चैत १४, धुलिखेल । पनौती–१२ खोपासीका कृष्णदास उलकले च्याउखेतीबाटै मासिकरुपमा लाखौँ आम्दानी गरिरहेका छन् । त्रिपन्न वर्षीय उलकले १२ वर्ष अगाडिदेखि व्यावसायिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १४, धुलिखेल । पनौती–१२ खोपासीका कृष्णदास उलकले च्याउखेतीबाटै मासिकरुपमा लाखौँ आम्दानी गरिरहेका छन् । त्रिपन्न वर्षीय उलकले १२ वर्ष अगाडिदेखि व्यावसायिक "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यावसायिक च्याउखेतीका नमुना बने कृष्णदास

१४ चैत्र २०७३, सोमबार ०८:२५


चैत १४, धुलिखेल । पनौती–१२ खोपासीका कृष्णदास उलकले च्याउखेतीबाटै मासिकरुपमा लाखौँ आम्दानी गरिरहेका छन् । त्रिपन्न वर्षीय उलकले १२ वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउखेती गर्दै आएका हुन् । 

अहिले उनी खोपासी बजारभन्दा केही वर जयमाँ हारती च्याउ उद्योग खोलेर काम गरिरहेका छन् । उनले त्यहाँ च्याउ उत्पादनको उद्योग नै खोलेको एक वर्ष जति भयो । सोही च्याउ उद्योगबाट उनले दैनिक २०० देखि २५० केजीसम्म उत्पादन गरी बिक्री गरिरहेका छन् । त्यहाँबाट उत्पादन भएको च्याउ काभ्रेपलाञ्चोकको बनेपालगायत काठमाडौँको बजारसम्म पुगेको उनले बताए । 

स्थायी घर नै त्यही भएका कृष्णदास ३० वर्ष अगाडिदेखि नै च्याउको खेती गर्न थालेको बताउँछन् । उनी भन्छन् – “अहिले म व्यावसायिक रुपमा नै यसै खेतीलाई निरन्तरता दिइरहेको छु ।” यसरी गरिएको खेतीबाट मासिक रु तीनदेखि चार लाख कमाइ हुने उलकको भनाइ छ । “खेती पहिलादेखि नै गरेको भए पनि यसरी मासिक तीन÷चार लाखको कमाइ गरेको भने करिब एक वर्ष जति भयो,” कृष्णदासले भने । 

उनी भन्छन्, “मेरो उद्योगमा काम गर्ने मान्छे दैनिक ११/१२ जना हुन्छ । उनीहरु दैनिक प्लास्टिकको थैलीमा पराल भर्ने हो ।” त्यससँगै रेखदेख गर्न थप मान्छे राखिएका छन् । 

च्याउखेतीको अनुभव सुनाउँदै उलकले भने – “तीस वर्ष अगाडिको कुरा हो, पहिला च्याउ कसैले पनि खाँदैनथ्यो । यहाँदेखि काठमाडौँको खिचापोखरीसम्म बेच्न लाँदा खेरी पनि खाने मान्छे भेटिएन । च्याउ खायो भने मान्छे मर्छ भन्ने बुझाइ थियो मान्छेमा ।” 

उनले भने – “त्यसै कारणले त्यहाँदेखि बीचमा च्याउखेती गर्न छाडेको थिएँ । पछि आएर सबैको चासो र खाँचोको विषय भएपछि पुनः सुरु गरेँ, यसै खेतीबाट आफैँले खाएर, कामदारलाई दिएर सबै खर्च कटाएर १२ वर्षको बीचमा रु ४५÷५० लाख जति नगद कमाइ गरेको छु । यो पेसाबाहेक अरु कुनै पनि काम गरेको छैन ।” च्याउ उद्योगमा पुग्ने जो कोहीसँग पनि कुरा गर्ने समय हुँदैन उलकको । उनी च्याउ उद्योगमा आउनेसँग काम गर्दै कुरा गर्ने गर्छन् । 

“कमाएको जति सबै च्याउखेतीमै लगानी गरिरहेको छु,” उलकले भने, “अहिले यस उद्योगबाहेक तीन ठाउँमा यस्तै च्याउखेती गरिरहेको छु ।” अहिले भने कामका लागि थप कामदार राखेका छन् । उनले एक वर्ष अगाडिदेखि वार्षिक रु ८० हजारमा पाँच रोपनी जग्गा लिजमा लिएर काम गरिरहेका छन् । सबैजसो खेती गरेको जग्गा भाडामा नै लिएको उनको भनाइ छ । 

त्यही खेतीबाट दुई छोरा र एक छोरीलाई पढाएको बताउने उनको अहिले दुई छोरामा एक डोजर अपरेटर र अर्को डोजर चालक रहेका छन् । “छोरीले यसै च्याउखेतीमै काम गरिरहेको छ,” उनले भने – “सुरुमा उनीहरुलाई आफैँले लगानी गरेर काम सिकाएको हुँ । अहिले छोराछोरीका लागि कुनै खर्च दिनु पर्दैन ।” सबै उनीहरु आ–आफैँले कमाएर खाने भएको उलकले बताए । उनले अहिले कन्ये च्याउको खेती गरिरहेका छन् । केही समयपछि सिताके च्याउको उत्पादन गर्ने उनको योजना छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का