालयले जनाएको छ । 

बृहत्तर उत्पादन कार्यक्रमले जिल्लाका साविकको १० गाविसलाई समेटेको छ । मदानपुर, थानसिङ, थानापति, खानिगाउँ, चौघडा, गणेशस्थान, कविलाश, रालुका र नर्जामण्डपलाई कार्यक्रममा समेटिएको जिल्ला कृषि कार्यालयका बाली विकास अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार १० गाविसका १०० हेक्टर क्षेत्रफलका लागि प्रतिहेक्टर रु पाँच हजारका दरले प्रोत्साहन रकम दिन थालिएको हो । 

रकम लिन कृषि सहकारी र समूहमार्फत आउनुपर्ने हुन्छ । प्रोत्साहन रकम प्राप्त गर्न धान लहर मिलाई रोप्नुपर्ने र बाली बिमा गर्नुपर्ने बाली विकास अधिकृत सुवेदीले बताउनुभयो । 

रोप्ने काममा कृषि कार्यालयबाट प्राविधिक सहयोग भइरहेको छ । बाली बिमाले किसानलाई उनीहरुले लगाएको धान बालीमा कुनै कारणवश क्षति हुनपुगेमा त्यसको आर्थिक क्षतिपूर्ति उपलब्ध गराउनेछ । 

नुवाकोटमा छ हजार हेक्टरभन्दा बढी क्षेत्रफल खेतमा चैते धान लगाइने गरेको छ । चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रिक टन रहेको छ । जिल्लामा विशेष गरी ताइचुङ, सीएच ४५, कन्चन, खुमल ११, जीरे मसिनोजस्ता जातका धान लगाउने गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का